Connect with us
Advertisement

महेन्द्रको पालामा शुरु लुम्बिनी गुरुयोजना अझै भएन पूरा

Published

on

२८ वैशाख, बुटवल । तत्कालीन राजा महेन्द्र शाहको पालामा शुरु भएको लुम्बिनी विकास गुरुयोजना अझैसम्म पूरा हुन सकेको छैन ।

बारम्बार सरकार फेरबदलको असर, बजेट अभाव लगायतका कारणले गुरुयोजनाका काम पूरा हुन नसकेको लुम्बिनी विकास कोषका पदाधिकारीहरु बताउँछन् ।

पछिल्लो ६ वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ५ प्रतिशत मात्र बढेको छ । करिब ३० प्रतिशत काम बाँकी रहँदा पुरानो गुरुयोजना साँघुरो र समयसापेक्ष नभएको तर्क सहित नयाँ गुरुयोजना बनाउनुपर्ने माग अघि सारिएको छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनी भ्रमणका क्रममा लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना बनाई विकास गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राखेका थिए ।

संयुक्त राष्ट्रसंघको पहलमा २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाएका थिए । गुरुयोजनाका काम १७ वर्षमा अर्थात सन् १९९५ मा सम्पन्न भइसक्नुपर्ने उल्लेख थियो ।

गुरुयोजनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पूरातात्विक र धार्मिक महत्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ ।

लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ बिघा (तीन वर्ग माइल) जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइललाई एक/एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको क्षेत्रलाई लुम्बिनीग्राम भनियो । बीचमा रहेको दोस्रो खण्डलाई शैक्षिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय बिहार तथा गुम्बाक्षेत्र भनी नामकरण गरियो र दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ ।

नयाँ वृहत्तर लुम्बिनी गुरुयोजना माग

विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ७ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ

गुरुयोजना तयार हुँदा ५५ मिलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिए पनि त्यसको लागतलाई गुरुयोजना बनेको ४७ वर्ष पुग्दासम्म पनि पुनः मूल्याङ्कन गरिएको छैन । समयानुसार लागत पुनः मूल्याङ्कन गर्नुपर्ने काम बाँकी रहेको विकास कोषकी योजना प्रमुख ई. स्मिता भट्टले बताइन् ।

हालसम्म गुरुयोजनाको ७० प्रतिशत भौतिक निर्माणको काम पूरा भएको भट्टको भनाइ छ । ‘कति प्रतिशत काम भयो भन्नेमा संघीय सरकार र लुम्बिनी विकास कोषबीच बहस छ, हामीले लुम्बिनी सहित तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर वृहत्तर लुम्बिनी गुरुयोजनाको अवधारणा अनुसार कोषको आन्तरिक बजेट समेत खर्च गरेर काम गरिरहेका छौं, संघीय सरकारले लुम्बिनी क्षेत्रको गुरुयोजनालाई मात्र बजेट विनियोजन गर्ने गरेको छ’ उनले भनिन्, ‘अब पुरानो गुरुयोजना रिभ्यु गर्नुपर्छ र वृहत्तर लुम्बिनी गुरुयोजना नयाँ बनाउनुपर्छ ।’

बजेट अभाव

हरेक वर्षको बुद्ध जयन्तीमा प्रधानमन्त्री र संघीय सरकारका विभागीय मन्त्रीहरुले गुरुयोजना पूरा गर्न बजेट अभाव हुन नदिने आश्वासन दिन्छन् । तर कुनै वर्ष पनि पर्याप्त बजेट विनियोजन हुन नसकेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको गुनासो छ ।

संघीय सरकारसँग चालु आर्थिक वर्षमा एक अर्ब बजेट मागेकामा ४५ करोड मात्र पाएको तर गत वर्ष सम्पन्न कामको भुक्तानी दिन बाँकी नै करिब ६० करोड बढी भएको शाक्यले बताए । ‘लुम्बिनी विकास कोष बजेट अभावको चपेटामा परेको छ’ शाक्य भन्छन्, ‘भुक्तानी दिन नसकेर निर्माण व्यवसायीले कोषको कार्यालय घेराउ र आन्दोलन नै गरे ।’

योजना प्रमुख ई. भट्टले एक अर्ब ३० करोड भुक्तानी दिन बाँकी रहेको र तीन अर्ब रुपैयाँको काम हुन बाँकी रहेको बताइन् ।

केके काम बाँकी छन् ?

सदस्य सचिव शाक्यका अनुसार चार वटा प्रशासनिक भवन, हरवा र तेलार नदी व्यवस्थापन (डाइभर्सन), हेल्थपोष्ट, सोभेनियर सप (उपहार सामग्री बिक्री कक्ष) निर्माणको काम शुरु नै भएका छैनन् ।
यस्तै फोहोर व्यवस्थापन र नहर व्यवस्थापनको काम मुद्दा परेर रोकिएका छन् ।

योजना प्रमुख ई. भट्टले चार वटा प्रशासनिक भवन डिजाइन परिवर्तन गरेर मात्र बनाउनुपर्ने धारणा राख्छिन् । ‘५० वर्ष पुरानो डिजाइन अहिले उपयुक्त हुँदैन, रि–डिजाइन गरेर बनाउनुपर्छ,’ उनले भनिन् ।

अस्थिर सरकारको प्रभाव

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले एउटा सरकारले स्रोत सुनिश्चित गर्ने तर सरकार फेरबदलसँगै नयाँ सरकारले बजेट कटौती गर्ने परिपाटीले गुरुयोजना पूरा हुन ढिला भएको बताए ।

पछिल्ला वर्षहरुमा संघीय सरकारले बजेट नदिएको भन्दै उनले यही अवस्था रहे ५० वर्षमा पनि गुरुयोजना पूरा नहुने बताए ।

विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ७ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक