Banner
अमेरिकादेखि युरोपसम्म किन भइरहेको छ ट्रम्पविरोधी प्रदर्शन ?
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिका रूपमा ट्रम्पले आफ्नो दोस्रो कार्यभार सम्हालेपछि पहिलोपटक मानिसहरू ठूलो संख्यामा उनीविरुद्ध सडकमा उत्रिएका हुन् ।
अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार ट्रम्पविरोधी यो प्रदर्शन अमेरिकाका सबै ५० वटै राज्यमा फैलिएको छ । अमेरिकीहरूले यो प्रदर्शनलाई ‘ह्यान्डस अफ’ नाम दिएका छन् । उनीहरूले यसलाई मानिसहरूको मामिलामा ट्रम्पले दखल नदिउन् भन्ने रूपमा अर्थ्याएका छन् ।
-1743909180.jpg)
प्रदर्शनकारीहरूले सामाजिक तथा आर्थिकलगायत थुप्रै मुद्दामा ट्रम्पको निर्णयमा अनसन्तुष्टि जनाएका छन् ।
ट्रम्पले लगालग कर लगाउन थालेपछि अमेरिकाबाहिर पनि उनको नीतिको विरोध भइरहेको छ । लन्डन, पेरिस, तथा बर्लिनमा पनि यसबारेमा सभाहरू आयोजना भएका छन् । यसले ट्रम्पविरोधी प्रदर्शन अमेरिकामा मात्र सीमित नरहेर युरोपसम्म फैलिएको देखाउँछ ।
-1743909180.jpg)
ट्रम्पले ५७ देशमाथि कर लगाउँदा अमेरिकीहरू पनि यसबाट पीडित बनेका छन् । करका कारण महँगी बढ्न सक्ने चिन्ताले अमेरिकीहरूलाई सताएको छ । अर्कातर्फ करकै कारण मन्दी हुन सक्ने आशंका पनि गरिएको छ ।
मानिसहरूको आक्रोश ट्रम्पमा मात्र सीमित नरहेर एलन मस्कसम्म पुगेको छ । जर्मनीको फ्र्याङ्कफर्टमा बस्ने अमेरिकीहरूले ट्रम्प र मस्कविरुद्ध र्याली निकालेका छन् । बर्लिनमा पनि मस्कको कम्पनी टेस्लाको शोरुमबाहिर सयौँले प्रदर्शन गरेका छन् ।
-1743909178.jpg)
बर्लिनमा प्रदर्शनकारीहरूले एक प्लेकार्ड बोकेका थिए । जसमा लेखिएको थियो- सटअप एलन मस्क, हामीले तिमीलाई भोट दिएका होइनौँ ।
त्यस्तै एउटा ककुरलाई कपडा लगाइदिइएको थियो जसमा लेखिएको थियो- हामी डगी (डीओजीई) को विपक्षमा छौँ ।
-1743909179.jpg)
यसका अलावा पेरिस, लिस्बन जस्ता शहरहरूमा पनि ट्रम्प र मस्कविरुद्ध प्रदर्शन भइरहेको छ । उनीहरूले स्वाभिमानी अमेरिकीहरू शर्मनाक भएको सन्देश दिने प्लेकार्ड बोकेका थिए ।
हजारौँ संघीय कर्मचारीहरूलाई कामबाट हटाउने, सामाजिक सुरक्षा प्रशासनको क्षेत्रीय कार्यालय तथा विभिन्न एजेन्सीहरू बन्द गर्ने, प्रवाशीहरूलाई देश निकाला गर्नेलगायतमा अमेरिकीहरूले विरोध जनाएका छन् । त्यस्तै स्वास्थ्य वित्त पोषणमा कटौती गरेकोमा पनि उनीहरूले ट्रम्प र मस्कको आलोचना गरेका छन् ।
-1743909179.jpg)
सरकारी दक्षता विभागको प्रमुखका रूपमा आएदेखि नै मस्कले अनुदान कटौती, कर्मचारी हटाउनेलगायतका कार्य गर्दै आएका थिए । जसका कारण अमेरिकीहरू उनीप्रति आक्रोशित बनेका हुन् ।
-1743909178.jpg)
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login