Banner
उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रसारणलाइन धमाधम
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी क्षमताको प्रसारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले थासाङ–२ को कोवाङसम्म केन्द्रीय प्रसारणलाइनअन्तर्गत ३३ केभी प्रसारणलाइनको पहुँच पुर्याएको छ । अब यसलाई जिल्लाभरि केन्द्रीय प्रसारणलाइनमा जोड्ने गरी योजना अघि बढाइएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापदण्डअनुसार एक सबस्टेसनबाट अर्को सबस्टेसनसम्म विद्युत् प्रसारण गर्दा ५० किलोमिटरभन्दा बढी दूरी हुन नहुने मान्यता छ । तर कोवाङदेखि कोरलानाका करिब १५० किलोमिटर दूरीमा सिधै ११ केभीको प्रसारणलाइन सञ्चालन हुँदै आएको छ ।
यसै कारण मुस्ताङमा पटक–पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती देखिँदै आएको छ । ११ केभी क्षमताको प्रसारणलाइन मात्रै रहेकाले कुनै एक स्थानमा समस्या आए पूरै जिल्लाको आपूर्ति बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।
विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र प्रभावकारी बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का सम्झौता गरेको हो । कोवाङदेखि चैलेसम्म र चैलेदेखि चराङसम्म दुई सेसनमा सबस्टेसन निर्माण गरेर ३३ केभी प्रसारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको हो ।
प्याराडाइज हुलास जेकेबी जेभीले पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पीसीसी खन्ने कामसहित करिब ९५ प्रतिशत पोल गाड्ने काम सकिएको जनाएको छ ।
इन्जिनियर मण्डलका अनुसार, “अहिले जोमसोम र ठिनीलगायतका केही स्थानमा तार तान्ने काम भइरहेको छ । उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल भएकाले अर्को टोली खटाउने तयारीमा छौँ ।”
चराङसम्म ३३ केभी प्रसारणलाइनको काम सकिएलगत्तै परीक्षणस्वरूप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गरिने योजना छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड–१ चराङमा गरी दुई वटा सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान एक वर्षअघि नै गरिसकेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिएका छन् ।
सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसमेत भइसकेको अध्यक्ष विष्टले बताएका छन् ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login