Connect with us
Advertisement

जहाँ हल गोरु हराएका थिए, त्यहीँ गाडी पनि हरायो

Published

on

२१ वैशाख, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको गैरीगाउँमा गुडिरहेको बोलेरो पिकअप भ्यान शुक्रबार दिउँसो भासिएर जमिनमुनि हरायो । शुक्रबार र शनिबार दुई दिनसम्म खोज्दा पनि गाडी भेटिएन । आइतबार सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा शुक्रबार दिउँसो घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो ।

गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरे । तर सकेनन् । एउटा भिडियोमा उनीहरुले टेलिफोन गरेर गाडी धसिएको जानकारी कसैलाई गराउँछन् । अर्कोतर्फबाट बोल्ने व्यक्तिले ट्याक्टर लगाएर तान्न सुझाव दिन्छन् । तर उनले गाडी पुरै जमिनमुनि डुबिसेकेकाले ट्याक्टर लगाएर तान्न सम्भव नहुने बताउँछन् ।

गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।

त्यहाँको भूगोल कस्तो छ ?

गाडी भासिएको सडकको दायाँ–बायाँ माछापालन पोखरी छन् । त्यो सडककै छेउँमा पानी तान्ने बोरिङ गाडिएको छ । उक्त बोरिङ गाडी धनी हरिराम राईले माछापोखरीमा पानी हाल्ने प्रयोजनका लागि गाडेका थिए । त्यही बोरिङसँगै सडक भासिएर गाडी हराएको हो ।

गाडी धसिँदै भित्र छिर्न थालेपछि डोरीले गाडी तान्ने प्रयास गरेका व्यक्तिले बोरिङमा गाडी छिरेको बताएको भिडियोमा सुनिन्छ ।

त्यही ठाउँमा गोरु पनि भासिएर हराएका थिए

स्थानीयका अनुसार अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो । त्यो दलदलमा स्थानीयका हल गोरु हराउने घटना पनि भएका थिए ।

जमिन भासिएको ठाउँ पर्ने हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइराला भन्छन्, ‘अहिले ठ्याक्कै मिति थाहा छैन र तर हामी सानै छँदा ७–८ हल गोरु धसिएको भनेर बुढापाकाहरुले भन्छन् । म अलि ठूलो भएपछि पनि एक हल गोरु धसिएर जमिन मुनि नै हराएको सम्झना छ ।’

उनका अनुसार केही वर्षयता भने जमिन सुक्खा भएर साह्रो भएको थियो । त्यसैले त्यहाँ बाटो पनि बनाइयो । ‘अहिले दलदल छैन, सुकेर जमिन साह्रो छ । त्यही भएर मेरो पहिलो कार्यकालमा त्यहाँ ६–७ वर्ष

अगाडि बाटो बनाइएको हो,’ वडाध्यक्ष कोइरालाले भने, ‘अहिले त्यही बाटोमा गाडी धसिएर जमिन मुनि हरायो ।’ गाडी खोज्नका लागि आज सशस्त्र प्रहरीलाई पनि बोलाइएको उनले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतराज गौतम पनि धेरै वर्ष अगाडि त्यो ठाउँमा दुई वटा गोरु जमिनमुनि धसिएर हराएको भन्ने सुनेको बताउँछन् ।

उनले भने, ‘मलाई नगर प्रहरीले रिपोर्टिङ गरे अनुसार त्यहाँ पहिले दलदल थियो रे, त्यहाँ इनार पनि थियो रे, पछि इनार पुरिएको थियो रे । दुई वटा गोरु पनि लापता भएका थिए रे ।’

अहिले यही ठाउँमा गाडी हराएको र हेटौंडा उपमहानगरपालिकाको क्षेत्रभित्र पर्ने भएकाले भूगर्भविदहरुसँग पनि परामर्श गरेर अघि बढ्ने उनले बताए ।

गाडी हराएको घटनाको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बोलाइएको छ । मेयर मिना लामाले गाडी भासिएको घटनाबारे छलफल गर्न विपदको बैठक बोलाइएको जानकारी दिइन् ।

भूगर्भ विभागलाई छैन औपचारिक जानकारी

हेटौंडामा जमिनमा धसिएर गाडी नै हराउँदासमेत खानी तथा भूगर्भ विभाग भने बेखबर छ । विभागकी उपमहानिर्देशक मोनिका झा हेटौंडाको घटनाबारे मिडियाबाट थाहा पाएको तर औपचारिक जानकारी नभएको बताइन् ।

उनले भनिन्, ‘मैले हिजो मिडियामा आएका समाचारबाट थाहा पाएँ । तर औपचारिक जानकारी हामीलाई छैन । कसैले सहयोग पनि मागेको छैन ।’

उनले हाल खानी तथा भूगर्भ विभाग महानिर्देशकविहीन भएकाले पनि कामकाजमा समस्या भइरहेको बताइन् ।

महानिर्देशक दिनेश नेपालीले घरायसी कारण देखाउँदै दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ । हाल बरिष्ठताको आधारमा झाले दैनिक प्रशासनिक कामकाज मात्र सम्हालिरहेकी छन् ।

‘महानिर्देशक नहुँदा अहिले विभाग आफैं अप्ठ्यारोमा छ,’ झाले भनिन् ‘हेटौंडामा गाडी धसिएर हराएको घटनाबारे कसैले रिपोर्टिङ गरेमा भूगर्भविदहरुको टोली पठाएर अध्ययन गर्नेछौं ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक