Connect with us
Advertisement

हिन्दुकुश हिमालयमा लगातार तेस्रो वर्ष कम हिउँ, दुई अर्ब मानिस संकटमा पर्ने चेतावनी

Published

on

१२ वैशाख, काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ कमीको प्रवृत्ति लगातार तेस्रो वर्षसम्म जारी रहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको सन् २०२५ को अध्यावधिक हिउँ रिपोर्टमा हिन्दुकुश हिमालयमा पछिल्ला २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेको उल्लेख छ ।

हिन्दुकुश पर्वत शृंखला अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ । आर्कटिक र अन्टार्कटिका महादेशपछि यही क्षेत्रमा सबैभन्दा ठूलो हिउँ र हिमनदीको भण्डार छ ।

यिनै जलाशयहरू करिब दुई अर्ब मानिसका लागि ताजा पानीको मुख्य स्रोत हुन् । तर हिउँको मात्रा घट्ने र छिटो पग्लिने दर बढ्दै गएकाले हिमालको हिउँको पानीमा निर्भर करिब दुई अर्ब मानिस ऊर्जा, खानेपानी र खाद्यसुरक्षाको संकटमा पर्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

इसिमोडले भनेको छ, ‘२०२५ को हिउँ अपडेट रिपोर्टअनुसार, हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रमा लगातार तेस्रो पटक सामान्यभन्दा कम हिउँ परेको छ । यस वर्ष हिउँको स्थायित्व अर्थात् हिमपातपछिको अवधिमा जमेको हिउँ जमिरहने अनुपात विगत २० वर्षको कीर्तिमानी न्यूनतम स्तर माइनस २३.६ प्रतिशतमा झरेको छ । यो स्थिति हिन्दुकुश हिमालयबाट उद्गम हुने १२ ठूला नदी बेसिनहरूमा निर्भर लगभग दुई अर्ब मानिसहरूको पानी सुरक्षाका लागि गम्भीर चिन्ताको विषय हो ।’

इसिमोडका रिमोट सेन्सिङ विशेषज्ञ तथा २०२५ को हिउँ अध्यावधिक रिपोर्टका प्रमुख विज्ञ शेर मोहम्मद भन्छन्, ‘हामीले यस्तो हिउँ अभाव तीन वर्षदेखि लगातार देखिरहेका छौं । यो निकै चिन्ताजनक अवस्था हो । त्यसैले प्रत्येक देशले आफ्ना नदी बेसिनहरूको विशेषता अनुसार अलग नीति बनाउनु आवश्यक छ, विशेषगरी ती क्षेत्रहरू जहाँ मौसमी हिउँ नै पानीको प्रमुख स्रोत हो ।’

नेपालसहित यी देशहरूमा पर्न सक्छ असर

हिमालय क्षेत्रमा हिउँ कमीको असर नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान र म्यानमारसम्म पर्नसक्ने इसिमोडका विज्ञहरूले चेतावनी दिएका छन् ।

यी देशहरु अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का सदस्यहरु हुन् । इसिमोडले यस क्षेत्रका १२ प्रमुख नदी प्रणालीमा निर्भर देशहरूलाई जल व्यवस्थापन, खडेरीको तयारी, पूर्वचेतावनी प्रणाली सुधार गर्न तथा क्षेत्रीय सहकार्य बढाउन आह्वान गरेको छ । ताकि कृषि, जलविद्युत् क्षेत्र तथा पर्यावरणमा पर्ने अन्य असरहरू न्यूनीकरण गर्न सकियोस् ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनका अनुसार, एशिया जलवायु सम्बन्धी प्रकोपहरूबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । संगठनले सन् २०२५ वर्षको मार्चमा प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख गरेअनुसार, पछिल्ला ६ वर्षमध्ये ५ वर्ष यस्तो थियो, जसमा हिमनदीमा सबैभन्दा तीव्र गिरावट देखिएको थियो । यो अवस्था वातावरणीय स्थायित्व र मानव जीवनका लागि बढ्दो चुनौतीको संकेत हो ।

इसिमोडको सन् २०२५ को हिउँ अध्यावधिक रिपोर्ट अनुसार सबैभन्दा धेरै हिउँ स्थायित्वमा गिरावट मेकोङ्ग नदीमा निम्न नदी बेसिनमा देखिएको छ । मेकोङ्ग बेसिनमा ५१.९ प्रतिशतले हिउँ स्थायित्व घटेको छ ।

यसैगरी सलविनमा माइनस ४८.३ प्रतिशत, तिब्बती पठारमा माइनस २९.१ प्रतिशत, ब्रह्मपुत्रमा माइनस २७.९ प्रतिशत, याङ्त्सेमा माइनस २६.३ प्रतिशत र गंगा नदी बेसिनमा माइसन २४.१ प्रतिशतले हिउँको स्थायीत्व घटेको छ ।

औसतमा, यी प्रमुख नदीहरूमा मौसमी हिउँ पग्लिएर आएको पानीले वार्षिक नदी प्रवाहको लगभग एकचौथाइ हिस्सा पुर्‍याउँछ, जसको अनुपात पूर्वी बेसिनहरूभन्दा पश्चिमतिर बढ्दै जान्छ । यद्यपि बेसिनअनुसार मौसमी हिउँपानीमा निर्भरता फरक भए पनि समग्रमा लगातार हिउँको अभावले नदीमा जलप्रवाह घटाउँछ र गर्मी सुरु हुनासाथ चर्को गर्मीको मार खेपिरहेका तल्लो तटीय क्षेत्रका बासिन्दाहरू पानीको संकटमा पनि पर्न थाल्छन् ।

इसिमोडको प्रतिवेदनमा लेखिएको छ, ‘पश्चिमी नदी बेसिनहरूमा यस वर्षको हिउँ स्थायित्वको अभाव अघिल्लो वर्षभन्दा कम देखिए तापनि त्यो पानीको संकटबाट राहत हुने संकेत भने होइन । ती क्षेत्रमा मौसमी हिउँपानी अत्यन्तै महत्वपूर्ण छ । त्यसैले निरन्तर कम हिमपात र पग्लिने दरको गिरावटले पानीको उपलब्धता झनै गम्भीर बनाउँछ ।’

‘अर्कोतर्फ, पूर्वी नदी बेसिनहरू, जसमा गत वर्ष हिउँको स्थायित्व सामान्य थियो, यस वर्ष ५० प्रतिशतसम्म कमी देखिएको छ । यद्यपि यी नदीहरूमा मौसमी हिउँको योगदान तुलनात्मक रुपमा कम (झण्डै १५प्रतिशत) भए पनि हिउँको स्थायित्वमा आएको गिरावटले तल्लो भेगका बासिन्दा, विशेषतः हिमाली क्षेत्र र तिब्बती पठारमा प्रभाव पार्न सक्छ, जहाँ हिउँको अवस्था पहिलेबाटै अस्थिर रहँदै आएको छ ।’

२००३ देखि २०२५ सम्मको २३ वर्षे समयावधिमा नोभेम्बरदेखि मार्चसम्मको हिउँ स्थायित्वको अध्ययनमा लगातार कमी र वर्षैपिच्छे तीव्र उतारचढाव देखिएको इसिमोडले उल्लेख गरेको छ ।

यस्तो छ प्रमुख नदी बेसिनहरुको अवस्था

विशेष गरी पछिल्ला पाँच वर्षमा हिन्दुकुश हिमालयबाट उत्पन्न हुने प्रमुख नदी बेसिनहरूको अवस्था यस्तो छ –

मेकोंग नदी : सन् २०१९ मा प्लस ८०.३प्रतिशतबाट सन् २०२५ मा माइनस ५१.९ प्रतिशत गिरावट ।

सलविन नदी : २०२० मा प्लस ४१.९ प्रतिशतबाट सन् २०२५ मा माइनस ४८.३ प्रतिशत गिरावट ।

यलो रिभर : सन् २००८ मा प्लस ९८.२ प्रतिशतबाट २०२३ मा माइनस ५४.१ प्रतिशतमा झरेको थियो । सन् २०२५ मा भने माइनस १८.६ प्रतिशत घटेको ।

ब्रह्मपुत्र नदी : सन् २०१९ मा प्लस २७.७ प्रतिशतबाट सन् २०२५ मा माइनस २७.९ प्रतिशत घटेको ।

तिब्बती पठार : सन् २०२२ मा प्लस ९२.४ प्रतिशतबाट सन् २०२५ मा माइनस २९.१ प्रतिशत घटेको ।

याङत्से नदी : सन् २०२५ मा –२६.३ प्रतिशत घटेको ।

गङ्गा नदी : सन् २०१५ मा प्लस ३०.२ प्रतिशतबाट सन् २०२५ मा माइनस २४.१ प्रतिशत (२३ वर्षकै कम) ।

टारिम बेसिन : सन् २००६ मा प्लस २८.७ प्रतिशतबाट सन् २०२४ मा माइनस २६.९प्रतिशत । सन् २०२५ मा माइनस ४ प्रतिशत कायम ।

सिन्धु नदी : सन् २०२० मा प्लस १९.५ प्रतिशतबाट सन् २०२४ मा माइनस २४.५प्रतिशत । सन् २०२५ मा माइनस १६प्रतिशत कायम ।

हेलमन्द नदी : सन् २०१८ मा माइसन ४५.०प्रतिशतबाट सन् २०२० मा प्लस ४९.२ प्रतिशत । सन् २०२५ मा माइनस १५.२ प्रतिशत ।

अमू दरिया: सन् २००८ मा प्लस ४०.४ प्रतिशतबाट सन् २०२४ मा माइनस ३१.९ प्रतिशत । सन् २०२५ मा माइनस १८.८ प्रतिशत

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक