Banner
म्यानमार भूकम्प : नेपाली नागरिक सुरक्षित, १८ नेपालीभाषीको मृत्यु
२८ चैत, नेपिताउ (बर्मा) । दुई साता अघि म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३ हजार ५९१ पुगेको छ ।
म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारी वाई ल्वीनले दिएको जानकारी, बुधबार रातिसम्म भूकम्पमा परेर ४ हजार ८१४ जनाको मृत्यु भएको छ भने १४८ जना सम्पर्कविहीन छन् । ४९ हजार ८५७ घरमा क्षति पुगेको छ भने ५ लाख २४ हजार ६२४ जना प्रभावित भएका छन् ।
मृत्यु हुनेमध्ये १८ जना बर्माका नेपालीभाषी नागरिक रहेको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । ‘म्यानमारमा करिब २ लाख नेपालीभाषी छन्, उनीहरू झण्डै १५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएको इतिहास छ’, उनले भने, ‘उहाँहरूमध्ये १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अरू केही घाइते र बेपत्ता हुनुहुन्छ ।’ उनका अनुसार, भूकम्पपछि २५० जना नेपालीभाषी नागरिक विस्थापित भएका छन् । उनीहरूका लागि त्यहाँका नेपालीभाषीको संगठन ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ले अस्थायी बसोबासको व्यवस्था गरेको छ ।
‘भूकम्पबाट घरविहीन हुनुभएकाहरूलाई यो संस्थाले नियमित खाना खुवाएर आश्रय दिइरहेको छ, भूकम्पबाट अति प्रभावित माण्डले क्षेत्रमा यो सहयोग भइरहेको हो’, घिमिरेले सुनाए, ‘उहाँहरूसँग नेपाली दूतावासको तर्फबाट पनि कुराकानी गरेका थियौं, दूतावासको उपस्थितिले पनि दुःखमा मल्हमपट्टी हुन्छ भन्ने हिसाबले त्यहाँ जाने तयारी गरेका छौं ।’
नेपाली दूतावासको तर्फबाट राहत सामग्री लिएर त्यहाँ जान लागेको उनले बताएका छन् । म्यानमारस्थित नेपाली दूतावासका अनुसार, त्यहाँ ५० जना नेपाली नागरिक बसोबास गर्छन् ।
‘तर, उहाँहरू यांगौनमा बसोबास गर्दै आउनुभएकाले त्यति धेरै क्षति भएन, हाम्रो दूतावास पनि त्यहीँ छ’, राजदूत घिमिरेले थपे, ‘नेपाली नागरिकहरूमध्ये कतिपय यूएन एजेन्सी, कतिपय बैंकिङ क्षेत्र त कतिपय व्यवसाय गरेर बसिरहनु भएको छ ।’
उल्लेखनीय क्षति नभए पनि यांगौनमा निकै लामो समयसम्म भूकम्पको झट्का महसुस भएको घिमिरले बताए । ‘हामी दूतावासमै थियौं, दिउँसो भएकाले धेरै मानिसहरू घरबाहिरै थिए’, उनले भने, ‘त्यसक्रममा झण्डै एक मिनेट जत्ति नै जोडले हल्लाएको महसुस गरेको थिएँ ।’
लामो समयसम्म हल्लाउँदा क्षति धेरै भएको उनले सुनाए । ‘दिउँसो १२ः५५ बजेको समय थियो, धेरै मानिसहरू दिउँसो बाहिरै थिए’, घिमिरेले भने, ‘तर, रमदान लगायत धार्मिक विषयहरू जोडिएकाले कतिपयको सामूहिक प्रार्थना गरेको ठाउँमा मृत्यु भएको विवरण छ ।’
त्यहाँको परराष्ट्र मन्त्रालयका ल्वीनले दिएको विवरणअनुसार, भूकम्पमा परेर ३ हजार ८२ बौद्ध भवनहरूमा क्षति पुगेको छ भने १०७ मस्जिद र अरू धर्मका २८७ भवनहरू क्षतिग्रस्त भएको छ ।
म्यानमारका अधिकारीहरूका अनुसार, यो भूकम्पको केन्द्रविन्दु म्यानमारको सागाइङ शाहरको उत्तरपश्चिमतर्फ १६ किलोमिटर दुरीमा थियो । म्यानमारको माण्डलेबाट नजिकै पर्ने यो स्थानमा १५ लाख मानिसहरूको बसोबास थियो ।
यो केन्द्रविन्दु राजधानी नेपिताउबाट करिब २०० किलोमिटरको दुरीमा पर्छ । त्यहाँका अधिकारीहरुका अनुसार, भूकम्प गएको १४ दिनसम्ममा १०४ वटा पराकम्पहरू गइसकेका छन् ।
म्यानमारमा चुनावी विवादलाई लिएर चार वर्ष अघि सैन्य ‘कू’ गर्दै त्यहाँको सेनाले सत्ता हातमा लिएको थियो ।
प्रजातान्त्रिक नेतृ आङ साङ सुकीको दल नेश्नल लिग फर डेमोक्रेसीले दुई तिहाइभन्दा धेरै सिटमा जित हात पारेपछि सैनिक समर्थन पाएको दल युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले धाँधलीको आरोप लगाएको थियो ।
यो मामलापछि सेनाले सुकीलाई घरबाटै गिरफ्तार गरेको थियो भने एक वर्षसम्मलाई संकटकाल घोषणा गरेको थियो । त्योसँगै राजधानीमा केही हप्तासम्म टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको थियो । यस्तोमा म्यानमारका सेना प्रमुख मिन आङ हलिङ्गले आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए ।
सत्ता हातमा लिएपछि लामो समयसम्म जनप्रदर्शन व्यहोरेको सैनिक सरकारलाई अहिले आन्तरिक विद्रोह पनि टाउको दुखाइको विषय बनिरहेको छ । जननिर्वाचित सरकारलाई हटाएर सत्ता कब्जामा लिने सेनाको कदमपछि आन्तरिक विद्रोह थप चर्किएको छ ।
अहिले प्रजातन्त्रवादी समूह, विद्यार्थी, विभिन्न जातीय सशस्त्र समूहले अधिकांश प्रदेशमा सशस्त्र प्रतिरोध गरिरहेका छन् । कोचिन, कारेन, शान लगायतका राज्यहरूमा ती समूहको प्रभाव अझ बढी भएको अधिकारीहरू बताउँछन् । यस्तोमा ३५ सय बढीको मृत्यु हुने गरी भूकम्प गएपछि सैनिक सरकार थप दबाबमा परेको छ र भूकम्पपछिको उद्दार तथा राहतका लागि अन्तर्राष्ट्रिय सहयोग आह्वान गरेको छ ।
यसअघि सन् २००८ मा चक्रवात आँधी आउँदा सत्ता चलाइरहेका सैनिक जनरलहरूले आपतकालीन सहायतालाई रोक लगाउँदै बचेकाहरुलाई ‘चकलेट बार’को जरुरी नभएको भन्दै ‘जनता खाल्डोका भ्यागुता र माछा खाएर पनि बाँच्न सक्छन्’ भन्दै रुखो टिप्पणी गरेका थिए । त्यसैले यसपटक उनीहरुले सहयोगको आह्वान गर्दा कतिपयले आश्चर्य मानेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
सरकारले तत्काललाई विद्रोहीसँग युद्धविरामको घोषणा गरेको छ । तर, विद्रोही भएको क्षेत्रलाई लक्षित गरेर विपद् प्रतिकार्य चलिरहेका बेला समेत हवाई कारबाही भएको विवरण आएका छन् । यस्तोमा राहत तथा उद्धारमा खटिएकाहरूले भूकम्पपछिको प्रतिकार्य समेत ढिलासुस्ती भएको जिकिर गरिरहेका छन् ।
मंगलबार म्यानमारको राजधानी नेपिताउमा पुग्दा त्यहाँ अधिकांश भवनहरू भत्किएका थिए । न्यपिताउ अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचनाहरु पनि चर्किएका देखिन्थे । यो त्यही विमानस्थल हो, जहाँ दुई साताअघि गएको भूकम्पमा परेर एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावरका ५ जना सरकारी अधिकारी मारिएका थिए ।
रनवेसँगै त्यहाँ रहेका दुई वटा विमानमा पनि भूकम्पले क्षति पुर्याएको थियो । ६ दिनअघि मात्र यो विमानस्थल सञ्चालनमा आएको थियो ।
दुई सातापछि बुधबार यो विमानस्थलमा पुग्दा राति त्यही चौरमा सैनिकहरु सुतिरहेका देखिन्थे भने विमानस्थल बाहिर सडक आसपास नागरिकहरु टेन्ट टाँगेर बसेका थिए । यस्तोमा बेलाबेला परिरहने झरीले उनीहरुलाई झन्झट थपिरहेको महसुस गर्न सकिन्थ्यो ।
म्यानमारको पीडामा नेपालको मल्हम
म्यानमारले सहयोगको आह्वान गरेपछि भारत, चीन, बेलायत लगायतका मुलुकले सहायता घोषणा गरेका छन् ।
भारतले ‘अपरेशन ब्रह्मा’ घोषणा गर्दै ८० सदस्यीय प्रकोप प्रतिरक्षा टोली पठाएको छ भने दुई जहाजमार्फत ४० टन राहत सामग्री पठाएको जनाएको छ । ६० शय्याको फिल्ड अस्पताल निर्माण गर्न १२० जना चिकित्साकर्मी पनि पठाएको छ ।
नेपालले पनि बुधबार २६.९७ टन राहत सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयका दक्षिण पूर्व एसिया तथा प्रशान्त विभागका प्रमुख तापस अधिकारी नेतृत्वको टोलीले नेपिताउ विमानस्थलमा म्यानमारका कूटनीतिक अधिकारीहरुलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।
सहसचिव अधिकारीले मित्र राष्ट्रमा दुःख परेको अवस्थामा नेपाल पनि म्यानमार र त्यहाँका जनताको साथमा छ भन्ने सन्देश स्वरुप मानवीय सहयोग गरिएको बताए ।
यसअघि भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूची माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूची अनुसार खाद्यान्न, औषधिसहित आवश्यक राहत सामग्री लिएर टोली म्यानमार प्रस्थान गरेको थियो ।
नेपालले पठाएको सहयोगमा खाद्य पदार्थ, पकाउन चाहिने भाँडाकुँडा, औषधि, ब्लड ट्रान्सफ्युजन सेट, टेन्ट लगायत पनि समावेश छन् । नेपाली सेनाको मेडिकल टोलीले समेत यसअघि नै म्यानमार पुगेर काम गरिरहेको छ ।
‘बुधबारसम्म नेपाली सेनाले १३ सय बढी भूकम्प पीडित र अरु विरामीको उपचार गरिरहेको छ’, राजदूत घिमिरेले भने, ‘तीमध्ये केही मेजर अपरेशनहरु पनि छन् ।’
म्यानमारस्थित दूतावासले नेपाली सेनाले काम गरिरहेको जिल्ला अस्पतालको व्यवस्थापन टिमसँग समेत भेटेर त्यहाँको स्थितिबारे जानकारी लिएको थियो ।
नेपालमा २०७२ सालमा गएको भूकम्पमा पनि म्यानमारले मानवीय सहायता प्रदान गरेको थियो ।
नेपाल–म्यानमार जोड्ने कडीः नेपालीभाषी र बौद्ध धर्म
नेपाल र म्यानमारबीच जनस्तरमै सम्बन्ध रहँदै आएको छ । जानकारहरुका अनुसार, यी दुई देशको सम्बन्धलाई बलियो बनाउने कडी त्यहाँ रहेका नेपालीभाषी र बौद्ध धर्म हो ।
म्यानमारमा झण्डै १५० वर्ष अघिदेखि नेपालीभाषीको बसोबास रहँदै आएको छ । ब्रिटिस शासनका बेला थुप्रै नेपाली गुर्खा बसाइँ सरेर बर्मा (अहिले म्यानमार) पुगेका थिए ।
दोस्रो विश्वयुद्धमा समेत सामेल ती नेपालीहरु सन् १९४८ मा बर्माले स्वतन्त्रता प्राप्त गरेपछि बर्मेली सेनामा समेत सामेल भएको इतिहास छ । यसरी बर्मा पुगेका नेपालीको संख्या अहिले झण्डै १० लाख पुग्न लागेको भनिन्छ ।
बर्मामा रहेका परिवारका कतिपय आफन्तहरु अझै पनि नेपालमा समेत रहेको जानकारहरु बताउँछन् । राजदूत घिमिरे भन्छन्, ‘भूकम्प गएका बेला नेपालबाट धेरै फोन गरेर यहाँको अवस्थाबारे जानकारी माग्नुभएको थियो, यो त्यही ऐतिहासिक सम्बन्धको कडी हो ।’
दुई देशको सम्बन्धलाई जोड्ने अर्को कडी भनेको बौद्ध धर्म हो । सन् २०१४ को जनगणना अनुसार, म्यानमारको कुल जनसंख्यामध्ये ८७.९ प्रतिशत बौद्ध धर्मावलम्बी छन् ।
‘यो पृष्ठभूमिमा बर्सेनि सयौँ म्यानमारी जनता तीर्थयात्रीका रुपमा नेपाल आएर लुम्बिनी जाने गर्छन्’, घिमिरेले थपे, ‘यी दुई मुख्य आधारमा हाम्रो मिश्रित सम्बन्धलाई अझ प्रगाढ बनाउन व्यापार, व्यवसाय, पर्यटन प्रवर्द्धनदेखि हरेक गतिविधिमा नेपाली दूतावास र नेपालीभाषी समुदाय मिलेर काम गरिरहेका छौँ ।’
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login