Banner
लेखा समितिले लिन सकेन पोखरा विमानस्थलबारे निर्णय
उपसमितिले प्रतिवेदन पेश गरेपछि संसद्को सार्वजनिक लेखा समितिले आइतबारका लागि बैठक डाक्यो । बैठकको मुख्य एजेण्डा थियो, ‘पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठन भएको उपसमितिको प्रतिवेदनमाथि छलफल ।’
बैठक शुरु भएपछि संसद् सचिवालयका कर्मचारीहरूले सबै सदस्यलाई प्रतिवेदन बाँडे । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले छलफलको शुरुवात गरे । शुरुमै उपसमितिका समेत सदस्य रहेका सांसद प्रेम आलेले भने, ‘उपसमितिको प्रतिवेदनको निष्कर्ष सुन्न पाए हुने ।’
राजेन्द्र लिङ्देनले प्रतिवेदनमाथि समितिकै सदस्यहरूले गलत प्रचार गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कतिपय माननीय सदस्यहरूले प्रतिवेदनको प्रतिकुलतामा बोल्नुभयो । त्यसमा मेरो आपत्ति छ । यसलाई लेखा समितिको साझा सम्पत्तिको रूपमा ल्याऔं ।’राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले मस्यौदाले मान्यता नपाएको अवस्थामा प्रतिवेदन छ्यापछ्याप्ती बजारमा आएको भन्दै आपत्ति जनाए । उपसमिति संयोजक लिङ्देनले बिचैमा रोकेर भने, ‘संयोजकको रूपमा मेरो तर्फबाट यो बाहिर गएको छैन ।’
सांसद अर्जुननरसिंह केसीले पोखराको विषय अलि गम्भीर खालको भ्रष्टाचार र अनियमितता रहेको भन्दै सबैलाई खुला छलफलका लागि आग्रह गरे । उनले भने, ‘हामीले प्रस्तुत गरेको विषयमा तथ्य र यथार्थ बाहिर आओस् ।’
केही सांसदहरूले प्रतिवेदन लेखा समितिमा पेश हुनुअघि नै सार्वजनिक भएकोमा आपत्ति जनाए । केहीले प्रतिवेदनलाई अनुसन्धानको नाम दिइए पनि सम्बन्धित पक्षलाई नसोधिएको भन्दै प्रश्न गरे । सांसद लेखनाथ दाहालले भने, ‘अनुसन्धान (प्रतिवेदन) भन्ने हो भने पक्षसँग पनि छलफल र कुराकानी गर्नुपर्ला ।’
उपसमिति संयोजक लिङदेनले आफूहरूले सरोकारवाला र आरोप लागेका व्यक्तिहरू र विज्ञहरूसँग समेत छलफल गरिसकेको बताए । केही सांसदहरूले प्रश्न गरेपछि प्रेम आलेले आपत्ति जनाए । उनले भने, ‘नौ महिनाको मेहनत स्वरुप प्रतिवेदन तयार भएको छ । धन्यवाद आउला भनेको उल्टै प्रश्नहरू बर्सिइरहेका छन् ।’
सांसद आलेले प्रतिवेदनमा भएका विवरणहरू फेहरिस्त बनाएर प्रस्तुत गर्न थाले । उनले पोखरा विमानस्थल निर्माणका क्रममा माटो खन्ने, माटो भर्ने अनि विमानस्थल टर्मिनलमा एसी खरिद लगायत सबैमा बदमासी भएको भन्दै आक्रोश पोखे ।
लेखा समिति सभापति पोखरेलले प्रतिवेदनको व्यहोरा बाचन नगर्न आग्रह गर्दै उनलाई रोके । त्यसपछि सांसद प्रेम आलेले प्रस्ताव गरे, ‘अब सात दिनमा यो प्रतिवेदन टुंग्याउनुपर्छ ।’
सभापति पोखरेलले भने ‘प्रतिनिधिसभाको बैठक पनि चलिरहेको छ । जुन दिन खाली हुन्छ, त्यही दिनका लागि मिति तोकौंला ।’
आलेले भने, ‘छिटो गरौं, मिति तोकौं ।’
सांसद डा. अमरेशकुमार सिंहले कैयौ एजेण्डामा मौन बसेर लेखा समितिले आफूलाई सरकारको छायाको रूपमा विकसित गरिरहेको भन्दै आक्रोश पोखे । उनले भने, ‘हामीले भ्रष्टाचारलाई सहजीकरण गरिरहेका छौं ।’
उनले लेखा समितिले प्रधानमन्त्रीलाई छलफलका लागि डाक्नुपर्ने र सोधपुछ गर्नुपर्ने माग गरे ।
सभापति पोखरेलले भने, ‘हामी न्यायिक निकाय हो र दोषी किटान गर्न ?’
अघिल्लो बैठकमा रास्वपा सांसद मनीष झाले योगेश पर्यटनमन्त्री हुँदा भैरहवा विमानस्थलबारे कतिपय निर्णय गरेको र अहिले त्यसमाथि छानबिन गर्दा ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै प्रश्न उठाएका थिए ।
पोखरा विमानस्थलको प्रसंग टुंगिनै लागेको थियो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘आफूमाथि प्रश्न उठेपछि सांसद योगेश भट्टराईले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नबस्ने जानकारी गराएको’ बताए । पोखरेलले सोझै भने, ‘उहाँको साटो अच्यूत मैनालीलाई संयोजक तोकौं ।’
त्यसलगत्तै सांसद मनीष झाले हात उठाएर भने, ‘भैरहवा विमानस्थलमा प्रश्न उठेपछि जसले छाड्नुभयो, उहाँको सम्बन्धित दलका सांसद (संयोजक) नबसौं । मलाई जिम्मा दिए म पनि बस्दिनँ । मैले आफू बस्न त्यसो भनिरहेको होइन ।’
त्यसपछि योगेश भट्टराईले भने, ‘भैरहवाको उपसमितिमा म बस्दिनँ । प्रतिवेदन अन्तिम चरणमा छ । अर्को समितिमा पनि यस्तै प्रश्न छन् । हामी २५ जनामध्ये धेरैजसो सरकारमा बसेका छौं । यहाँ अमरेश सिंह बाहेक सबै बस्न मिल्दैन ।
सांसद देवप्रकाश तिमिल्सिनाले भने, ‘उहाँ पनि भर्खरै त हो नि…. ।’ उनले सिंहप्रति संकेत गर्दै २०७९ सालको निर्वाचनपछि मात्रै उनी स्वतन्त्र सांसद रहेको तर त्यसअघि कांग्रेसमै आवद्ध रहेको भनी व्यंग्य गर्न खोजेका थिए । बैठकस्थलमा हाँसोको फोहोरा छुट्यो ।
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login