Banner
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो । विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे ।कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए ।स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो ।क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ । जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।
Facebook Comment
Banner
नेपाल जेसिजको अध्यक्षमा थापा निर्वाचित
इटहरीमा सम्पन्न नेपाल जेसिजको ५१ औँ महाधिवेशन मार्फत सन् २०२५ को लागी रजनी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको छ । सोमबार राती सम्पन्न निर्वाचनमा थापा ७६२ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत मात्र प्राप्त गरे । ३०९ मतान्तरले विजयी भएकी थापा मनोहरा जेसीजकी संस्थापक अध्यक्ष हुन् ।
नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा, सङ्गम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनि प्रसाद अर्याल विजयी भएका हुन् ।
एकबर्षे कार्यकालको लागि निर्वाचित कार्यसमितिले जनकपुरमा हुने ५२औँ महाधिवेशन सम्म काम गर्न पाउने छन् ।
Banner
बालकोट हत्या प्रकरण : मिलनले नै गरेका थिए बाबु र भाइको हत्या
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या भएको खुलेको छ ।
सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए । मृत भेटिएका कुलप्रसाद हुलाकका कर्मचारीसमेत हुन् । उनी जिल्ला हुलाक खोटाङका निमित्त प्रमुखसमेत थिए ।
उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले मिलनले हत्या गरेको स्वीकार समेत गरेको बताए ।
‘महाराजगञ्जबाट मिलनलाई नियनन्त्रणमा लिएका छौं । उनले हत्या स्वीकार समेत गरेका छन्’, एसएसपी भट्टराईले अनलाइनखबरसँग भने । हत्या गर्नुको कारणमा भने उनले पारिवारिक तानव भएको बताएका छन् । एक अनुसन्धान अधिकृतले भने, ‘भाइ र बाबुबाट आफूमाथि तनाव भएपछि हत्या गरेको बताएका छन् । यसको विष्तृत अनुसन्धान हामी गर्दैछौं ।’
पछिल्लो समय भाइ प्रविण कुलतमा फसेको, बाबु पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको हत्या गरेको उनको भनाइ रहेको प्रहरीले स्रोतले बतायो । बाबु र भाइको हत्यापछि आफूले आत्महत्याको प्रयास समेत गरेको उनले बताएका छन् ।
मिलनलाई उद्दृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ । तर सफल भएन ।’
केही दिन अघि मात्रै कुलप्रसाद हुलाक विभागमा काम छ भन्दै काठमाडौं आएका थिए । त्यसपछि उनी आफ्नो छोराहरुको कोठामा बस्न गएका थिए । गत शनिबार पनि कुलप्रसाद आफ्ना छोराहरुसँगै बालकोटस्थित कोठामा बसेका थिए । त्यस राति उनीहरुले मासु पकाएर समेत खाएका थिए ।
उनीहरु बस्ने उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।
कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।
मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सो क्रममा आइतबार राति ३ बजेतिर मिलन उक्त कोठाबाट बाहिरिएको देखिएको थियो । उनी स्कुटर लिएर कोठाबाट बाहिरिएका थिए । सीसीटीभी फुटेजमा उक्त स्कुटर सातदोबाटोसम्म पुगेको प्रहरीले पहिचान गरेको थियो ।
त्यसपछि स्कुटर कता गयो भन्ने प्रहरीले पत्ता लगाउन सकेको थिएन । मोबाइल समेत अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । मंगलबार भने महाराजगञ्जमा उनी भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मिलनलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइने एसएसपी भट्टराईले बताए ।
Banner
पाथिभरा स्वतन्त्र महिला समाजको अध्यक्षमा योजना शर्मा निर्वाचित
पाथिभरा स्वतन्त्र महिला समाजको आठौं वार्षिक साधारण सभाबाट योजना शर्मा सर्वसम्मत निर्वाचित भएकी छन ।सुन्दरहरैँचा १० मा रहेको पर्याटकिय क्षेत्र बाघझोडामा भएको साधारणसभाले समाजको उपाध्यक्षमा जानुका थापा , सचिवमा बिन्दा थापा, सहसचिवमा साबित्रा पोख्रेल, कोषाध्यक्षमा सन्जु रेग्मी, सदस्यहरुमा बाथकुमारी दाहाल, पद्मा भट्टराई, बिना न्यौपाने, प्रमिला खडका सर्वसम्मत निर्वाचित भएका हुन । कार्यक्रमक प्रमुख अतिथि सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको रहेका थिए । नवनिर्वाचित शर्माले आफ्नो कार्यकालमा महिलाका अधिकारका क्षेत्रमा र महिलालाइ आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउने बताईन । योजना शर्मा सुकुना क्याम्पसकी उपप्राध्यापक तथा हातेमालो बहुउदेश्य सहकारी संस्था की प्रबन्धक हुन । पाथिभरा महिला समाजले सुन्दरहरैँचा नगरलाई आफ्नो कार्यक्षेत्र बनाइ विभिन्न सामाजिक कार्य सकृय रुपमा गर्दै आईरहेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login