Banner
बिग्रियो भनेर हल्ला गरिराख्छन्, दुवै छिमेकीसँग सम्बन्ध सुमधुर छ– प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी (भारत र चीनसँग) सुमधुर सम्बन्ध रहेको बताएका छन् । छिमेकीसँग नेपालको मित्रतालाई कसैले बिगार्न नसक्ने उनको दाबी छ । मधेश प्रदेश सभा बैठकलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर रहेको बताएका हुन् । ‘हाम्रा दुईवटा छिमेकी छन् । उनीहरूसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, सम्बन्ध बिग्रियो भनेर । कहाँ बिग्रियो सम्बन्ध ?’ ओलीले प्रश्न गरे ।
छिमेक सम्बन्धबारे बुझाउन ओलीले केही उदाहरण दिए– सँगै सुत्नेले खुट्टो बोकाउँछ, अर्को बेडमा सुतेकोले बोकाउँदैन । खुट्टो हटाऊ भन्नुपर्यो, कुरा सिद्धियो । छिमेकमै हुनेको गाई फुकेर बाली खाइदिन्छ, टाढाको मान्छेकोले होइन । जोसँग कारोबार छैन, ऊसँग मित्रता मात्र हुन्छ, त्यहाँ केही लिनुदिनु छैन भने । जसको घर नजिकै छ, त्यहाँ छिमेकीको बच्चा आउँछ । बच्चाले एउटा ग्लास फुटाइदिन्छ । छिमेकीले भन्छ– कस्ता आमाबुवा रहेछन्, बच्चालाई गिलास फुटाउन हुन्न भनेर सिकाएको छैन । अर्कोदिन अर्को छिमेकीको बच्चा आएर कप फुटाइदिन्छ । छिमेकीले अस्तिको पैँचो सुनाउँछ । छिमेक भएकाले यस्तो कुरा आउँछ, बच्चा नभए गिलास कपसेट फुटाउने कुरा हुन्न । छिमेकमा सानातिना कुरा आउन सक्छन्, कुरा गर्नुपर्छ । पर्यो भने कप किन्दनुपर्छ । तर, पनि अन्डरस्ट्यान्डिङ राख्नुपर्छ छिमेकमा भएपछि । गिलासभन्दा ठूलो सम्बन्ध हो, मित्रता र समझदारी हो । छोराछोरीलाई थप्पड पनि नलगाऊ, हामी झडगा पनि नगरौं ।
यी उदाहरण सुनाएर ओलीले छिमेक सम्बन्धमा कहिलेकाहीँ सानातिना कुरा आए पनि छलफल गरेर समाधान गर्न सकिने बताए ।
‘कहिले–कहिले केही सानातिना कुरा उठेको हुन्छ, त्यसको अर्थ सम्बन्ध बिग्रियो भन्ने होइन । थप छलफलको आवश्यकता हुन्छ कहिले–कहले’ ओलीले भने, ‘दुई छिमेकीसँग सम्बन्ध अत्यन्त राम्रो छ, यस मित्रतालाई कसैले बिगार्न सक्दैन । खुला सिमानाका नाममा हुने बेठीक गतिविधि दुवैतर्फबाट रोक्नुपर्छ, खुला सिमानाको दुरुपयोग हुन दिनुहुँदैन । यसमा शतर्क रहनुपर्छ,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्यान्डमा भेटवार्ता गरेका थिए ।
Facebook Comment
Banner
मोरङ–६ बाट रास्वपाकी रुबिना विजयी
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
Banner
काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
Banner
प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।
यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।
यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login