Banner
ट्रम्पले बोलाए मस्कसहितको पहिलो मन्त्रिपरिषद बैठक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरेपछि आफ्नो कार्यसूचीलाई अघि बढाउने प्रयासस्वरुप बुधबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
अर्बपति समर्थक तथा सल्लाहकार एलन मस्क बैठकमा उपस्थित हुने सरकारी अधिकारीमध्ये मध्ये एक हुनेछन् ।
मस्कलाई अमेरिकी सरकारी दक्षता विभाग (डीओजीई) को निरीक्षण गर्ने जिम्मेवारी दिइएको छ भने उनले हजारौँ संघीय कामदारहरूलाई बर्खास्त गर्न खोजिरहेका छन् ।
ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटका अनुसार मस्कसँग मन्त्रीस्तरीय पोर्टफोलियो वा औपचारिक निर्णय गर्ने अधिकारको अभाव भए तापनि उनलाई ‘विशेष सरकारी कर्मचारी’ र ‘राष्ट्रपतिका वरिष्ठ सल्लाहकार’ को रूपमा वर्गीकृत गरिएको छ ।
सन् २०२४ को राष्ट्रपतीय चुनाव अभियानका क्रममा ट्रम्पका प्रमुख दाता मस्क मात्र ट्रम्प प्रशासनका विवादास्पद सदस्य भने होइनन् ।
कोभिड खोपका प्रखर आलोचक रोबर्ट एफ केनेडी जुनियर स्वास्थ्य तथा मानव सेवा मन्त्री, विभिन्न षड्यन्त्रको आरोप लागेका गुप्तचर विभागका निर्देशक तुलसी गबार्ड र यौन दुर्व्यवहारको आरोप खेपिरहेका फक्स न्यूजका पूर्व प्रस्तोता रक्षामन्त्री पिट हेगसेथले पनि ट्रम्पको मन्त्री परिषद्मा रहेका छन् ।
डेमोक्र्याटस्को ट्रयाकरेकर्ड र अनुभवको कमीका कारण आलोचना भए तापनि अमेरिकी सिनेटले ट्रम्पको क्याबिनेटका सबै छनौटहरूलाई अनुमोदन गरेको छ।
सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको साँघुरो बहुमत भए पनि एकाध बाहेकका सबैले ट्रम्पको निर्णयको विरुद्धमा मतदान गर्न मानेनन् । यसले पार्टीभित्र ट्रम्पको बलियो पकड रहेको देखाउँछ ।
ट्रम्पको निर्णयमा असहमत हुनेहरूमध्ये थोरैले मात्र राजीनामा दिए पनि अधिकांशले सम्झौता गरेका छन् ।
सिनेटमा बहुमतका पूर्व नेता मिच म्याककोनेलले केनेडीलाई स्वास्थ्य मन्त्रीको रूपमा अनुमोदन गर्न एक मात्र रिपब्लिकन असहमति व्यक्त गरेका थिए । यो नियुक्तिले चिकित्सा समुदायमा खोपको गलत सूचनालाई बढावा दिने र सङ्क्रामक रोगहरूको अनुसन्धान निलम्बन गर्ने उनको इतिहासलाई लिएर चिन्ता उत्पन्न गरेको थियो।
ट्रम्पको क्याबिनेटमा नियुक्त भएका केही व्यक्तिहरू अझै पनि सिनेटबाट अनुमोदनको पर्खाइमा छन् । यसमा लेबर सेक्रेटरी तथा पूर्व सांसद लोरी चाभेज–डेरेमर र ट्रम्पको पहिलो कार्यकालको एक भागको लागि साना व्यवसायसम्बन्धी प्रशासनको नेतृत्व गरेकी लिन्डा म्याकमेन रहेका छन् ।
यसैबीच, मस्कले डीओजीईको जिम्मेवारी र कार्यसम्पादनका क्रममा अहिले नै उथलपुथलकारी काम गरिरहेका छन् । उनले सङ्घीय सरकारका २० लाख कर्मचारीलाई सामूहिक इमेल पठाएर आफ्नो कामको औचित्य पुष्टि गर्न वा बर्खास्त हुने जोखिमबारे आदेश दिएको केही दिनपछि मङ्गलबार उनका एक तिहाइ कर्मचारीले विरोधस्वरूप राजीनामा दिएका थिए।
सरकारी विभागहरूले सोमबार कर्मचारीहरूलाई डीओजीई–प्रेरित ईमेललाई बेवास्ता गर्न गर्न भनेका थिए।
ट्रम्पले पदभार ग्रहण गरेदेखि अहिलेसम्म खासगरी हालसालै करारमा नियुक्त गरिएका, पदोन्नति भएका वा अन्यथा भूमिकाहरू परिवर्तन गरिएका कर्मचारीहरूलाई बर्खास्त गरिएको छ। एएफपी
Facebook Comment
Banner
एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार
नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।
सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
Banner
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।
लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login