Connect with us
Advertisement

महिला टी-२० विश्वकपको एसिया छनोट पहिलोपटक पार गर्ने लक्ष्यमा नेपाल

Published

on

यसपटक पनि नेपाललाई एसिया छनोट पार गर्न त्यति सजिलो भने हुनेछैन । नेपालको समूहमा रहेको बहराइन र हङकङमध्ये हङकङ मुख्य चुनौती हुन सक्छ भने त्यसपछि सुपर ३ मा नेपालको भेट यूएई वा मलेसिया र थाइल्याण्डसँग हुनेछ ।

२५ वैशाख, काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु हुँदैछ । यस छनोटमा सहभागी हुन नेपाली टोली पनि मलेसिया पुगिसकेको छ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिनेछ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष ३ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपाली टोलीले थाइल्याण्ड जानुअघि भारतमा अभ्यास खेलहरू खेलेको थियो भने त्यसअघि घर र घरबाहिर एक-एकपटक शृंखलाहरू खेलेको थियो ।

सजिलो छैन यात्रा

नेपाली महिला क्रिकेट टोलीले हालसम्म एसिया छनोट पार गर्न सकेको छैन । यसअघि सन् २०१९, २०२१ र २०२३ मा भएको विश्वकप छनोटमा नेपालले एसिया छनोट पार गर्न सकेको थिएन ।

सन् २०१९ मा लिग चरणमा खेलाइएको एसिया छनोटबाट थाइल्याण्ड अपराजित रहँदै ग्लोबल चरणमा अघि बढेको थियो । नेपाल त्यस प्रतियोगितामा थाइल्याण्डसँग मात्र पराजित भयो ।

त्यस्तै सन् २०२१ को छनोटमा हङकङ र यूएईसँग पराजित हुँदा यूएई अपराजित रहँदै अगाडि बढेको थियो भने सन् २०२३ मा भएको छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै नेपाल ग्लोबल छनोटबाट वञ्चित भएको थियो ।

२०२३ मा नेपाली टोली

यसपटक पनि नेपाललाई एसिया छनोट पार गर्न त्यति सजिलो भने हुनेछैन । नेपालको समूहमा रहेको बहराइन र हङकङमध्ये हङकङ मुख्य चुनौती हुन सक्छ । नेपाल र हङकङबीचको दुई खेलले यस समूहको विजेता टुंगो लगाउने निश्चित छ ।

समूहविजेता हुँदै सुपर ३ मा पुगेमा नेपालको सामना अन्य समूहबाट आउन सक्ने यूएई वा मलेसिया र थाइल्याण्डसँग नै हुने पक्कापक्की छ । त्यहाँ पनि नेपालले कम्तीमा एक खेल जितेमा बल्ल ग्लोबल छनोटमा पुग्ने सम्भावना रहन्छ ।

यस्ता छन् प्रतिद्वन्द्वी

नेपालको समूहमा रहेका हङकङ र बहराइन दुवैसँग नेपालले यसअघि पनि खेलिसकेको छ । बहराइन केही कमजोर प्रतिद्वन्द्वी हो भने हङकङ नेपालसरहकै टिम भन्न सकिन्छ ।

बहराइनसँग नेपालले हालसम्म २ पटक खेल्दा दुवैपटक सहज जित निकालेको छ । नेपालले बहराइनलाई एकपटक १४ रनमा अलआउट गरेर ८ विकेटको जित निकालेको छ भने अर्कोपटक ३१ रनमा अलआउट गर्दै १० विकेटको जित निकालेको छ ।

त्यस्तै हङकङसँग महिला टी-२०आईमा नेपाल ११ पटक भेट हुँदा ५ जित निकालेको छ भने ४ पटक पराजित भएको छ । २ खेल रद्द भएका थिए ।

फाइल तस्वीर

पछिल्लोपटक नेपालले गत मार्चमा युगाण्डामा भएको चारदेशीय शृंखलामा हङकङसँग खेलेको थियो । त्यहाँ १ जित र १ हारको नतिजा निस्कँदा प्लेअफको एक खेल वर्षाले रद्द भएको थियो ।

आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं स्थानमा छ भने हङकङ २२औं तथा बहराइन ७३औं स्थानमा छ ।

भारतमा भएको अभ्यासले सजिलो

कप्तान इन्दु बर्माले भारतमा भएको तयारीले सहयोग पुग्ने बताएकी छन् । ‘भारतमा अभ्यास एकदम सकरात्मक भयो । टिमले केही म्याचहरु पनि खेलेको थियो । राम्रो प्रदर्शनहरू भयो’ उनले भनिन्, ‘थाइल्याण्डमा हुने क्वालिफायरको लागि टिमले जुन तरिकाले क्लियर भिजन तयार गरेको छौं आफूलाई मानसिक रूपले बलियो बनाएका छौं ।’

टिमले फिटनेसमा पनि ध्यान दिएको उनले बताइन् । ‘मुख्य केन्द्रित फिटनेस र टिम समन्वयमा काम गरिरहेका छौं । हाम्रो मुख्य लक्ष्य एसिया छनोट पार गर्ने र अन्तिम लक्ष्य विश्वकप पुग्ने हो’ इन्दुले भनिन् ।

नेपालले डीडीसीएको टिमसँग चार अभ्यास खेल खेल्ने तालिका भएपनि तीन खेल मात्र खेल्यो । एक खेल वर्षाको कारण हुन सकेन । तीनवटै खेलमा नेपाल पराजित भएको थियो । यस्तै आरसीपीएसँग पनि एक अभ्यास खेल खेलेको नेपाल पराजित भएको थियो ।

‘यसपटकको छनोटमा समूह विजेता मात्र सुपर राउण्डमा पुग्ने भएकोले हरेक खेल जित्नुपर्छ, इन्दुले भनिन्, ‘सुरुबाटै मानसिक रुपमा फोकस भएर राम्रो प्रदर्शन दिनुपर्छ । क्वालिफायर पुग्नका लागि हरेक खेल महत्वपूर्ण हुन्छ।’

केही समस्या अझै उस्तै

नेपालले यस छनोटमा सहभागी हुनुअघि धेरै खेलहरू खेलेको छ । नेपालले फेब्रुअरीमा घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ६ खेलको शृंखला खेलेको थियो जहाँ एक जित पनि निकाल्न सकेन ।

त्यस्तै युगाण्डामा भएको नेपाल, युगाण्डा, हङकङ र नामिबिया सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो भएको थियो । उक्त शृंखलामा नेपालले युगाण्डा र हङकङसँग १-१ जित/हारको नतिजा निकाल्दा नामिबियासँग दुवै खेलमा पराजित भएको थियो ।

त्यस्तै त्यसपछि नेपाल फर्किएर प्रशिक्षण गरेपश्चा्त भारतमा अन्तिम तयारीका लागि गएको थियो जहाँ खेलिएका ५ वटा अभ्यास खेलमध्ये १ जित निकाल्दा ४ हार बेहोरेको थियो ।

खेलको नतिजा हेर्दा नेपाली टोली लयमा देखिँदैन । खेलको नतिजाका बाबजुद नेपालको अन्य पक्षमा देखिएका कमजोरी अझै पनि सुधार हुन सकेको छैन ।

सबैभन्दा मुख्य समस्याको रूपमा रहेको फिल्डिङ र फिटनेसमा अझै पनि नेपाल पछाडि नै रहेको देखिएको छ । भारतमा भएको अभ्यास खेलमा पनि नेपालले क्याच ड्रप, मिसफिल्डजस्ता गल्ती बारम्बार गरिरहेको देख्न सकिन्थ्यो ।

अब थाइल्यायाण्डमा हुने छनोटका लागि नेपालले कमजोर पक्षलाई सिरियस रूपमा सुधार गर्नुपर्ने हुन्छ । अन्यथा नेपालको एसिया छनोट पार गर्ने सपना अझै पनि सपनामै सीमित हुने देखिन्छ ।

***

नेपालले आफ्नो पहिलो खेल शुक्रबार वैशाख २६ मा हङकङसँग खेल्ने छ । त्यसपछि शनिबार बहराइनसँग खेल्नेछ । मंगलबार फेरि हङकङसँग र बुधबार बहराइनसँग खेल्ने तालिका छ ।

प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा टोली घोषणा भएको छ जस्को उपकप्तानमा पुजा महतो छिन् । टोलीमा अन्य सदस्यहरूमा बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा मनोज कटुवाल छन् । उनले भर्खरै भुटानमा लेभेल ३ कोचिङ कोर्स सकाएका थिए । अर्का प्रशिक्षकमा रिजन प्रजू छन् भने भारतका मनिष झा कन्सल्ट्यान्ट कोच छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक