Banner
मोरङमा आगलागीमा परेर तीन वर्षीया बालिकाको मृत्यु, हराएका बालक जीवितै भेटिए

Banner
सुकुनामा भएको स्ववियु निर्वाचनमा अध्यक्षमा एलिस ओझा, सचिवमा रोहन खत्री र कोषाध्यक्षमा सबिना थापा विजयी

विराटचोकः हिजो सम्पन्न भएको स्ववियु निर्वाचनअन्तर्गत सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुका एलिस ओझा विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार ओझाले ९८५ मत ल्याउँदा नेवि संघका विजय ओझाले ६८६ मत ल्याउनुभयो । बेबिन दाहालले १३ मत ल्याउनुभयो ।
सचिवमा रोहन खत्रीले ९१९ मत ल्याएर विजयी हुँदा नेवि संघका अर्जुन दाहालले ८४१ मत ल्याउनुभयो ।
कोषाध्यक्षमा नेवि संघकी सबिना थापा ९२४ मत ल्याउर विजयी हुनुभयो । अनिष पौडेलले ८३४ मत ल्याउनुभयो ।यस्तो छ सबै उम्मेद्वारले ल्याएको अन्तिम मत परिणाम
Banner
पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी यसै हप्ता गोरखा जान लागेका हुन् । शाहका संवाद सचिव डा. फणिराज पठाकले यसको जानकारी दिएका हुन् ।
‘गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदै छ,’ पाठकले जारी गरेको सूचनामा भनिएको छ ।
Banner
निर्माणाधीन शिल्पी नाट्य केन्द्रका बाँकी काम पूरा गर्न स्थानीय जुर्मुराउँदै,

विराटचोकः सुन्दरहरैंचा–८ सलकपुरमा निर्माणाधीन शिल्पी नाट्य केन्द्रले पूर्णता पाउने भएको छ । रकम अभावमा काम रोकिएको सो नाट्य केन्द्रको काम सञ्चालन गर्न सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजालको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति बनाइएको छ ।
समितिले आजैदेखि रकम सङ्कलन गर्न थालेको छ । समितिको सदस्यहरुमा नगेन्द्रप्रसाद दाहाल, कृष्णप्रसाद लामिछाने, राजु खड्का, रमेश खड्का, योजना शर्मा र प्रमिला दुलाल हुनुहुन्छ ।
आज बिहान नाट्य केन्द्र निर्माणस्थलमा सुन्दरहरैंचाका उद्योगी, व्यवसायीका साथै विभिन्न संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि, पूर्व प्रशासकलगायतको भेलाले रिजालको संयोजकत्वमा समिति निर्माण गरेको हो । भेलामा उपस्थित व्यक्तिले ५ हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । केही व्यक्तिले सहयोग रकम उपलब्ध पनि गराउनुभएको थियो ।
गत वर्ष नायक राजेश हमालद्वारा शिलान्यास भएको सो कला केन्द्र निर्माणका लागि हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको तथा स्लेट बिछ्याउनका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको केन्द्रको सञ्चालक समिति उपाध्यक्ष निरज न्यौपानेले बताउनुभयो । नाट्य केन्द्रमा अघिल्लो साता सुन्दरहरैंचाका संघसंस्थाले सामुहिक होली खेलेपछि नाट्य केन्द्रको बारेमा स्थानीयले थप चासो दिन थालेका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login