Connect with us
Advertisement

डिजिटल युगलाई झस्काउने स्पेनको त्यो ऐतिहासिक ‘ब्ल्याकआउट’

Published

on

सन् २०२५ अप्रिल २८ । यो दिन म कहिल्यै बिर्सन सक्दिनँ । स्पेनको पर्यटकीय सहर बार्सिलोना, दिउँसोको १२:३२ बजेको थियो । म रेस्टुरेन्टमा काममा व्यस्त थिएँ । एक्कासी बत्ती गयो । सुरुमा मलाई सामान्य लाग्यो, सायद कुनै स्थानीय समस्या हो । केही मिनेटमा फर्किएला भन्ने सोचें । तर, बत्ती फर्किएन । त्यसपछि मोबाइल सञ्जाल पनि गुम्न थाल्यो । हामी केही बुझ्न नसकेर अलमलमा पर्‍यौं ।

बत्ती गएको केही सेकेन्डमै स्पेनको ऊर्जा प्रणाली युरोपेली ग्रिडबाट छुट्टियो । विद्युत् सेवा प्रदायक ‘रेड इलेक्ट्रिका दे एस्पान्या’का अनुसार, एकैचोटि १५ हजार मेगावाट ऊर्जा उत्पादन बन्द भयो । विकसित देशको रुपमा चिनिने स्पेन दिउँसै अँध्यारोमा डुब्यो । यो सामान्य प्रविधिगत गडबडी थिएन । देशको ६० प्रतिशतभन्दा बढी विद्युत् आपूर्ति ठप्प भयो- म्याड्रिडदेखि गालिसिया, बार्सिलोनादेखि अन्डालुसियासम्म।

त्यो दिन आँधी आएन, न ठूलो मानवीय गल्ती भयो । तर, प्रणाली ढल्यो । डिजिटल पूर्वाधारमा पूर्ण निर्भर मुलुक स्तब्ध बन्यो । मोबाइल सञ्जाल, इन्टरनेट, बैंकका एटिएम, पसलका कार्ड मेसिन, ट्राफिक बत्ती, मेट्रो र रेल-सबै प्रणाली बन्द भए ।

पर्यटकहरूसँग नगद थिएन, कार्ड मात्र थियो। हाम्रो रेस्टुरेन्टमा पनि यस्तै भयो । सेवा बीचमै रोकिन सक्दैनथ्यो तर कार्ड मेसिन काम नगरेपछि कतिले पैसा तिर्न नसकी निस्किए, कतिले उधारोमा खाए । मलाई लाग्यो- बत्ती जानु यहाँ सेवा नै जानुजस्तै हो ।

एक विदेशी महिला पर्यटक हात जोड्दै पानी मागिरहेकी थिइन् । मोबाइल चल्दैनथ्यो, होटल फिर्ता जान सक्ने उपाय थिएन । उनले भनिन्, ‘मसँग पैसा छैन, फोन चल्दैन, कृपया पानी दिनुहोस् ।’ त्यो मानवताको क्षण थियो, जुन दृश्यले भित्रसम्म छोयो ।

स्पेनको त्यो ऐतिहासिक ब्ल्याकआउटले याद गरायो- जब बिजुली जान्छ, डिजिटल सेवा पनि जान्छ । अनि बाँकी रहन्छ- नगद र मानवता

हामी एक यस्तो युगतिर अघि बढिरहेका छौं, जहाँ ‘कार्ड’ र ‘मोबाइल पे’ नै मुख्य भुक्तानी माध्यम बन्न थालेका छन् । नगद बोक्नु पुरानो शैली जस्तो लाग्न थालिसकेको छ। तर, स्पेनको त्यो ऐतिहासिक ब्ल्याकआउटले याद गरायो- जब बिजुली जान्छ, डिजिटल सेवा पनि जान्छ । अनि बाँकी रहन्छ नगद र मानवता।

स्पेनका प्रमुख सहरहरूमा मेट्रो ठप्प भए । भूमिगत सुरुङमा सयौं मानिसहरू अड्किए, घन्टौं कुर्नुपर्‍यो । अस्पतालका आकस्मिक सेवा जेनरेटरमा सरे । अनलाइन सेवा बन्द भएपछि एयरबीएनबी बुकिङ गरेका पर्यटकहरू अलपत्र परे । बालबालिका च्यापेर आएका उनीहरू न त ढोका डोरबेल बजाउन सके, न होस्टसँग सम्पर्क गर्न ।

लिफ्ट बन्द हुँदा वृद्ध र बालबालिकासहितको यात्रा दुःखद बन्यो । शहरका अपार्टमेन्टहरू जेलजस्तै बने । दसौं तलासम्म सानो बच्चा वा वृद्ध आमा-बुबालाई बोकेर हिँड्नु कुनै सजिलो काम थिएन । अँध्यारो भर्‍याङ, पसिनाले चिप्लिने हात, ती सबै दृश्यहरूले हामीलाई फेरि सम्झाए, प्रविधि मात्र होइन, परम्परागत विकल्पहरू पनि कति आवश्यक छन् ।

बालबालिकालाई बिहान झोलामा स्यान्डविच, पानीको बोतल, अनि माया भरिएको चुम्बन दिएर विद्यालयमा छोडेर आमाबाबुहरू दैनिकीझैं कामतर्फ लागे। तर, दिउँसोको आकस्मिक ब्ल्याकआउटले सबै योजना भताभुङ्ग बनाइदियो । मेट्रो चलेन, बस रोकिए, ट्याक्सी सेवा भेट्नै मुश्किल । जनजीवन अस्तव्यस्त भयो।

आफ्ना सन्तानको अनुहार सम्झँदै कामबाट दौडिन खोज्ने आमाबाबुहरू बाटोमै अल्झिए । कोही सुरुङमा अड्किए, कोही बस नपाएर पैदलै हिंड्न थाले। मोबाइल चलेन, इन्टरनेट थिएन-स्कूललाई सन्देश पठाउन सकिएन, फोन गर्न सकिएन। शिक्षकहरू पनि अन्योलमा परे।

 सहयोगी बन्यो रेडियो

त्यति बेला लाखौँ मानिस वर्षौंपछि फेरि एफएम रेडियोतर्फ फर्किए । सबै डिजिटल सञ्चार साधन असफल भएपछि, रेडियो एकपटक फेरि आपतकालीन सूचनाको प्रमुख स्रोत बनेर उदायो । म्याड्रिडदेखि ग्रामीण क्षेत्रसम्म, रेडियोले सरकारी निर्देशन, स्थानीय प्रशासन र आपतकालीन सेवाको जानकारी पुर्‍यायो ।

नेपालमा अहिले कतिपय एफएम रेडियो स्टेसनहरू संकटमा छन् । तर, यो घटनाले देखायो- रेडियो संकटका बेला जीवनरक्षक हुनसक्छ । आधुनिक प्रविधिको दौडमा परम्परागत सञ्चारको मूल्य बुझ्न यो चेतावनीजस्तै हो ।

हामीले देख्यौं- ‘केही सेकेन्डको प्रणालीगत झट्काले कसरी नागरिक जीवन, अर्थतन्त्र, यातायात र स्वास्थ्यलाई प्रभावित पार्छ ।  यो केवल प्राविधिक दुर्घटना थिएन, यो डिजिटल युगमा हाम्रो संवेदनशीलता र असुरक्षा देखाउने गम्भीर चेतावनी थियो।’

त्यो अँध्यारोमा मैले नेपालका लोडसेडिङका दिनहरू सम्झिएँ जहाँ १२–१४ घण्टा बत्ती जाँदा पनि हामी सहजै बाँचेकै थियौं, काम गर्थ्यौं । मैनबत्ती, रेडियो, इन्भर्टर प्रयोग गर्थ्यौं । तर युरोपमा ? जहाँ सबै कुरा विद्युतीय यन्त्रमा भर पर्छ- बत्ती जानु भनेको जीवन नै ठप्प हुनु हो । के हामी डिजिटल यन्त्रहरूको दास बन्दै गइरहेका छैनौं ?

जब डिजिटल संसार बन्द हुन्छ, त्यति बेला हामी आफूलाई पुनः चिन्छौं । चेतनाको उज्यालो त्यो अँध्यारोमा टल्किएको दिन थियो । बत्ती त गयो, तर त्यो दिन हामी ब्युँझिएको दिन थियो

स्पेनको त्यही ऐतिहासिक ब्ल्याकआउटसँग सँगै, पोर्चुगलमा पनि यस्तै समस्या देखापरेको थियो । पोर्चुगलमा पनि मेट्रो र अन्य यातायात सेवा ठप्प भई, मानिसहरूले घण्टौंको अप्ठ्यारोको सामना गर्नुपर्‍यो।

छानबिन प्रारम्भ

यस घटनाको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धान साइबर आक्रमणको आशंकासहित अघि बढेको छ। स्पेनको केन्द्रीय आपराधिक अदालत ‘अउदिएन्सिया नासियोनाल’ले न्यायाधीश खोसे लुइस कालामाको नेतृत्वमा गम्भीर छानबिन प्रारम्भ गरिसकेको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेजले भनेका छन्, ‘हामी कुनै पनि सम्भावना नकार्दैनौँ, तर हडबड नगरौँ । तथ्यलाई बुझ्न दिनुहोस् ।’ सरकारले निजी ऊर्जा कम्पनीको जवाफदेहिता सुनिश्चित गर्दै प्रणाली सुधारको प्रतिबद्धता जनाएको छ । साथै, युरोपेली आयोगसँग स्वतन्त्र अनुसन्धानको मागसमेत गरिएको छ।

अदालतले रेड इलेक्ट्रिका, राष्ट्रिय क्रिप्टोलोजी केन्द्र र गुप्तचर विभागलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । न्यायाधीश कालामाले भनेका छन्, ‘हाम्रो समाजको आधारभूत पूर्वाधारहरू परस्पर निर्भर छन् । सानो गडबडीले व्यापक संकट निम्त्याउन सक्छ।’ उनले २०१७ को साइबर खतरासम्बन्धी प्रतिवेदन र युक्रेनको २०१६ को आक्रमण उदाहरण दिँदै सतर्क रहन आग्रह गरेका छन् ।

मानवताको उज्यालो

त्यो दिन हामीले देख्यौं- ‘केही सेकेन्डको प्रणालीगत झट्काले कसरी नागरिक जीवन, अर्थतन्त्र, यातायात र स्वास्थ्यलाई प्रभावित पार्छ । यो केवल प्राविधिक दुर्घटना थिएन, यो डिजिटल युगमा हाम्रो संवेदनशीलता र असुरक्षा देखाउने गम्भीर चेतावनी थियो ।’

सायद सबैभन्दा गहिरो क्षण त्यो थियो, जब मेरो छोरीले मोबाइल देखाउँदै भनिन्, ‘बुबा, युट्युब चल्दैन !’ म भित्रैसम्म झस्किएँ । उसलाई म यति निर्भर बनाउँदै छु, जसको नियन्त्रण मसँग छैन।

तर, त्यस अँध्यारोमा पनि उज्यालो थियो- मानवताको उज्यालो । पानी माग्ने पर्यटक, निःशुल्क सेवा दिनेहरू, सहयोगी छिमेकी, अस्पताल चलाउने समर्पित कर्मचारी सबैले देखाए, अँध्यारोमा पनि मान्छेको आत्मा उज्यालो रहन्छ।

अब अवस्था सामान्य हुँदै गएको छ । विद्युत् सेवा बहाल भइसकेको छ, सञ्चार सेवा पुनः सुचारु भएका छन् । तर, त्यो दिनले दिएको सन्देश अझै मभित्र गुञ्जिरहेछ।

त्यो दिन, म एक मनोवैज्ञानिक झट्कासँग बाँचें । जब डिजिटल संसार बन्द हुन्छ, त्यति बेला हामी आफूलाई पुनः चिन्छौं । चेतनाको उज्यालो त्यो अँध्यारोमा टल्किएको दिन थियो । बत्ती त गयो, तर त्यो दिन हामी ब्युँझिएको दिन थियो । हामीले थाहा पायौं- प्रविधि असफल भए पनि हाम्रो आन्तरिक शक्ति र आत्मविश्वास नै महत्वपूर्ण हो।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि

Published

on

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।

बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।

Continue Reading

Banner

प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित

Published

on

नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।

यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।

यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।

यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।

Continue Reading

Banner

अफ्रिकालाई सजिलै हराउँदै न्युजिल्यान्ड पुग्यो फाइनलमा

Published

on

न्युजिल्यन्ड आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि नजिक पुगेको छ। बुधबार भारतको कोलकतास्थित इडन गार्डेन्समा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

अब उपाधिका लागि न्युजिल्यान्डले भारत वा इंग्ल्यान्डमध्ये एक टोलीसँग आइतबार अहमदावादमा प्रतिस्पर्धा गर्नेछ। भारत र इंग्ल्यान्डबीच दोस्रो सेमिफाइनल बिहीबार मुम्बईको वानखेडे रंगशालामा हुँदैछ।

दक्षिण अफ्रिकाले  दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले एक विकेटको क्षतिमा १२.५ ओभरमै पूरा गर्दै जित निकाल्यो।

उसको जितमा ओपनिङ ब्याटर फिन एलेनले शतक प्रहार गरे। उनले नटआउट १०० रन बनाउने क्रममा ३३ बलमा १० चौका र ८ छक्का प्रहार गरे। एलेनले टी-२० विश्वकपकमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका हुन्।

अर्का ओपनर टिम सेइफर्टले ३३ बलमा ५८ रन बनाएका थिए। रचिन रविन्द्रले नटआउट १३ रन बनाए।

त्यसअघि टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा १६९ रन बनाएको हो।

एघार ओभर चल्दासम्म दक्षिण अफ्रिका खराब स्थितिमा थियो। उसले ५ विकेट गुमाइसकेको थियो भने केवल ७७ रन जोडेको थियो।

तर छैटौं विकेटका लागि ट्रिस्टन स्टब्स र मार्को यान्सेनले उत्कृष्ट साझेदारी गरेर दक्षिण अफ्रिकाको उद्दार गरे। १९औं ओभरसम्म दुईबीच छैटौं ओभरका ७३ रनको साझेदारी भयो। स्टब्सले २९ रन जोड्ने क्रममा २४ बलमा २ चौका र  १ छक्का प्रहार गरे।

यान्सेन भने नटआउट ५५ रन जोडे। उनले ३० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा दक्षिण अफ्रिकाको स्कोरले १६९ रनसम्म पुगेको हो।

त्यसअघि दोस्रो ओभरमा दुई विकेट गुमाएपछि दबाबमा परेको दक्षिण अफ्रिका लागि डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ रन जोडेका थिए।

सुरुमा २ विकेट १२ रनमा र त्यसपछि ७७/५ सम्म विकेट गएपछि यान्सेन र स्टब्सको साझेदारीले १५० सम्म पुर्‍यायो।
बलिङमा न्युजिल्यान्डका म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले २-२ विकेट लिएका थिए।

कोलले एक ओभर मात्र बलिङ गर्दा ९ रन दिएर २ विकेट (डि कक र रिकलटनलाई लगातार आउट) लिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक