Connect with us
Advertisement

हङकङ इन्टरनेसनल म्याराथन : नेपाली दिदीबहिनीले रचे कीर्तिमान

Published

on

हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाले हात पारेको जित नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बन्यो ।

पछिल्ला केही दिन सुनमाया र राममाया बुढा दिदीबहिनीका लागि विशेष रह्यो । यी दुई दिदी बहिनीले नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउने काम गरे ।

हङकङमा आयोजना भएको हङकङ १०० अल्ट्रा म्याराथनमा सुनमाया र राममाया बुढाको कोर्स रेकर्डसहित जित हात पारे । यो उनीहरूको लागि मात्र नभई नेपाली खेलकुदका लागि पनि ऐतिहासिक क्षण बनेको छ ।

हिनी राममायाको लागि भने यो विदेशमा सहभागी भएको पहिलो अल्ट्रा रेस हो र त्यसमै उनले ऐतिहासिक स्वर्ण जितेकी हुन् । ‘एकदमै खुसी लागेको छ । अझ दिदी बहिनीले नै एकैपटक जित्नु रमाइलो संयोग भयो ।’ राममायाले अनलाइनखबरसँग भनिन् ।

हङकङ १०० अल्ट्रा म्याराथनअन्तर्गत सुरुमा भएको ५० किमिमा राममायाले महिलातर्फ कीर्तिमानी समयमा स्वर्ड जितेकी हुन् । त्यसपछि जित्ने पालो दिदी सुनमायाको थियो । उनले पनि कीर्तिमानी समयमै स्वर्ण जितिन् ।

दिदी सुनमायाले पनि दुवैजनाले एकसाथ जित्दा एकदमै रमाइलो भएको बताइन् । ‘रेस धेरै प्रतिस्पर्धात्मक थियो, तर हामी दिदी बहिनीले नै जित्दा खुसी लागेको छ ।’

जुम्लाको पातारासी गाउँपालिका– २ पेरेगाउँका जन्मिएकी यी दिदीबहिनीको उमेर अन्तर तीन वर्ष मात्र छ । स्कुलदेखि नै दौड सुरु गरेकी दुवैजना अहिले अन्तर्राष्ट्रियस्तरमै चर्चित हु पेरेगाउँकै लागि पनि खुसीको माहोल बनेको छ ।

सुनमायाको व्यवस्थापन हेर्दै आएको एसिया प्यासिफिक एड्भेन्चरले आइतबार साँझ दिदीबहिनीको फोटो पोस्ट गर्दै यो ऐतिहासिक क्षण रहेको उल्लेख गरेको छ । ‘यी दुई विशेष नेपाली महिलाहरूका लागि ऐतिहासिक सप्तान्ह । इभेन्टमा र अनलाइनमा हौसला र समर्थनको लागि सबैलाई धेरै धेरै धन्यवाद । समुदायको माया र साथले सुनमाया र राममायाका साथै नेपालका सबै प्रतिभाशाली पर्वतीय खेलाडीहरूका लागि जीवन परिवर्तन गर्ने ढोका र अवसरहरू खोल्न मद्दत गर्दछ ।’

फोटोमा बुढा दिदीबहिनीको मुस्कान निकै लोभलाग्दो थियो । जसरी दुवैले लोभलाग्दो तरिकाले स्वर्ण जितेका थिए । दिदीबहिनीले एकै प्रतियोगिताको दुई फरक इभेन्टमा स्वर्ण जितेको जित्दा निकै उत्साहित बनेका थिए ।

कर्णाली स्पोट्र्स क्लबका अध्यक्ष सरोज शाहीले दिदीबहिनीले नै कोर्स रेकर्डसहित पहिलो हुनु ऐतिहासिक उपलब्धी भएको बताए । ‘यो ऐतिहासिक क्षण नै हो । यस्तो उपलब्धी निकै कम मात्र हुन्छ,’ जुम्ला अल्ट्रा रारा म्याराथन आयोजकसमेत रहेका शाहीले अनलाइनखबरसँग भने, ‘सुनमाया त अल्ट्रा रेसमै चर्चित नै भइसकिन् । तर राममायाको अल्ट्रा ट्रेलमा रेसमा यो पहिलो सहभागिता हो र त्यसमा पनि उनले कीर्तिमान बनाइन् ।’ शाहीले राममाया ट्रयाक एण्ड फिल्डमा जमिरहेको खेलाडी भएको बताए ।

पहालमा उकालो, ओरालोदेखि समथर भू–बनोटमा दौडनुपर्ने हङकङ १०० अल्ट्रा म्याराथको रुट छिचोल्नु सहज थिएन । यसका लागि शारीरिक र मानसिक दुवैमा बलियो हुनुपर्छ र दबाबसमेत झेल्न सक्ने हुनुपर्छ । बुढा दिदीबहिनीले गरेको मिहिनेत र परिश्रमले गर्दा उनीहरू इतिहास रच्न सफल भएका हुन् ।

सुनमायाले मारेको बाजी

सुनमायाले ११ घण्टा ११ मिनेट ४७ सेकेण्डसहित पहिलो स्थान हात पारेकी हुन् । उनले सन् २०२० मा चिनकी जियाङ फुझाओले बनाएको ११ घण्टा २८ मिनेट २१ सेकेण्डको कोर्स टाइम ब्रेक गरेकी हुन् ।

शनिबार बिहान सुरु भएको रेसमा २ हजार २ सय एथ्लेटले भाग लिएका थिए । जसमा स्लोभाकियाकी भेरोनिका लेङले ११ घण्टा २५ मिनेट २२ सेकेण्ड समय निकाल्दै रजत जित्दा भियतनामकी हाउ हाले १२ घण्टा ९ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्दै कांस्य जित्न सफल भइन् ।

सुनमाया र भेरोनिकाबीच कडा टक्कर भएको थियो । तर, अन्तिममा सुनमायाले बाजी मारिन् । ‘मैले एकदमै खुसी महसुस गरिरहेको छु । तर, मैले आराम गर्नुपर्छ । यो कडा ब्याटल थियो । सुनमायाले कोर्स रेकर्डसहित स्वर्ण जितेपछि भनिन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

अवर्गीकृत

Published

on

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ ।

भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले थप छानबिनको सिफारिश गरेको हो ।

नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी ’नेगेटिभ लिस्ट’ मा राख्न सिफारिश गरेको छ । उनीहरूसहित केही सुरक्षा अधिकारी र काठमाण्डाैका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कारबाहीको दायरामा ल्याउन आयोगको सिफारिश छ ।

आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शङ्काको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ । रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ । आयोगले गरेको छानिबन प्रतिवेदनमा लामिछानेसहित नख्खु कारागार प्रशासनका सत्यराज जोशी र रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ ।

आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्वगृहमन्त्री सुधन गुरुङसम्ममाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको/नभएकोबारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ ।

यस्तै आयोगले भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ । कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे/नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो ।

यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ । समितिले सिंहदरबार र शीलत निवासका कमान्डरलाई सचेत गराउन सिफारिश गरेको छ ।

Continue Reading

Banner

विश्वकप लिग–२ : अमेरिकासँग यूएई ४९ रनमै अलआउट, ऐतिहासिक हार

Published

on

आईसीसी विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले अमेरिकासँग लज्जास्पद हार बेहोरेको छ।

अमेरिकाले दिएको २९३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा यूएईको सम्पूर्ण टोली ४९ रनमै समेटिँदै २४३ रनले पराजित भएको हो।


अमेरिकाको ऐतिहासिक साझेदारी

पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा तीन विकेटको क्षतिमा २९३ रन बनायो।
उसका लागि साइतेजा मुक्कमल्लमिलिन्द कुमार ले क्रमशः १३७ र १२३ रनको शतकीय इनिङ खेले।
यी दुईले मिलेर २६४ रनको ऐतिहासिक साझेदारी गर्दै अमेरिकी क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाए।
दुवै ब्याट्सम्यान नटआउट रहे।


यूएईको लज्जास्पद प्रदर्शन

२९३ रनको लक्ष्य पछ्याउने क्रममा यूएईका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न असफल भए।
उसले २२.१ ओभरमै सबै विकेट गुमाएर ४९ रनमा समेटियो।
यूएईका जुनैद सिद्धिकीले मात्र १० रन बनाए भने तीन ब्याट्सम्यान शून्यमै आउट भए।


अमेरिकाका बलरहरूको चमक

अमेरिकाका ऋषि उगरक ले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए।
८ ओभर १ बल बलिङ गर्दै उनले मात्र २२ रन खर्चे।
त्यस्तै, कप्तान सौरभ नेत्रवल्कर ले पनि ३ विकेट हात पारे।


आगामी खेल

यूएई, जसले यो त्रिकोणात्मक शृङ्खलाको आयोजना गरिरहेको छ, अब आगामी बुधबार नेपालसँग खेल्नेछ।
हाल अंकतालिकामा अमेरिका शीर्ष स्थानमा छ भने यूएई पुछारमा रहेको छ।
अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ भने यूएईले १९ खेलबाट मात्र ८ अंक आर्जन गरेको छ।

Continue Reading

Banner

आठ वामपन्थी दलबीच पार्टी एकताको सहमति, १९ कात्तिकमा नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुने”

Published

on

देशका आठ वामपन्थी दलबीच पार्टी एकताको सहमति भएको छ। पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने उद्देश्यसहित संयुक्त रूपमा नयाँ कम्युनिस्ट पार्टी बनाउने सहमति भएको हो।

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच १९ कात्तिकमा ‘एकता राष्ट्रिय सम्मेलन’ आयोजना गरिनेछ।

उक्त सम्मेलनले पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्दै केन्द्रीय समिति गठन गर्नेछ।


मार्गदर्शन सिद्धान्त र नीति

सहमति पत्रअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ भने नेपाली विशेषताको वैज्ञानिक समाजवाद पार्टीको मूल नीति हुनेछ।

तत्कालका लागि पुँजीवादी जनवादी क्रान्तिबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने नीति तय गरिएको छ।

आन्दोलनको स्वरूप मुख्यतः शान्तिपूर्ण रहनेछ भने आवश्यकताअनुसार सडक, सदन र सरकार सबैलाई आन्दोलनका मोर्चा बनाइने उल्लेख छ।


नयाँ पार्टीको नाम र संरचना

सहमतिअनुसार पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहनेछ र चुनाव चिन्ह पाँचकुने तारा हुनेछ।

केन्द्रीय संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति रहनेछन्। साथै, प्रत्येक तहमा संयोजक र सह–संयोजकको व्यवस्था गरिनेछ।


आगामी योजना

सहमति पत्रमा उल्लेख भएअनुसार

  • राजनीतिक प्रतिवेदन, कार्यक्रम र दस्तावेज तयार गर्न कार्यदल गठन गरिनेछ,

  • संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ, र

  • आगामी छ महिनाभित्र ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गरिनेछ।


हस्ताक्षर गर्ने नेताहरू

सहमतिपत्रमा निम्न नेताहरूले हस्ताक्षर गरेका छन् —

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ (अध्यक्ष, नेकपा माओवादी केन्द्र)

  • माधवकुमार नेपाल (अध्यक्ष, नेकपा एकीकृत समाजवादी)

  • महेन्द्र राय यादव (अध्यक्ष, नेपाल समाजवादी पार्टी)

  • राजु कार्की (अध्यक्ष, नेकपा समाजवादी)

  • सुवासराज काफ्ले (अध्यक्ष, जनसमाजवादी नेपाल)

  • कर्णजित बुढाथोकी (अध्यक्ष, नेकपा माओवादी–समाजवादी)

  • चिरञ्जी पुन (अध्यक्ष, नेकपा साम्यवादी)

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक