Connect with us
Advertisement

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

Published

on

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, गत मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड र फागुनमा चार अर्ब ६८ करोड राजस्व सङ्कलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै सङ्कलन भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चैत २० पछि माग पूरा नभएसम्म शिक्षकहरू सडक संघर्षमा उत्रिने

Published

on

विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुपर्ने मागसहित महासंघले विभिन्न चरणका आन्दोलन गर्दै आएको हो ।सोही क्रममा शिक्षकहरू यतिबेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ६ दिनदेखि अनशनमा बसिरहेका छन् । उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।२०८० भदौ २७ गते तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले यो विधेयक प्रतिनिधि  सभामा पेस गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफल गर्न विधेयक २०८० असोज २५ गते संसदीय समितिमा पठाएको थियो । समितिमा पेस भएको १८ महिना बितिसक्दा पनि विधेयक टुङ्गो लाग्न सकेको छैन ।

आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्ताका लागि आह्वान गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको हो । वार्ता समितिले सोमबार वार्तामा आउन आग्रह गर्दै पत्र पठाए पनि शिक्षकहरूले वार्ताको औचित्य नभएको बताएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता गर्नुपर्ने अवस्था नरहेको बताए । विगतमा वार्ता भएर सहमति भइसकेको अवस्थामा अहिले आफूहरूलाई ऐन चाहिएको उनले प्रस्ट पारे ।

‘यहाँ हुने वार्ताबाट ऐन आउने होइन । निरर्थक कामका लागि कसैको समय खेर नजाओस् भन्ने हो,’ उनले भने । महासंघले चैत ७ गतेदेखि १५ गतेसम्म अनशन बस्ने र चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।

२० गतेपछि सबै शिक्षक कर्मचारी काठमाडौँ आउने र जनआन्दोलनको झल्को दिनेगरी सडक आन्दोलन हुने सुवेदीको दाबी छ । ‘त्यसपछि जितिन्छ कि बितिन्छ । हामी काठमाडौँमा टिकिरहन्छौँ । हामी चाँडोभन्दा चाँडो काठमाडौँबाट फर्किन चाहन्छौँ तर, खल्तीमा ऐन लिएरमात्र,’ उनले भने, ‘कतिन्जेल राख्ने भन्ने सरकारको हातमा हुन्छ । चैतमै घर पठाउने हो कि, वैशाखसम्म राख्ने हो कि जेठभर राख्ने हो ! सरकारको हातमा हुन्छ ।’

ऐन जारी नगरेसम्म आन्दोलनबाट पछि नफर्किने सुवेदीको भनाइ छ । आन्दोलन गर्दै आए पनि परीक्षा, विद्यार्थी भर्ना लगायतका विषयमा अवरोध नहुने समेत उनले प्रस्ट पारे ।

२० गतेपछि सबै परीक्षा तथा पठनपाठन समेत सकिने बताउँदै उनले त्यही समयमा सडक आन्दोलन गर्न लागिएको बताए ।

‘पेसाकर्मीको रूपमा हामी लडिरहेका हौँ । सरकारमा को छ भन्ने कुराले त्यति असर गर्दैन । हाम्रो आन्दोलन र प्राप्तिहरूमा तात्विक फरक राख्दैन । सरकारलाई कुन दलले लिड गरिरहेको भन्ने कुरातिर ध्यान दिएका छैनौँ । शिक्षकको हिसाबले हामीले त्यति मतलब पनि गरिरहेका छैनौँ,’ सुवेदीले भने ।

२०७२ सालमा संविधान जारी गरियो । २०७५ सालभित्र सबै ऐन आउनुपर्ने भए पनि अहिलेसम्म शिक्षा ऐन जारी हुन सकेको छैन । विद्यालय शिक्षा विधेयक २०८० भदौ २९ गते संसदमा दर्ता भएको थियो । विधेयक दर्ता भएपछि पनि संसदका चार वटा अधिवेशन सकियो तर ऐन जारी हुन सकेन ।

नेपाली शिक्षक आन्दोलित नहुँदासम्म ऐन नआउने निष्कर्ष निकाल्दै आफूहरू आन्दोलनमा होमिएको सुवेदीले बताए । निश्चित फ्रेमवर्कभित्र काम गरेर निश्चित समयभित्र ऐन जारी गर्नुपर्नेमा समिति अनावश्यक छलफलतिर लागेको उनको आरोप छ ।

एक दिन ऐन विलम्ब हुँदा करिब १० देखि १५ जना शिक्षक कर्मचारी विनासेवा सुविधा आँखाभरि आँशु लिएर बर्हिगमन हुनुपर्ने बाध्यता रहेको सुवेदी बताउँछन् ।

‘त्यसको जिम्मा कसले लिने ? राज्यको दायित्य छ कि छैन ? हामी एक सेकेण्ड, एक घण्टा, एक दिन भएपछि छिटो आओस् भनेर आन्दोलनमा लागेका हौँ । यो उपसमिति एक वर्ष अगाडि बनाइदिएको भए के हुन्थ्यो ?’ सुवेदीले भने ।

समितिले विधेयकमा सुझाव सूचीकृत गर्ने जिम्मा आफूहरूलाई दिएको खण्डमा तीन दिनभित्रमा गरिदिने समेत उनले बताए । एउटै बुँदामा ५० जनाले संशोधन प्रस्ताव हालेको तर, त्यो ५० बुँदा नभइ एउटा बुँदामात्रै भएको उनको भनाइ छ ।

 

Continue Reading

Banner

ब्राजिलको पोष्टमा अर्जेन्टिनाको चार गोल

Published

on

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको छ ।

बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए ।

अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे ।

कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे ।

ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ । १४ खेलबाटै २३ अंकसहित इक्वेडर दोस्रो र २१ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । यस्तै पाराग्वेको पनि समान २१ अंक छ र अंकतालिकामा पाँचौ स्थानमा छ । कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ ।

छनोट अन्तर्गत उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेल्दा भेनेजुएलालेल पेरुलाई १-० ले हरायो ।

Continue Reading

Banner

सेयर बजारमा उच्च गिरावट, नेप्से २६ सयमुनि

Published

on

१२ चैत, काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.०५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २५८२ अंकमा कायम भएको छ ।

बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।

यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।

यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक