Banner
प्रचण्डसँगै सडकमा पूर्वउपराष्ट्रपति पुन, अघिपछि पूर्वछापामार
३ वैशाख, गैंडाकोट । लाइनमा उभिएका छन्, माओवादीका पूर्व लडाकुहरू । कसको जिम्मेवारी के, कहाँनेर कसले नेतृत्व गर्ने ? निर्देशन दिइरहेका छन्, पूर्वब्रिगेड कमाण्डर टुकबहादुर थापा (अर्जुन) ।
‘सुप्रिमो र लालसेना प्रमुख आउँदा सुरक्षामा कुनै पनि कमी नहोस्,’ अर्जुनले निर्देशन र व्यवस्थापनको जिम्मेवारी सम्झाइरहेका थिए । नयाँ वर्षको दिन नवलपुरको गैंडाकोट–५ ओम शान्ति चोकमा देखिएको दृश्य हो यो ।
पार्टीको जागरण अभियानका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा पार्टी पदाधिकारी आउँदै थिए । अभियानमा पूर्वउपराष्ट्रपतिबाट पार्टी उपाध्यक्ष बनेर राजनीतिमा फर्किएका तत्कालीन जनमुक्ति सेना प्रमुख नन्दबहादुर पुन (पासाङ) पनि औपचारिक रूपमा जोडिएका थिए ।
देशकै दोस्रो वरियताको सम्मानित पद उपराष्ट्रपतिको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा आउन चाहेका पासाङ पार्टीको जिम्मेवारी पाएपछि पुनः ‘जनतासँग जोडिन’ सडकमा आउँदै थिए । पूर्वउपराष्ट्रपति पासाङपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि राजनीतिमा फर्किने संकेत गरिरहेकी छन् । यसलाई कतिपयले आलोचना गरे पनि पासाङ भने गलत रूपमा व्याख्या गरिएको बताउँछन् ।
उनीहरूको सुरक्षाका निम्ति पूर्वजनमुक्ति सेना यसरी तयार हुँदै थिए, मानौं सशस्त्र संघर्षमा कुनै युद्धको तयारी हुँदैछ । तर, त्यो तयारी जनतासँग जोडिनका निम्ति माओवादीले गरिरहेको हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको थियो ।
शान्ति प्रक्रियापछि लगातार सत्तामा रहेको माओवादी अहिले कांग्रेस–एमाले मिलेपछि प्रतिपक्षमा पुगेको छ र जनतासँग सम्बन्ध सुधार्ने प्रयासमा पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किएको छ । लगातार सत्तामा माओवादी जनताको घरदैलोमा फर्किंदा देशको दोस्रो सर्वोच्च पदमा पुगेका पासाङ पनि सक्रिय हुँदै सडक निस्किदा रोचक दृश्य देखिएका छन् ।
गत चैत ८ गते चितवनमा रोकिएको अभियान नयाँ वर्षकै दिन गैंडाकोटबाट सुरु हुँदा ‘पूर्व जनमुक्ति सेना’को पोशाक लगाएरै अध्यक्ष प्रचण्ड र तत्कालीन माओवादी सेना प्रमुख पासाङको स्वागत तथा सुरक्षामा ‘लालसेना’ तैनाथ थिए ।
जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डर अर्जुनको नेतृत्वमा नवलपुरमा संगठित पूर्वजनमुक्ति सेनाले व्यवस्थापन सम्हालेको थियो । सुरक्षामा पनि सघाएको थियो ।

प्रचण्ड, पासाङ, पूर्व सभामुखसमेत रहेका अर्का उपाध्यक्ष अग्नि सापकोटा, पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), महेश्वर गहतराज सहितका नेतालाई सुरक्षा घेराभित्र राख्ने, पार्टी निर्देशनअनुसार भेट्ने दिने/नदिने, उनीहरूको खाने/बस्नेलगायतको काम पूर्वजनमुक्ति सेनाका सदस्यहरूले सम्हालेको छन् । आफ्नो पूर्वकमाण्डर पासाङ सडकमा आउँदा पूर्व लडाकु सेना पनि उत्साही देखिन्थे ।
सडकमा उत्रिएका पूर्वजनमुक्ति सेनालाई अघिपछि लगाएर ‘सुप्रिमो’सँग काँध जोडेर पूर्वउपराष्ट्रपति पासाङले गैंडाकोडबाट राजनीतिक अवतार प्रस्तुत गरे । गैंडाकोटबाटै उनले सन्देश दिएका छन्, ‘लोकतान्त्रिक गणतन्त्रमात्र नेपाली जनताको चाहना होइन, यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरित गर्नुछ । अहिले गणतन्त्रकै रक्षाका लागि सडकमा आउनुपर्यो ।’
उपराष्ट्रपतिको कार्यकाल सकिएसँगै सक्रिय राजनीतिको चाह राखेका पासाङले चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकबाट मात्र उपाध्यक्षको जिम्मेवारी पाएका थिए । उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
जिम्मेवारी पाएपछि नयाँ वर्षसँगै पश्चिम ताकेर प्रचण्डसँगै जागरण अभियानमा निस्किएका छन् पासाङ, जहाँ उनले युद्धकालमा थुप्रै आक्रमण र युद्ध जितेका थिए । अहिले तिनै पूर्व लडाकुलाई अगाडि–पछाडि लगाएर पासाङ राजनीतिक नेताका रूपमा सडकमा उत्रिएका छन् ।
आफ्नो विश्वासपात्र पासाङलाई उत्तराधिकारीको सूचीमा थपेर प्रचण्ड पनि उत्साहका साथ जागरण अभियानमा निस्किएका छन् । पासाङलाई राजनीतिमा फर्काएर प्रचण्डले रोल्पा, रुकुमजस्ता सशस्त्र संघर्षका थातथलोलाई जोगाइराख्ने रणनीतिमा छन् ।
माओवादी उर्बर भूमि मानिने त्यस क्षेत्रमा पासाङको सक्रियताले पकड अझ बलियो बनाउने विश्वास प्रचण्डको छ भने पार्टी नेतृत्वमा पनि अब स्वाभाविक हिसाबले अर्को दाबेदारको नाम प्रचण्डले थपेका छन् ।
पासाङ पूर्व शिक्षक हुन् । माओवादीले सशस्त्र संघर्ष थालेपछि उनी पूर्णकालीन भएका थिए । अत्याधुनिक हतियार बनाउने प्राविधिक ज्ञान र कौशल पासाङसँग रहेको र त्योबेला अरुलाई तुरुन्तै प्रभावित पार्न सक्ने क्षमता पनि उनमा रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

राजनीतिमा फर्किंदा छिन्नभिन्न बनेको पूर्वमाओवादी घटकसँगै विभाजित पूर्वलडाकुहरूलाई पनि सक्रिय राजनीतिमा ल्याउन सकिने विश्वास स्वयं पासाङकै पनि छ । ‘हिजो माओवादी आन्दोलन र संघर्षप्रति जुन खालको विश्वास र समर्पण थियो, गणतन्त्र रक्षाका निम्ति फेरि एकपटक जाग्ने छ,’ पासाङ भन्छन् ।
अभियानकै क्रममा सोमबार र मंगलबार प्रचण्ड, पासाङसहितका नेताहरूले पूर्वलडाकुहरूसँग पनि भेट गरेका छन् । मंगलबार कावासोतीमा भएको भेटघाटका क्रममा पासाङले अब फेरि एक पटक समाजवादी गणतन्त्रका निम्ति उठ्नुपर्ने बेला आएको बताएका थिए ।
पूर्वमाओवादी घटकलाई पनि एक ठाउँमा ल्याउने र त्यसको तयारी समाजवादी मोर्चा हुँदै संगठित हुनेगरी भइरहेको प्रचण्डको भनाइ थियो । उनले पूर्वजनमुक्ति सेनाकै कारण यो व्यवस्था आएको बताउँदै त्यसको रक्षाका निम्ति एक भएर लाग्न आह्वान गरे ।
नवलपुर यस्तो जिल्ला हो, जहाँ अहिले पनि ३ सयभन्दा बढी पूर्वजनमुक्ति सेना छन् । त्यहीँ अरुणखोलामा पूर्वलडाकुलाई क्याम्पमा राखिएको थियो ।
झ्याल्टुङ डाँडामा ४ नम्बर डिभिजन कार्यालय र हात्तिखोरमा बिग्रेड कार्यालय थियो । त्यहीँका बिग्रेड कमाण्डर रहेका अर्जुन आफ्ना पूर्व कमाण्डर पासाङ राजनीतिमा फर्किंदा पूर्वजनमुक्ति सेनामा उत्साह बढेको बताउँछन् ।
‘गणतन्त्र ल्याएको जनमुक्ति सेनाको इतिहास कसैले मेटेर मेटिँदैन । हामीलाई गर्व छ, ती दिन सम्झिएर,’ पूर्व जनमुक्ति सेना नेपाल ४ नम्बर डिभिजनको नेतृत्व सम्हालिरहेका थापा भन्छन्, ‘सुप्रिमो र सेनाप्रमुखको सुरक्षा गर्नु हाम्रो पनि दायित्व हो । सुप्रिमो कमाण्डर आउँदा हामीले नेतृत्व गर्नुपर्छ, अहिले गणतन्त्रमाथि प्रहार भएका बेला झनै हाम्रो दायित्व छ भनेर निस्किएका हौं ।’

जागरण अभियानका क्रममा गैंडाकोटमा ‘मर्निङ वाक’ गरेका पासाङको रफ्तार प्रचण्डको भन्दा तीव्र थियो । यस्तो देखिन्थ्यो, उपराष्ट्रपति हुँदा हिँड्न नपाएको मौका उनले अब पूरा गर्दैछन् । पूर्वजनमुक्ति सेना र नेताहरूसँग उनी जिस्किँदै, हाँस्दै हिँडिरहेका थिए ।
दुई दिनसम्म नवलपुरमा भएका कार्यक्रममा औपचारिक रूपमा मञ्चमा उभिएर नबोले पनि पासाङको सक्रियताले भने धेरै कुरा बोलिरहेको थियो ।
मर्निङवाककै क्रममा अनलाइनखबरसँग कुराकानी गर्दै पासाङले भने, ‘लोकतान्त्रिक गणतन्त्र हाम्रो अन्तिम लक्ष्य होइन, यसमा जे जति सरकारी मूल्य, मान्यता पद–प्रतिष्ठा हुन्छ, त्यो आफ्नो ठाउँमा छ तर मुख्य कुरा समाजवादी अभिभारा पूरा गर्नु हो । अनावश्यक तर्क, टीकाटिप्पणी गर्न जरुरी नै छैन । सबै समाजवादी यात्रामा लम्किने हो ।’
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login