Banner
कोशी पर्यटन वर्ष भोलिदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

२६ चैत, विराटनगर । कोशी प्रदेश सरकारले मनाउन लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन भोलि बुधबार हुँदैछ । कोशी प्रदेशको विकास र पर्यटन प्रवर्द्धनका लागि एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ हुनेछ । मूल आयोजक समितिका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको बताए । प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेकाले प्रदेशलाई समृद्धिमा लैजान सकिने बताए । पर्यटन वर्षमा कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ । स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा चेकजाँच नगर्ने तयारी छ ।
Facebook Comment
Banner
सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब,

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् । स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि अचानक गायब भएको हो ।हायु परिवारका सबै १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्कविहीन भएर गायब बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका कोही पनि सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।
सुवेदीले हायु परिवारको घरमा सामान्य तोडफोड गरे जस्तो देखिएको बताए । उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।
वडाध्यक्ष रविन श्रेष्ठले यो हायु परिवारको घर जंगलबीच एकान्तमा रहेकाले छिमेकीले पुग्न पनि २० मिनेटजति हिँड्नुपर्छ । यो घरमा उर्मिला, छोराबुहारी, छोरी, नातिनातिनी, ज्वाइँसहित १६ जना रहेको श्रेष्ठले बताए । उनीहरू परिवार नै सबै एकैचोटि हराएपछि घटनालाई रहस्यमय मानिएको श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार हायु परिवारको भान्छाका लागि बनाइएको छाप्रोमा आगो लागेको भेटिएको छ। गाईवस्तु र कुखुरा भने पाखैमा छाडेको अवस्थामा फेला परेका उनले बताए ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष बुद्धिनारायण बरालले हायु परिवारका सदस्यहरूले सामाजिक सुरक्षा भत्ता बुझेर पालिकाबाट गएको बताए । हायु जातिलाई सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । त्यहीकारण उनीहरूलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। उनीहरू सबै घरबाट गायब भएको कम्तीमा दुई दिन भइसकेको अनुमान जनप्रतिनिधिले गरेका छन् ।
अहिले हायु परिवारको घरमा प्रहरी, जनप्रतिनिधि र छिमेकी जम्मा भएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले ठोस तथ्य नभेटिएसम्म केही भन्न नसकिने जनाएको छ।
Banner
हेवा खोलामा बेलिब्रिज निर्माण

पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ र ३लाई जोड्ने सासुटारस्थित हेवा खोलामा बेलिब्रिज जडान भएकाे छ । पूर्वाधार कार्यालय पाँचथरमार्फत् कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलले बेलिब्रिज बनाएको हो ।
२ असार २०८० मा बाढीले यहाँको पुल बगाएको थियो । ५० मिटरको बेलिब्रिज जडान गरी गाडी सञ्चालनमा ल्याइएको पूर्वाधार कार्यालय पाँचथर प्रमुख शैलेन्द्र सिंह जानकारी दिए ।
१ करोड ४० लाख ९ हजार ७२० रुपैयाँ बजेट खर्च गरेर बेलिब्रिज जडान भएको कार्यालयले जाानकारी दिएको छ । मच्छेबुङ–लुमाङदिन–भैसे–चारराते सडक खण्डमा पर्ने सो पुल एम/एस दोभान/डिआए जेभी उदयपुरले ठेक्का पारी काम सम्पन्न गरेको हो ।
Banner
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्धयामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन् ।
उनले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे । परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिएका थिए ।
छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी थिए ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य6 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login