Banner
शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार
आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक भएको छ । शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।
शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सरकारको तर्फबाट वार्तामा सहभागी टोलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय सुनाएको हो । ‘क्याबिनेट र मन्त्रालयले गर्न सक्ने विषय राख्नुभयो । शिक्षा मन्त्रालयले आफ्ना शिक्षक कर्मचारीप्रती गर्न सक्ने कुरा रहेछ क्यारे । आजसम्म किन नगरेको रु शिक्षकका माग मन्त्रालयलाई थाहा छ । सोध्नै परेन नि ! वार्तामा सहभागी शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
सरकार र शिक्षक महासंघबीच बिहीवार र शुक्रबार वार्ता भएको थियो ।
शिक्षा मन्त्रालयका अधिकारीले पनि तत्काल शिक्षा मन्त्रालय र मन्त्रlपरिषद्बाट निर्णय गर्न सकिने विषयमा कुराकानी भएको बताएको छ । ‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन् । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । प्रक्रियामा छौं । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनु पर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ’, मन्त्रालयका एक अधिकारिले भने ।
मन्त्रालयले गर्न सक्ने काम गरिदिए आफूहरू ऐन निर्माणका लागि मात्र दबाब दिने बताउछिन् पराजुली ।
‘मन्त्रालयले गर्न सक्ने कुरा गरिदिए बाँकी संसदले गर्ने कुरा त्यतातिर जोड गर्छौं । उपसमितिको छलफल अगाडि बढेको सुनेका छौं । हामीले चाहेको पनि त्यही हो। संसदको नियमित प्रक्रियाबाट हुन्छ कि के हुन्छ प्रक्रिया सुरुवात गरिदिएर टुंगो लगाए हामी किन सडकमा बसिरहन्छौं ?’ उनले भनिन् ।
ऐन जारी नभएसम्म आन्दोलन नरोकिने उनले स्पष्ट पारिन । ‘सरकारको कुरा आन्दोलन रोक्नुस भन्ने छ । ऐन जारी नभएसम्म सडकमै बस्छौं’, उनले भनिन् ।
सरकारसँग अर्को वार्ता तय नभएको उनले बताइन् । २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छ्न् ।
Facebook Comment
Banner
एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा आमनेसामने
नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।
लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।
त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन्
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login