Connect with us
Advertisement

निजामती सेवा ऐनमा माग सम्बोधन नभए काम रोक्ने राजपत्र अनंकित कर्मचारीको चेतावनी

Published

on

१० वैशाख, काठमाडौं । राजपत्र अनंकित कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभई निजामती सेवा विधेयक संसदीय समितिबाट पास गरेमा सेवा प्रवाह रोक्ने चेतावनी दिएका छन् । राज्य व्यवस्था समितिबाट आज विधेयक पास गर्ने तयारी भइरहेका बेला उनीहरुले सो चेतावनी दिएका हुन् ।

१२ वैशाख २०८२ देखि माग-पत्र टाँसेर काम गर्ने र माग सुनुवाइ नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने राजपत्र अनंकित संरक्षण अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१८/२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने बाध्यता, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा समेत विभेद, समायोजनबाट सिर्जित समस्या, अन्तरप्रदेश सरुवाको अभाव/अपारदर्शी सरुवा प्रणाली तथा न्यून सेवा सुविधालगायतका कारण कर्मचारीहरूको मनोबल कमजोर भएको भन्दै विज्ञप्तिमा यी समस्याको समाधान हुनेगरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ ।

तीनै तहका कर्मचारीका विभिन्न माग राखी आन्दोलन गर्दै आएको राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले विचाराधीन संघीय निजामती सेवा विधेयकमा पाँच वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने माग गरेको छ।

‘सबै तहमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम गरी अन्य पदमा रहेको साविक निजामती सेवा ऐन, २०४९ बमोजिम पदपूर्तिको व्यवस्था कायम गर्दै रा.प. तृतीय श्रेणीको पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतियोगिताबाट १० प्रतिशत कायम गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपसचिव/सहसचिवको प्रतिस्पर्धाका लागि साविकको व्यवस्थाबमोजिम क्रमश ५ वर्ष/७ वर्ष सेवा अवधि कायम गर्नुपर्ने र खुलातर्फको विज्ञापनमा तोकिएको शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) लागू गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई ‘निजामती कर्मचारी’ को परिभाषामा समेट्नुपर्ने माग पनि कर्मचारीहरूको छ ।

यस्तै समायोजन पुनरावलोकन तथा समायोजित कर्मचारीको प्रदेश र स्थानीय कानुनले प्रदान गरेका पेन्सनसमेतका सेवा-सुविधालाई मान्यता दिनुपर्ने, प्राविधिक कर्मचारीको शैक्षिक योग्यतासम्बनधी समस्या समाधान गर्नुपर्ने, श्रेणीविहीन पदमा तह संख्या थप गरी तहवृद्धि गर्नुपर्ने, करारका कर्मचारीलाई समूचित व्यवस्थापन एवं आवश्यक सेवा सुविधाको व्यवस्था गर्नुपर्ने र क्षतिपूर्तिसहितको नागरिक सेवाको सुनिश्चतता गर्नुपर्नेलगायतका विषय समेट्नु पर्ने उनीहरूको माग छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

Published

on

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ ।

Continue Reading

Banner

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

Published

on

२०८३ साल वैशाख १६ गते बुधबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि । अन्तर्राष्ट्रिय नृत्य दिवस । तदनुसार सन् २०२६ अप्रिल २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : स्वास्थ्यमा विशेष ख्याल गर्नु उचित हुनेछ । आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट :दिन सामान्य छ । सानो कुराले मनमा तनाव बढ्नेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। आज व्यापारमा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । आज धन आर्जन हुनेछ । शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन् । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ । धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन् ।

कन्या : दिन राम्रो छ । नयाँ कामको थालनी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।

तुला :अनावश्यक विषयमा साथीले चासो राख्नेछन्। व्यापारमा शत्रु बढ्नेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानी सफल बन्नेछ । विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ ।

धनु : दिन राम्रो छ । आज शुभकार्यमा सरिक हुँदा मनमा उत्साह बढ्नेछ । आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ ।

मकर : दिन सहज छ । धन लाभ हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । व्यापारमा साथीकाे साथ मिल्नेछ ।

कुम्भ : साथीसँग जोगिएर काम गर्नुपर्ने समय छ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ ।

मीन : महत्त्वपूर्ण काम बन्नेछन् । काम गर्दा सामूहिक रुपमा गर्नु उचित हुनेछ । शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ । सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

Continue Reading

Banner

महिला टी-२० च्यालेन्ज कपमा रुवान्डामाथि नेपालको सानदार जित

Published

on

रुवान्डामा जारी आइसिसी महिला टी-२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ ।

रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित पाँच टोली सहभागी प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।

नेपालले यसअघिका पाँच खेलमा दुई जित र तीन हार खेपेको थियो । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक