Banner
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी : हेलिकप्टरबाट १६ जनाको उद्धार

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । ११ पुरुष र ५ महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केहीको सेनाको हेलिकप्टरबाट र केहीलाई डोरीको सहायताले उद्धार गरिएको हो । इटहरी उपमहानरपालिका–६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरू फसेका थिए ।

बिहान करिब ९:३० बजे भवनको पाँचौँ तलामा आगो लागेको थियो । आगलागीसँगै अहिले ग्यासका सिलिण्डर पनि पड्किएका छन् ।
आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।
Facebook Comment
Banner
भृकुटीमण्डपमा गणतन्त्रवादी र तीनकुनेमा राजावादीले यसरी गर्दैछन् प्रदर्शन

काठमाडौँ । वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन भएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।
राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् । सुरुमा विशेषतः प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि समिति पनि मिसिएको हो ।
Banner
काठमाडौंमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन

समाजवादी मोर्चाको प्रदर्शन सुरु भएको छ ।
भृकुटीमण्डपमा हुने सभाका लागि ठाउँ-ठाउँबाट निस्किएका प्रदर्शनकारीहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । र्यालीमा समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू झण्डा र ब्यानरसहित सहभागी भएका छन् ।
र्याली रत्नपार्क हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुनेछ । र्यालीमा समाजवादी मोर्चाका नेताहरू पनि सहभागी भएका छन् ।
Banner
घिसिङ र शाक्य दुवैको निवेदन न्यायाधीश मुसलमानको इजलासमा

१५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा परेको छ ।
सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको रिट निवेदन पेशीका लागि सूचिकृत छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login