Connect with us
Advertisement

महिला टी-२० विश्वकपको एसिया छनोट पहिलोपटक पार गर्ने लक्ष्यमा नेपाल

Published

on

यसपटक पनि नेपाललाई एसिया छनोट पार गर्न त्यति सजिलो भने हुनेछैन । नेपालको समूहमा रहेको बहराइन र हङकङमध्ये हङकङ मुख्य चुनौती हुन सक्छ भने त्यसपछि सुपर ३ मा नेपालको भेट यूएई वा मलेसिया र थाइल्याण्डसँग हुनेछ ।

२५ वैशाख, काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु हुँदैछ । यस छनोटमा सहभागी हुन नेपाली टोली पनि मलेसिया पुगिसकेको छ ।

९ टोलीबीच हुने यस प्रतियोगिताबाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् । ९ टोलीलाई तीन समूहमा विभाजित गरिनेछ र हरेक समूहमा रहने ३ टोलीबीचमा डबल राउण्ड रोबिन लिग हुनेछ ।

लिग चरणपछि हरेक समूहमा शीर्ष स्थानमा रहने टोली सुपर ३ मा पुग्ने छन् । त्यस सुपर ३ बाट शीर्ष ३ टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह सी मा हङकङ र बहराइनसँग छ ।

नेपाली टोलीले थाइल्याण्ड जानुअघि भारतमा अभ्यास खेलहरू खेलेको थियो भने त्यसअघि घर र घरबाहिर एक-एकपटक शृंखलाहरू खेलेको थियो ।

सजिलो छैन यात्रा

नेपाली महिला क्रिकेट टोलीले हालसम्म एसिया छनोट पार गर्न सकेको छैन । यसअघि सन् २०१९, २०२१ र २०२३ मा भएको विश्वकप छनोटमा नेपालले एसिया छनोट पार गर्न सकेको थिएन ।

सन् २०१९ मा लिग चरणमा खेलाइएको एसिया छनोटबाट थाइल्याण्ड अपराजित रहँदै ग्लोबल चरणमा अघि बढेको थियो । नेपाल त्यस प्रतियोगितामा थाइल्याण्डसँग मात्र पराजित भयो ।

त्यस्तै सन् २०२१ को छनोटमा हङकङ र यूएईसँग पराजित हुँदा यूएई अपराजित रहँदै अगाडि बढेको थियो भने सन् २०२३ मा भएको छनोटको सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै नेपाल ग्लोबल छनोटबाट वञ्चित भएको थियो ।

२०२३ मा नेपाली टोली

यसपटक पनि नेपाललाई एसिया छनोट पार गर्न त्यति सजिलो भने हुनेछैन । नेपालको समूहमा रहेको बहराइन र हङकङमध्ये हङकङ मुख्य चुनौती हुन सक्छ । नेपाल र हङकङबीचको दुई खेलले यस समूहको विजेता टुंगो लगाउने निश्चित छ ।

समूहविजेता हुँदै सुपर ३ मा पुगेमा नेपालको सामना अन्य समूहबाट आउन सक्ने यूएई वा मलेसिया र थाइल्याण्डसँग नै हुने पक्कापक्की छ । त्यहाँ पनि नेपालले कम्तीमा एक खेल जितेमा बल्ल ग्लोबल छनोटमा पुग्ने सम्भावना रहन्छ ।

यस्ता छन् प्रतिद्वन्द्वी

नेपालको समूहमा रहेका हङकङ र बहराइन दुवैसँग नेपालले यसअघि पनि खेलिसकेको छ । बहराइन केही कमजोर प्रतिद्वन्द्वी हो भने हङकङ नेपालसरहकै टिम भन्न सकिन्छ ।

बहराइनसँग नेपालले हालसम्म २ पटक खेल्दा दुवैपटक सहज जित निकालेको छ । नेपालले बहराइनलाई एकपटक १४ रनमा अलआउट गरेर ८ विकेटको जित निकालेको छ भने अर्कोपटक ३१ रनमा अलआउट गर्दै १० विकेटको जित निकालेको छ ।

त्यस्तै हङकङसँग महिला टी-२०आईमा नेपाल ११ पटक भेट हुँदा ५ जित निकालेको छ भने ४ पटक पराजित भएको छ । २ खेल रद्द भएका थिए ।

फाइल तस्वीर

पछिल्लोपटक नेपालले गत मार्चमा युगाण्डामा भएको चारदेशीय शृंखलामा हङकङसँग खेलेको थियो । त्यहाँ १ जित र १ हारको नतिजा निस्कँदा प्लेअफको एक खेल वर्षाले रद्द भएको थियो ।

आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं स्थानमा छ भने हङकङ २२औं तथा बहराइन ७३औं स्थानमा छ ।

भारतमा भएको अभ्यासले सजिलो

कप्तान इन्दु बर्माले भारतमा भएको तयारीले सहयोग पुग्ने बताएकी छन् । ‘भारतमा अभ्यास एकदम सकरात्मक भयो । टिमले केही म्याचहरु पनि खेलेको थियो । राम्रो प्रदर्शनहरू भयो’ उनले भनिन्, ‘थाइल्याण्डमा हुने क्वालिफायरको लागि टिमले जुन तरिकाले क्लियर भिजन तयार गरेको छौं आफूलाई मानसिक रूपले बलियो बनाएका छौं ।’

टिमले फिटनेसमा पनि ध्यान दिएको उनले बताइन् । ‘मुख्य केन्द्रित फिटनेस र टिम समन्वयमा काम गरिरहेका छौं । हाम्रो मुख्य लक्ष्य एसिया छनोट पार गर्ने र अन्तिम लक्ष्य विश्वकप पुग्ने हो’ इन्दुले भनिन् ।

नेपालले डीडीसीएको टिमसँग चार अभ्यास खेल खेल्ने तालिका भएपनि तीन खेल मात्र खेल्यो । एक खेल वर्षाको कारण हुन सकेन । तीनवटै खेलमा नेपाल पराजित भएको थियो । यस्तै आरसीपीएसँग पनि एक अभ्यास खेल खेलेको नेपाल पराजित भएको थियो ।

‘यसपटकको छनोटमा समूह विजेता मात्र सुपर राउण्डमा पुग्ने भएकोले हरेक खेल जित्नुपर्छ, इन्दुले भनिन्, ‘सुरुबाटै मानसिक रुपमा फोकस भएर राम्रो प्रदर्शन दिनुपर्छ । क्वालिफायर पुग्नका लागि हरेक खेल महत्वपूर्ण हुन्छ।’

केही समस्या अझै उस्तै

नेपालले यस छनोटमा सहभागी हुनुअघि धेरै खेलहरू खेलेको छ । नेपालले फेब्रुअरीमा घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ६ खेलको शृंखला खेलेको थियो जहाँ एक जित पनि निकाल्न सकेन ।

त्यस्तै युगाण्डामा भएको नेपाल, युगाण्डा, हङकङ र नामिबिया सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो भएको थियो । उक्त शृंखलामा नेपालले युगाण्डा र हङकङसँग १-१ जित/हारको नतिजा निकाल्दा नामिबियासँग दुवै खेलमा पराजित भएको थियो ।

त्यस्तै त्यसपछि नेपाल फर्किएर प्रशिक्षण गरेपश्चा्त भारतमा अन्तिम तयारीका लागि गएको थियो जहाँ खेलिएका ५ वटा अभ्यास खेलमध्ये १ जित निकाल्दा ४ हार बेहोरेको थियो ।

खेलको नतिजा हेर्दा नेपाली टोली लयमा देखिँदैन । खेलको नतिजाका बाबजुद नेपालको अन्य पक्षमा देखिएका कमजोरी अझै पनि सुधार हुन सकेको छैन ।

सबैभन्दा मुख्य समस्याको रूपमा रहेको फिल्डिङ र फिटनेसमा अझै पनि नेपाल पछाडि नै रहेको देखिएको छ । भारतमा भएको अभ्यास खेलमा पनि नेपालले क्याच ड्रप, मिसफिल्डजस्ता गल्ती बारम्बार गरिरहेको देख्न सकिन्थ्यो ।

अब थाइल्यायाण्डमा हुने छनोटका लागि नेपालले कमजोर पक्षलाई सिरियस रूपमा सुधार गर्नुपर्ने हुन्छ । अन्यथा नेपालको एसिया छनोट पार गर्ने सपना अझै पनि सपनामै सीमित हुने देखिन्छ ।

***

नेपालले आफ्नो पहिलो खेल शुक्रबार वैशाख २६ मा हङकङसँग खेल्ने छ । त्यसपछि शनिबार बहराइनसँग खेल्नेछ । मंगलबार फेरि हङकङसँग र बुधबार बहराइनसँग खेल्ने तालिका छ ।

प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा टोली घोषणा भएको छ जस्को उपकप्तानमा पुजा महतो छिन् । टोलीमा अन्य सदस्यहरूमा बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा मनोज कटुवाल छन् । उनले भर्खरै भुटानमा लेभेल ३ कोचिङ कोर्स सकाएका थिए । अर्का प्रशिक्षकमा रिजन प्रजू छन् भने भारतका मनिष झा कन्सल्ट्यान्ट कोच छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

Banner

आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने

Published

on

आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।

आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

Continue Reading

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक