Banner
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुनेछन् ।
मस्कलाई अमेरिकी सरकारी दक्षता विभाग (डीओजीई) को निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ भने उनले हजारौँ संघीय कामदारहरूलाई बर्खास्त गर्न खोजिरहेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटका अनुसार मस्कसँग मन्त्रीस्तरीय पोर्टफोलियो वा औपचारिक निर्णय गर्ने अधिकारको अभाव भए तापनि उनलाई ‘विशेष सरकारी कर्मचारी’ र ‘राष्ट्रपतिका वरिष्ठ सल्लाहकार’ को रूपमा वर्गीकृत गरिएको छ ।
सन् २०२४ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा ट्रम्पका प्रमुख दाता मस्क मात्र ट्रम्प प्रशासनका विवादास्पद सदस्य भने होइनन् ।
कोभिड खोपका प्रखर आलोचक रोबर्ट एफ केनेडी जुनियर स्वास्थ्य तथा मानव सेवा मन्त्री, विभिन्न षड्यन्त्रको आरोप लागेका गुप्तचर विभागका निर्देशक तुलसी गबार्ड र यौन दुर्व्यवहारको आरोप खेपिरहेका फक्स न्यूजका पूर्व प्रस्तोता रक्षामन्त्री पिट हेगसेथले पनि ट्रम्पको मन्त्री परिषद्मा रहेका छन् ।
डेमोक्र्याटस्को ट्रयाकरेकर्ड र अनुभवको कमीका कारण आलोचना भए तापनि अमेरिकी सिनेटले ट्रम्पको क्याबिनेटका सबै छनौटहरूलाई अनुमोदन गरेको छ।
सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको साँघुरो बहुमत भए पनि एकाध बाहेकका सबैले ट्रम्पको निर्णयको विरुद्धमा मतदान गर्न मानेनन् । यसले पार्टीभित्र ट्रम्पको बलियो पकड रहेको देखाउँछ ।
ट्रम्पको निर्णयमा असहमत हुनेहरूमध्ये थोरैले मात्र राजीनामा दिए पनि अधिकांशले सम्झौता गरेका छन् ।
सिनेटमा बहुमतका पूर्व नेता मिच म्याककोनेलले केनेडीलाई स्वास्थ्य मन्त्रीको रूपमा अनुमोदन गर्न एक मात्र रिपब्लिकन असहमति व्यक्त गरेका थिए । यो नियुक्तिले चिकित्सा समुदायमा खोपको गलत सूचनालाई बढावा दिने र सङ्क्रामक रोगहरूको अनुसन्धान निलम्बन गर्ने उनको इतिहासलाई लिएर चिन्ता उत्पन्न गरेको थियो।
ट्रम्पको क्याबिनेटमा नियुक्त भएका केही व्यक्तिहरू अझै पनि सिनेटबाट अनुमोदनको पर्खाइमा छन् । यसमा लेबर सेक्रेटरी तथा पूर्व सांसद लोरी चाभेज–डेरेमर र ट्रम्पको पहिलो कार्यकालको एक भागको लागि साना व्यवसायसम्बन्धी प्रशासनको नेतृत्व गरेकी लिन्डा म्याकमेन रहेका छन् ।
यसैबीच, मस्कले डीओजीईको जिम्मेवारी र कार्यसम्पादनका क्रममा अहिले नै उथलपुथलकारी काम गरिरहेका छन् । उनले सङ्घीय सरकारका २० लाख कर्मचारीलाई सामूहिक इमेल पठाएर आफ्नो कामको औचित्य पुष्टि गर्न वा बर्खास्त हुने जोखिमबारे आदेश दिएको केही दिनपछि मङ्गलबार उनका एक तिहाइ कर्मचारीले विरोधस्वरूप राजीनामा दिएका थिए।
सरकारी विभागहरूले सोमबार कर्मचारीहरूलाई डीओजीई–प्रेरित ईमेललाई बेवास्ता गर्न गर्न भनेका थिए।
ट्रम्पले पदभार ग्रहण गरेदेखि अहिलेसम्म खासगरी हालसालै करारमा नियुक्त गरिएका, पदोन्नति भएका वा अन्यथा भूमिकाहरू परिवर्तन गरिएका कर्मचारीहरूलाई बर्खास्त गरिएको छ। एएफपी
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login