Connect with us
Advertisement

कमल थापाले जिते दोस्रो एमेच्योर टेनिसको उपाधि

Published

on

दोस्रो एमेच्योर टेनिस प्रतियोगिताको सिंगल्स र डबल्स दुवैतर्फको उपाधि कमल थापाले जितेका छन् । मण्डिखाटारस्थित टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ६५ वर्ष उमेर समूहको सिंगल्स र डबल्स दुवै तर्फको उपाधि थापाले जितेका हुन् । उपाधि विजेता थापा राप्रपा नेपालका अध्यक्ष हुन् ।  सिंगल्सतर्फको फाइनल भिडन्तमा थापाले कर्मा घलेलाई पहिलो सेट ६-० र दोस्रो सेट पनि ६-० ले पराजित गरेका हुन् । यसैगरी, डबल्सतर्फको फाइनलमा थापा र छाम्बा ढुन्डुपको जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई पराजित गरेको हो ।

पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेको थापाको जोडीले दोस्रो सेटमा ६-३ को जित निकालेको हो । थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

Published

on

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।

३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।

त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।

नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

Continue Reading

Banner

रियल मड्रिडको पोस्टमा आर्सनलको ३ गोल

Published

on

यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको क्याटारफाइनलको पहिलो लेगमा आर्सनल ३-० ले विजयी भयो ।

यो जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले ३ गोल गरेको हो । खेलको ५८औँ र मिनेटमा गोल गर्दै आर्सनलका डेक्लान रइसले टिमलाई अग्रता दिलाएका थिए ।

उनले नै ७०औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ७५औँ मिनेटमा मिकेल मेरिनोले गोल गरेसँगै आर्सनल ३-० ले विजयी भयो ।

Continue Reading

Banner

ब्राजिलको पोष्टमा अर्जेन्टिनाको चार गोल

Published

on

फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको छ ।

बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जिउलियानो सिमीओनीले गोल गरे । ब्राजिलका लागि माथिउस कुन्हाले एक गोल फर्काए ।

अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जो फर्नान्डेजले १२औं मिनेटमा नाहुल मोलिनाको पासमा गोल गरी अग्रता दोब्बर पारे ।

कुन्हाले २६औं मिनेटमा गोल गर्दै ब्राजिलला२ खेलमा फर्काउने संकेत देखाएका थिए । तर म्याक एलिस्टरले ३७औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा अर्जेटिनाले एक गोल थप्यो । अर्जेन्टिनाका लागि सिमीओनीले ७४औं मिनेटमा गोल गरे ।

ब्राजिलमाथि जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ ।

समान खेलबाट २१ अंक रहेको ब्राजिल चौथो स्थानमा छ । १४ खेलबाटै २३ अंकसहित इक्वेडर दोस्रो र २१ अंक जोडेको उरुग्वे तेस्रो स्थानमा छ । यस्तै पाराग्वेको पनि समान २१ अंक छ र अंकतालिकामा पाँचौ स्थानमा छ । कोलम्बिया २० अंकसहित छैटौं स्थानमा छ । दक्षिण अमेरिकी छनोटबाट शीर्ष ६ स्थानमा रहने टोली सिधै विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहने टिमले अन्तरमहादेशिय प्लेअफ खेल्नेछ ।

छनोट अन्तर्गत उरुग्वे र बोलिभिया तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका थिए । यस्तै कोलम्बिया र पाराग्वेले २-२ को बराबरी खेल्दा भेनेजुएलालेल पेरुलाई १-० ले हरायो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक