Banner
आधा दर्जन व्यवसाय हाँकिरहेकी सफल व्यवसायी मनिता दंगाल नारी दिवस विशेष
कानेपोखरीको श्री जनता माविबाट २०५६ सालमा एसएलसी उत्तीर्ण हुँदासम्म व्यवसायी मनिता दंगाल व्यवसायमा जोडिनुभएको थिएन । जनता बहुमुखी क्याम्पस इटहरीबाट १२ कक्षा पास गरेपछि उहाँको विवाह भयो । त्यसपछि बीबीएस अध्ययन गर्दागर्दै उहाँ व्यवसायमा लाग्नुभयो । त्यसअघि कुनै व्यवसाय नगरेकी उहाँले २० वर्षको उमेरमा व्यवसायमा हात हालेपछि पढाइलाई निरन्तरता दिन सक्नुभएन ।
शुरुमा उहाँले मोटर पार्टसको व्यवसाय ८ वर्ष गर्नुभयो । त्यसपछि टाटा सिप्रदीको डिस्ट्रिब्युटर भएर काम गर्नुभयो । मोटर पार्टस्को काम गर्दा गाडी बिग्रिँदा त्यहाँ मर्मतको लागि आउने गाडी पहाडतिर ढुवानी गर्ने ट्रक धेरै हुन्थे । ढुवानीको बारेमा कुरा बुझ्दा त्यसमा नाफा देखेर शुरुमा २ वटा गाडी किनेर उहाँले ढुवानी व्यवसाय शुरु गर्नुभयो । पछि ४ वटा गाडी किनेर ढुवानी गर्न थाल्नुभयो । हाल आफ्ना र अन्य गरेर सयौँ गाडीमार्फत् पहाडी क्षेत्रमा निर्र्र्र्र्र्र्माण सामग्रीको ढुवानीको व्यवस्था उहाँ मिलाउनुहुन्छ ।
उहाँ व्यवसायमा सफल हुँदै हुनुहुन्थ्यो । निर्माण सामग्रीको ढुवानी गर्दागर्दै रड, सिमेन्टको डिलर किन नलिने भन्ने उहाँलाई लाग्यो । त्यसपछि जगदम्बा सिमेन्टको डिलर लिएर काम शुरु गर्नुभयो । हाल उहाँ होङ्सी सिमेन्टको आपूर्तिकर्ता हुनुहुन्छ ।
नेपालकै ठूलो जलविद्युत आयोजना अरुण तेस्रोको एउटा पाटोको ७५ प्रतिशत निर्माण सामग्री उहाँ पठाउनुहुन्छ । पछिल्लो समय जलविद्युत कम्पनीले ट्रेडर्स र सप्लायर्स छान्दा एनपीलाई छान्ने गरेका छन् । विभिन्न व्यवसायमार्फत् उहाँ वार्षिक १ अर्बभन्दा बढीको कारोबार गर्नुहुन्छ ।
महिलाले व्यवसाय शुरु गर्दा ठूलो चुनौती बेहोर्नुपर्ने उहाँको अनुभव छ । ‘मैले पनि व्यवसाय गर्दा शुरुमा आफन्त र छिमेकले मन पराउनुभएन ।
धेरै परिवारमा महिलाले काम गरेको मन पराए पनि महिलाका लागि लगानी गर्न डराउने गरेको उहाँको अनुभव छ । जुनसुकै काममा पनि ध्यान दिएर गर्नुपर्छ र सफल भइन्छ भन्ने उहाँले पाएको मन्त्र हो । उहाँ काममा राति १२ बजेसम्म यति एकाग्र हुनुहुन्थ्यो कि पसलबाहिर निस्किँदा बिरामी पर्ने अवस्थासम्म आयो ।
पछिल्लो समय उहाँले एपोलो टायरको डिलर लिनुभएको छ । विवाह अघिसम्म व्यवसाय नगर्नुभएकी मनिता दंगाल विवाहपछि आधा दर्जन व्यवसाय सञ्चालन गरिरहनुभएको छ । एनपी ट्रेडर्सकी सञ्चालक दंगालले एकसाथ एनपी सप्लायर्स, एनपी कंक्रिट, एनपी इन्टरप्राइजेज, एनपी ढुवानी र एनपी निर्माण सेवा सञ्चालन गरिरहनुभएको छ । कसैको कुरा नसुनी कामबाहेक अन्यत्र ध्यान नदिने बानीले नै आफू सफल भएको रहस्य उहाँ सुनाउनुहुन्छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login