Banner
सरकारका नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाब दिने माओवादीको निर्णय
११ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाब दिने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
साथै शिक्षकका माग सम्बोधनका लागि पहल गर्न प्रतिपक्षी दलहरुसँग सहकार्य गर्ने, शिक्षा ऐन र संघीय निजामती सेवा ऐन जारी गरी संघीयता कार्यान्वयनमा पहलकदमी लिने लगायतका निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
साथै जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटनाको भर्त्सना गर्ने, वैशाख १२ को भूकम्पको स्मरणमा गोरखाको बारपाकमा हुने कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने र तराई मधेश जागर अभियान वैशाख १७ गते समापनन गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।
यी निर्णयको जानकारी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।
पाण्डेका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे सांसदहरुलाई जानकारी दिँदै माओवादी केन्द्रले खेल्नुपर्ने भूमिकाबारे निर्देशनात्मक मन्तव्य राखेका थिए ।
त्यसक्रममा प्रचण्डले सरकार शिक्षकका मागप्रति संवेदनशील नभएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष सुनाएका थिए । शिक्षामन्त्री फेरबदलले पनि त्यसलाई पुष्टि गरेको भन्दै प्रचण्डले शिक्षकका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन सडक र सदनबाट भूमिका खेल्नुपर्ने बताएका थिए ।
‘शिक्षकका समस्या हल गर्नका लागि अरु प्रतिपक्ष दलहरुसँग पनि सहकार्य, छलफल र सम्वाद गरेर एउटा निचोडमा लैजाने भन्ने भएको छ,’ प्रमुख सचेतक पाण्डेले पत्रकार सम्मेलनमा भने, ‘सदन, सरकार र सडकबाट जनताका माग सम्बोधनका लागि पहल गर्ने भन्ने भएको छ ।’
बैठकको सुरुमा गोपीबहादुर अछामीले राष्ट्रिय सभाका र हितराज पाण्डेले प्रतिनिधि सभामा भएका काम र गर्न बाँकी कामबारे जानकारी गराएका थिए ।
Facebook Comment
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
Banner
रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।
रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।
Banner
नोबेलमा आधुनिक छाला उपचार सेवा
नोबेलमा आधुनिक छाला उपचार सेवा
नोबेल अस्पतालमा अत्याधुनिक प्रविधिद्वारा छाला तथा सौन्दर्य उपचार
विराटनगरस्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । एउटा कन्भेन्सनल र अर्को कस्मेटिक डर्माटोलोजी । नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा उपलब्ध छन् । कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो । यसअन्तर्गत एलर्जी, छालामा आउने ¥यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।
त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ । यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने गर्दछन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्छ । यहाँ ती रोगको पहिचान गरेर उपचार गरिन्छ ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ । धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन, आवश्यकता अनुसार पटक–पटक गर्नुपर्ने हुन्छ । यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ । साथै अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध छ । टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ । त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गरिन्छ । कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि यहाँ विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधान बताउँछन् । साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गरिन्छ । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ ।
नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानको भनाइ छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login