Connect with us
Advertisement

थाईल्याण्डकी प्रधानमन्त्री पेटोन्गटार्न शिनावात्राले आफ्नो सम्पत्ति सार्वजनिक गरेकी छिन्।अन्य सम्पत्तिमा ७५ वटा घडी, २१७ ह्यान्डब्याग

Published

on

थाईल्याण्डकी प्रधानमन्त्री पेटोन्गटार्न शिनावात्राले आफ्नो सम्पत्ति सार्वजनिक गरेकी छिन्। उनले स्थानीय मुद्रा अनुसार १३.८ अर्ब बाट (४० करोड अमेरिकी डलर) सम्पत्ति घोषणा गरेकी छिन्। अन्य सम्पत्तिमा ७५ वटा घडी, २१७ ह्यान्डब्याग, र विदेशमा सम्पत्तिहरू समावेश छन्। उनले ५ अर्ब बाटको ऋण घोषणा गरेकी छिन्।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

हिउँद सुक्खा हुँदा अर्थ व्यवस्थामा दबाब, स्वास्थ्य जोखिममा

Published

on

लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँद याम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए ।

यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन । नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटपुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १०  प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ ।

यस्तै अङ्ग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरूको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ ।

जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रिय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वाष्पको कमीले वर्षा हुन सकेको छैन  ।

Continue Reading

Banner

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

Published

on

चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।

तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो ।

यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।

Continue Reading

Banner

रास्वपाको दुईदिने केन्द्रीय समिति बैठक शुरू भएको छ । सहकारी बिषयमा विशेषरूपमा छलफल हुने कार्यक्रम राखिएको जानकारी छ ।

Published

on

रास्वपाको दुईदिने केन्द्रीय समिति बैठक शुरू भएको छ । सहकारी बिषयमा विशेषरूपमा छलफल हुने कार्यक्रम राखिएको जानकारी छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक