Banner
आज – ०५ माघ २०८१ शनिवार को राशिफल
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक सोचले अगाडि बढ्नुहोस् कार्यमा सफलता मिल्नेछ। आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर पाउनुहुनेछ। कसैसँग व्यर्थको वादविवाद हुन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। आकस्मिक धनलाभका योग छन्। विशिष्ट व्यक्तिहरूबाट पुरस्कृत भइएला। आयस्रोतका विभिन्न अवसरहरू बन्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आध्यात्मिक चिन्तनतिर झुकाव रहनेछ। अविवाहितहरूलाई विवाहको प्रस्ताव मिल्नेछ। साथीभाइहरूबाट सहयोग मिल्ने तथा प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ रहेको छ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मीयजनको साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यक्रममा सम्मिलित हुने मौका मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा कार्यलाई टार्नुभन्दा कार्यलाइ पूरा गर्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। मेहनतको उचित मूल्यांकन मिल्नेछ। उद्योग जगतमा आफूलाई प्रतिष्ठित गर्नमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लगानी लगाउँदा सोचेर सम्झेर गर्नुहोला। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज हजुरको दिन रचनात्मक क्रियाकलापमा बित्नेछ। आर्थिक स्थिति राम्रो हुनेछ तर खर्चमा नियन्त्रण राख्नु आवश्यक रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। संवैधानिक पदको मर्यादा राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा कार्यभार बढ्नेछ। स्वास्थ्यलाई लिएर चिन्तित रहनुहुन्छ,औषधि आदिमा धन खर्च हुनेछ। प्रेम सम्बन्ध वा जीवनसाथीसँग कुनै कुरालाई लिएर मनमुटाव रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य र कलामा रुचि बढ्नेछ। व्यापार व्यवसायमा बनाइएका योजनाहरूमा सफलता मिल्नेछ। युवा वर्गहरू आफ्नो करियरलाई लिएर चिन्तित रहनुहुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। मेहनतले गर्दा जीवनशैलीमा परिवर्तन गर्न सकिनेछ। आलस्य गर्नदेखि बच्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सन्दर्भ विचार गरेर कार्य गर्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ। इच्छा अनुसार समय व्यतीत गर्न सकिनेछ। कार्यक्षेत्रमा सबैको साथ र सहयोग मिल्नेछ। पिताको स्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। पेट वा कब्जियतको समस्याले सताउन सक्छ। घर गृहस्थी वा प्रेम सम्बन्धलाई समय दिने प्रयास गर्नुहोला। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। मन नभएतापनि कार्यको अतिरिक्त दबाब रहनेछ। घरेलु काममा हात हतियारको प्रयोग गर्दा सावधानी राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login