Connect with us
Advertisement

राजतन्त्रबारे रास्वपा नेतृत्वको धारणा खोज्दै नेता-कार्यकर्ता

Published

on

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता/कार्यकर्ताहरूले राजतन्त्रलाई हेर्ने पार्टीको स्पष्ट दृष्टिकोण खोज्न थालेका छन् ।

पछिल्लो समय राजावादीहरूले आफ्ना गतिविधि अगाडि बढाइरहेको समयमा पनि रास्वपा नेताहरूले गोलमटोल जवाफ दिइरहेको भन्दै नेता/कार्यकर्ताले नेताबाट वैचारिक प्रष्टतासहित धारणा सार्वजनिक गर्नुपर्ने बताउन थालेका हुन् ।

राजतन्त्रको पक्ष-विपक्षमा आन्दोलन चलिरहेका बेला मुलुकको एउटा प्रमुख राजनीतिक शक्तिले प्रष्ट मत राख्न नसक्दा जनतामा भ्रम पैदा भएको नेता-कार्यकर्ताको दुःखेसो छ ।

‘हामीले आन्तरिक रूपमा नेतृत्वलाई भनिरहेका छौं । हाम्रै कतिपय नेता/कार्यकर्ता राजतन्त्रको पक्षमा खुलिरहेका छन् । कतिपय नेता/कार्यकर्ता गणतन्त्रप्रति प्रतिबद्ध छौं भनिरहेका छन्’ रास्वपाका एक नेताले भने, ‘कि त राजतन्त्रको वकालत गर्नेलाई कारबाही गर्नुपर्‍यो । होइन भने हामीलाई अप्ठ्यारो भयो ।’

ती नेताका अनुसार जिल्ला अध्यक्ष, प्रदेश अध्यक्षहरूले नै सामाजिक सञ्जालमार्फत राजतन्त्रको पक्षमा आफ्ना धारणा राखिरहेका छन् । तर, पार्टीले त्यस्ता व्यक्तिउपर कुनै एक्सन लिएको छैन ।

रास्वपाको लुम्बिनी प्रदेश सभापतिले गरे राजसंस्थाको वकालत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले खुलेरै राजसंस्थाको वकालत गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले राजतन्त्रको विरासत छोरा वा छोरी जो भए पनि राजा वीरेन्द्रको वंशभित्र रहनुपर्ने तर्क गरेपछि रास्वपाभित्र तरंग पैदा भएको छ ।

हालै रास्वपाका उपसभापति डोलप्रसाद उपाध्यायलाई भेटेका एक नेता भन्छन्, ‘कि लुम्बिनी प्रदेश सभापति देवराज पाठकको अभिव्यक्ति ठीक हो कि गलत भन्नु पर्‍यो । नेतृत्व मौन बस्दा हामी कार्यकर्तालाई अप्ठ्यारो भयो ।’

उनका अनुसार उपसभापति अर्यालले यस विषयमा पार्टीभित्र छलफल गरिने आश्वासन दिएका छन् ।

१३ चैत २०८१ मा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गणतन्त्रबारे रास्वपाको नीति के हो भनेर सोधेका थिए ।

रास्वपाको मूल नेतृत्वले गणतन्त्र र राजतन्त्र बारे दोहोरो मापदण्डको नीति अवलम्बन गरेको आरोप पार्टीका नेता/कार्यकर्ताले नै लगाउन थालेका हुन् ।

‘पार्टीको स्पष्ट लाइन लोकतान्त्रिक गणतन्त्र’

तर, रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी भने शासन व्यवस्थाको सम्बन्धमा आफूहरूमा कुनै अलमल नरहेको बताउँछन्, ‘कही अलमल छैन । पार्टीको स्पष्ट लाइन लोकतान्त्रिक गणतन्त्र हो । यसमा कतै अलमल छैन,’ उनले भने ।

लुम्बिनी सभापति पाठकको स्ट्याटसको सन्दर्भमा भने उनी थप बोल्न मानेनन् । पाठकको स्टाटस आफूले नरहेको बताउँदै बुर्लाकोटीले भने, ‘हेरेपछि मात्र प्रतिक्रिया दिन सक्छु ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र नेतृ सोबिता गौतमले पनि गणतन्त्रको पक्षमा पार्टी प्रष्ट रहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका भेटिन्छन् ।

रास्वपाकी सांसद समेत रहेकी गौतम भन्छिन्, ‘रास्वपा गणतन्त्रप्रति प्रष्ट छ । कसैले शंका नगरे हुन्छ ।’

रास्वपाको नीतिबारे विपक्षी दललाई चासो

तथापि, रास्वपाको नीतिबारे विपक्षी दलहरूको बैठकमा समेत कुरा उठ्ने गरेको छ । त्यस्ता फोरममा रास्वपाका नेताहरूले जनकपुरको जलेश्वर बैठकबाटै पार्टीले आफ्नो नीति प्रष्ट गरिसकेको बताउने गरेका छन् ।

१३ चैत २०८१ मा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गणतन्त्रबारे रास्वपाको नीति के हो भनेर सोधेका थिए ।

उक्त बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू उपस्थित थिए ।

जवाफमा रास्वपाका नेताहरूले आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका थिए ।

उक्त बैठकमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी थिए ।

रास्वपा जलेश्वर बैठकबाट शासन व्यवस्थाबारे धारणा सार्वजनिक गरेको भन्दै वाग्लेले ‘आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध रहेको र यसमा कसैले शंका गर्नुपर्ने कारण नरहेको’ बताएका थिए ।

त्यसदिन अर्का उपसभापति अर्यालले पनि गणतन्त्रको विकल्प नरहेको बताएका थिए । शासन सञ्चालनमा रहेका पात्रका सम्बन्धमा प्रश्न गर्नु व्यवस्थाको विरोध गर्नु नरहेको भन्दै अर्यालले आफूहरू गणतन्त्रप्रति प्रतिबद्ध र प्रष्ट रहेको बताएका थिए । तर, रास्वपाले यही सन्देश कार्यकर्तासम्म प्रवाह गरेको छैन ।

‘प्रचण्ड भेट्दा गणतन्त्रप्रति प्रतिबद्ध भन्ने, प्रदेश सभापतिले राजतन्त्रको वकालत गर्दा मौन बस्ने । यस्तो ‘डबल स्टान्डर्ड’ नीतिले हामीलाई गाह्रो भयो’ रास्वपाको एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग गुनासो गरे ।

उनका अनुसार पार्टीले आफ्नो वैचारिक प्रष्टता गरिदिए पार्टीमा निरन्तर रहने वा नरहने भन्ने निर्णय लिन सहज हुनेछ । वैकल्पिक राजनीतिमा जोडिऔं भनेर रास्वपामा जोडिनेहरू वैचारिक अस्पष्टताले अलमलमा रहेका छन् ।

अनौपचारिक संवादमा रास्वपाका मूल नेतृत्वले राजतन्त्र या गणतन्त्रबारे प्रष्ट भन्ने नीति नरहेको बताउने गरेका छन् ।

‘शासन व्यवस्था आफैंमा राम्रो या नराम्रो भन्ने हुँदैन, राजनीतिक पात्रको प्रवृत्तिलाई व्यवस्थासँग जोडेर हेर्न हुँदैन, रास्वपा आफैंमा स्थापित हुँदै गएको पार्टी हो’ एक शीर्ष नेताको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘यसको आफ्नै विचार र सिद्धान्त बन्दैछ । यसकारण स्थापित व्यवस्थाका सम्बन्धी कतिपय कुरामा रास्वपाबारे जनता गुमराहमा रहेकै राम्रो ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक