Connect with us
Advertisement

नेप्सेको सीईओका लागि ५ उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक

Published

on

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।

गत फागुन १२ गते र १८ गते सार्वजनिक सूचना जारी गरेर दरखास्त आह्वान गरेको समितिले संक्षिप्त सूची तयार गरी चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम आज सार्वजनिक गरेको हो ।

दरखास्त दिएकामध्ये युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशी सर्टलिस्टमा परेनन् ।

सर्टलिस्टमा परेकाहरुको अब व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुने छ । त्यसका लागि चैत ६ गते बुधबार बिहान सात बजे अर्थ मन्त्रालयमा उपस्थित हुन भनिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

महेन्द्र मोरङमा स्ववियु निर्वाचन गर्न नदिने नेविसंघ कोइराला पक्षको चेतावनी

Published

on

नेपाल विद्यार्थी संघको डा. शेखर कोइराला पक्षले निर्धारित मितिमा महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन गर्न नदिने चेतावनी दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नेविसंघ कोइराला समूहले ५ चैतमा निर्वाचन हुन नदिने चेतावनी दिएको हो ।

कोइराला पक्षका सभापति उम्मेदवार योगराज दाहालले निर्वाचनको वातावरण नबनेको बताए । नेविसंघबाट प्रज्वल विष्ट र योगराज दाहालले उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचन समितिले विष्टलाई आधिकारिता दिएको थियो । दाहाल स्वतन्त्र उम्मेदवार छन् । उनले जवरजस्ती निर्वाचन गर्न खोजे आत्मदाह गर्ने चेतावनी दिए ।

नले आफ्नो वरिपरि प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेको र पार्टीको संस्थापन पक्षका गुण्डाहरुले धम्की दिइरहेको बताए । ‘उहाँहरुले हामीलाई हेपेर होस वा दबाबमा होस् यसो गर्न खोजिरहनु भएको छ,’ उनले भने,‘ हामी जे पनि गर्न तयार छौं, भोलि क्याम्पस जल्नसक्छ, हामी जल्न सक्छौं, उहाँहरुको घर जल्छ सक्छ ।’

‘निर्वाचन भनेको स्वतन्त्र निष्पक्ष हुनुपर्छ, जबसम्म स्ववियु निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा हुने वातावरण हुँदैन, तबसम्म निर्वाचन हुनसक्दैन ।’ उनले भने ।

Continue Reading

Banner

चारवटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Continue Reading

Banner

दक्षिण अमेरिकामा भीषण आँधी, २० जनाको मृत्यु

Published

on

दक्षिण अमेरिकामा भीषण आँधी आएको छ । उक्त आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । त्यसमध्ये १२ जना मिसौरीमा मारिएका छन् ।

बीबीसीका अनुसार उक्त आँधीले दक्षिण-पूर्वका राज्यमा ठूलो क्षति पुर्‍याएको बीबीसीले उल्लेख गरेको छ । आँधीका कारण थुप्रै गाडीहरू पल्टिएका र घरमा पनि क्षति पुगेको समाचारमा जनाइएको छ ।

टेक्सासमा धुलोसहितको आँधीका कारण एक कार दुर्घटनामा परेको छ । जसमा परी तीन जनाको मृत्यु भएको छ । त्यस्तै ओक्लाहोमा तथा अर्काससमा पनि जनधनको क्षति भएको जनाइएको छ ।

शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा घरहरूमा बिजुली नभएको जनाइएको छ । त्यस्तै सेन्ट्रल मिसिसिपी, पूर्वी लुसियाना तथा पश्चिमी टेनेसिसमा पनि मौसम खराबी हुनै चेतावनी दिइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक