Connect with us
Advertisement

आज – ०९ माघ २०८१ बुधवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास र नयाँ सोच लक्ष्य प्राप्ति गर्नमा सहायक बन्नेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिले दिन सामान्य रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। नयाँ प्रेम प्रसंग प्रारम्भ हुने समय रहेको छ। अविवाहित हुनुहुन्छ भने विवाहको कुरो चल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुने योजना सफल हुनेछ। समाजमा पद प्रतिष्ठा बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको सहयोग मिल्ला। राज्य वा प्रशासनिक क्षेत्रबाट योजनाहरूको लाभ मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक यात्राको लागि शुभ सूचना मिल्नेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। कार्यक्षेत्रमा सानातिना कुराहरूलाई वेवास्ता गर्नुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सेवामूलुक कामले प्रतिष्ठा दिलाउनेछ। बौद्धिक कलाको क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्कले गर्दा आर्थिक उन्नति हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन श्रेष्ठ रहेको छ। धर्मकर्ममा रुचि बढ्नुको साथै धार्मिक मठ मन्दिरमा भ्रमणका योग छन्। उच्च शिक्षाको लागि नयाँ अवसरहरू मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्य र लेखन कलामा सफलता मिल्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ। महत्वकांक्षी लक्ष्यहरू प्राप्त गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। खानपानको विशेषमा ध्यान राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सम्पत्तिलाई लिएर वादविवाद सुल्झिनेछ। कार्यक्षेत्रमा माताको सहयोग मिल्नेछ। पारिवारिक जिम्मेवारी बढ्नाले कार्य सम्पादनमा बाधा आउनेछ। व्यापार व्यवसायमा गोपनीयताको ध्यान राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनलाई सकारात्मक राख्नुहोस् सबै कार्य सहज हुँदै जानेछ। मित्र वा परिवारसँग सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको प्राप्तिले उत्साहित बनाउनेछ। पुरानो मुद्दा मामिलाहरू सुल्झिने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सहयोगीहरूले साथ दिनेछन् साथै शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा बाधा र अर्थ हानि जस्ता समस्यासँग जुध्नुपर्ला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। अध्ययनद्वारा व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्तहरूको रमाइलो जमघटले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा पिताको साथ मिल्नेछ। एउटा काम सिध्याएर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रगं केसरी हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक क्षेत्रमा नयाँ जिम्मेवारी हात पर्नसक्छ। विश्वास गरेको व्यक्तिबाट धोका मिल्न सक्छ। सवारी चलाउँदा सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक