Banner
एकैपटक १६ सय ३६ किलो गाँजा बरामद, दुई जना पक्राउ

सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट एकैपटक १६ सय ३६ किलो गाँजा बरामद गरेको छ । शुक्रबार गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगा बहादुर बस्नेत छन् । उनीहरू शुक्रबार पक्राउ परेका हुन् । ईलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिईएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
साथै उनीहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले जानकारी दिए ।
Facebook Comment
Banner
भृकुटीमण्डपमा गणतन्त्रवादी र तीनकुनेमा राजावादीले यसरी गर्दैछन् प्रदर्शन

काठमाडौँ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन भएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।
राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् । सुरुमा विशेषतः प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि समिति पनि मिसिएको हो ।
Banner
काठमाडौंमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन

समाजवादी मोर्चाको प्रदर्शन सुरु भएको छ ।
भृकुटीमण्डपमा हुने सभाका लागि ठाउँ-ठाउँबाट निस्किएका प्रदर्शनकारीहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । र्यालीमा समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू झण्डा र ब्यानरसहित सहभागी भएका छन् ।
र्याली रत्नपार्क हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुनेछ । र्यालीमा समाजवादी मोर्चाका नेताहरू पनि सहभागी भएका छन् ।
Banner
घिसिङ र शाक्य दुवैको निवेदन न्यायाधीश मुसलमानको इजलासमा

१५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login