Banner
प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूअनुकूल टिम बनाउन कर्मचारीहरूको जिम्मेवार हेरफेर सुरु गरेका छन् । त्यस्तै चार महिनासम्म खाली रहेको वितरण तथा ग्राहक सेवामा १२ औँ तहका प्रसारण निर्देशनालयका दीर्घायुकुमार श्रेष्ठलाई सरुवा गरिएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल सेवानिवृत्त भएदेखि उक्त पद रिक्त रहेको थियो । गत चैत ११ गते शाक्यलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै प्राधिकरणमा आफ्नै टिम बनाउने कसरतअन्तर्गत उपकार्यकारी निर्देशक र निर्देशकहरूको सरुवा सुरु गरेका हुन् । कार्यकारी निर्देशक शाक्य प्राधिकरणमा आएसँगै निर्देशक चन्दन घोषलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका थिए । घोषको ठाउँमा राजाभाइ शिल्पकारलाई ल्याएका थिए । त्योसँगै आइतबार प्राधिकरणका १२ र ११ औँ तहका उपकार्यकारी निर्देशक र निर्देशकहरूको शाक्यले सरुवा गरेका हुन् । प्राधिकरणले बागमती प्रादेशिक कार्यालयका निर्देशक (प्राविधिक) नवराज ओझालाई व्यवसाय विकास निर्देशनालयअन्तर्गत ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ । ओझा वितरण तथा ग्राहक सेवाका निमित्त उपकार्यकारी निर्देशक थिए ।
शाक्यले प्रसारण निर्देशनालयअन्तर्गत विद्युत् प्रणाली व्यवस्थापन विभागका निर्देशक तथा प्रवक्तासमेत रहेका घोषलाई प्रणाली योजनामा सरुवा गराएका छन् भने प्रणाली योजनाकी निर्देशक रञ्जु पाण्डेलाई प्रसारण निर्देशनालय अन्तर्गतको विद्युत् प्रणाली सञ्चालन विभागमा सरुवा गरिएको छ ।
त्यस्तै बागमती प्रादेशिक कार्यालयमा ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागका निर्देशक टेकनाथ तिवारीलाई सरुवा गरिएको छ ।
त्यस्तै कार्यकारी निर्देशकको सचिवालयका सहनिर्देशक डोलनाथ कँडेललाई प्रसारण महाशाखा, वितरण तथा ग्राहक सेवा निर्देशनालयको प्रमुखमा सरुवा गरिएको छ । कार्यकारी निर्देशकको सचिवालयकी अधिकृत यशोधा तामाङलाई पनि सरुवा गरिएको छ ।
सरकारले शाक्यलाई नियुक्त गरेकै दिन बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले कार्यकारी निर्देशकको अधिकार खोस्ने गरी १० औँ तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवा प्राधिकरण बोर्डले गर्ने गरी निर्णय भएको थियो ।
सञ्चालक समितिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको चाहनाअनुरूप १० औँ र सोभन्दा माथिल्ला तहका कर्मचारीको सरुवा, बढुवा र काजमा खटाउने अधिकार कार्यकारी निर्देशकबाट खोस्ने निर्णय गरेको थियो । उक्त व्यवस्थासँगै व्यवस्थापनका उच्चतहका कर्मचारी सरुवा सुरु भएको देखिन्छ ।
प्राधिकरण बोर्डको निर्णयविरुद्ध प्राधिकरण कर्मचारी संगठनहरूले विरोध जनाएका थिए । प्राधिकरण कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्यले १० औँ तह माथिका कर्मचारीको सञ्चालक समितिले सरुवा गर्ने गरी विनियमावली संशोधन भए पनि आइतबारको कर्मचारी सरुवा कार्यकारीले टिम बनाएको बताए । उनले कार्यकारी निर्देशकले आफूअनुकूलको प्राधिकरणमा टिम बनाउन सरुवा गरिएको देखिएको बताए ।
उनले भने, ‘१० औँ तह माथिका कर्मचारी सरुवा बोर्डले गर्ने निर्णय भए पनि आइतबारको सरुवा कार्यकारी निर्देशकले नै गरेको देखिन्छ । त्यसलाई सामान्य मान्नुपर्छ । प्राधिकरणमा नयाँ कार्यकारी अधिकृत आएपछि आफू अनुकूलको टिम बनाउनु स्वाभाविक हो । त्यसलाई अन्यथा मान्न हुँदैन भन्ने लाग्छ ।’
ऊर्जा मन्त्री खड्काले प्राधिकरणका कर्मचारीको सरुवामा विशेष चासो र रुचि राख्दै आएका थिए । मन्त्री खड्काले कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारी सरुवाका लागि दबाब दिँदै आएको आरोप लागेको छ ।
कुलमान हटाएको एक साता नबित्दै प्राधिकरणका उपकार्यकारी निर्देशक र निर्देशकहरूको सरुवा मन्त्रीको रुचिअनुसार भएको दाबी हुन थालेको छ ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login