Connect with us
Advertisement

महेन्द्रको पालामा शुरु लुम्बिनी गुरुयोजना अझै भएन पूरा

Published

on

२८ वैशाख, बुटवल । तत्कालीन राजा महेन्द्र शाहको पालामा शुरु भएको लुम्बिनी विकास गुरुयोजना अझैसम्म पूरा हुन सकेको छैन ।

बारम्बार सरकार फेरबदलको असर, बजेट अभाव लगायतका कारणले गुरुयोजनाका काम पूरा हुन नसकेको लुम्बिनी विकास कोषका पदाधिकारीहरु बताउँछन् ।

पछिल्लो ६ वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ५ प्रतिशत मात्र बढेको छ । करिब ३० प्रतिशत काम बाँकी रहँदा पुरानो गुरुयोजना साँघुरो र समयसापेक्ष नभएको तर्क सहित नयाँ गुरुयोजना बनाउनुपर्ने माग अघि सारिएको छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले २३ अप्रिल सन् १९६७ मा लुम्बिनी भ्रमणका क्रममा लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना बनाई विकास गर्ने प्रस्ताव तत्कालीन राजा महेन्द्रसमक्ष राखेका थिए ।

संयुक्त राष्ट्रसंघको पहलमा २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाएका थिए । गुरुयोजनाका काम १७ वर्षमा अर्थात सन् १९९५ मा सम्पन्न भइसक्नुपर्ने उल्लेख थियो ।

गुरुयोजनाले राष्ट्रिय, अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिका जीवन्त परम्परा झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पूरातात्विक र धार्मिक महत्वको संरक्षण गरी अन्तर्राष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रूपमा संरक्षण र सम्बद्र्धन गर्ने लक्ष्य राखेको छ ।

लुम्बिनीलाई सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजनाले ११ सय ५५ बिघा (तीन वर्ग माइल) जमिनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, नयाँ लुम्बिनीग्राम गरी तीन भागमा विभाजन गरेको छ । तीन वर्ग माइललाई एक/एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको क्षेत्रलाई लुम्बिनीग्राम भनियो । बीचमा रहेको दोस्रो खण्डलाई शैक्षिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय बिहार तथा गुम्बाक्षेत्र भनी नामकरण गरियो र दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ ।

नयाँ वृहत्तर लुम्बिनी गुरुयोजना माग

विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ७ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ

गुरुयोजना तयार हुँदा ५५ मिलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिए पनि त्यसको लागतलाई गुरुयोजना बनेको ४७ वर्ष पुग्दासम्म पनि पुनः मूल्याङ्कन गरिएको छैन । समयानुसार लागत पुनः मूल्याङ्कन गर्नुपर्ने काम बाँकी रहेको विकास कोषकी योजना प्रमुख ई. स्मिता भट्टले बताइन् ।

हालसम्म गुरुयोजनाको ७० प्रतिशत भौतिक निर्माणको काम पूरा भएको भट्टको भनाइ छ । ‘कति प्रतिशत काम भयो भन्नेमा संघीय सरकार र लुम्बिनी विकास कोषबीच बहस छ, हामीले लुम्बिनी सहित तिलौराकोट, रामग्राम र देवदहलाई समेटेर वृहत्तर लुम्बिनी गुरुयोजनाको अवधारणा अनुसार कोषको आन्तरिक बजेट समेत खर्च गरेर काम गरिरहेका छौं, संघीय सरकारले लुम्बिनी क्षेत्रको गुरुयोजनालाई मात्र बजेट विनियोजन गर्ने गरेको छ’ उनले भनिन्, ‘अब पुरानो गुरुयोजना रिभ्यु गर्नुपर्छ र वृहत्तर लुम्बिनी गुरुयोजना नयाँ बनाउनुपर्छ ।’

बजेट अभाव

हरेक वर्षको बुद्ध जयन्तीमा प्रधानमन्त्री र संघीय सरकारका विभागीय मन्त्रीहरुले गुरुयोजना पूरा गर्न बजेट अभाव हुन नदिने आश्वासन दिन्छन् । तर कुनै वर्ष पनि पर्याप्त बजेट विनियोजन हुन नसकेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यको गुनासो छ ।

संघीय सरकारसँग चालु आर्थिक वर्षमा एक अर्ब बजेट मागेकामा ४५ करोड मात्र पाएको तर गत वर्ष सम्पन्न कामको भुक्तानी दिन बाँकी नै करिब ६० करोड बढी भएको शाक्यले बताए । ‘लुम्बिनी विकास कोष बजेट अभावको चपेटामा परेको छ’ शाक्य भन्छन्, ‘भुक्तानी दिन नसकेर निर्माण व्यवसायीले कोषको कार्यालय घेराउ र आन्दोलन नै गरे ।’

योजना प्रमुख ई. भट्टले एक अर्ब ३० करोड भुक्तानी दिन बाँकी रहेको र तीन अर्ब रुपैयाँको काम हुन बाँकी रहेको बताइन् ।

केके काम बाँकी छन् ?

सदस्य सचिव शाक्यका अनुसार चार वटा प्रशासनिक भवन, हरवा र तेलार नदी व्यवस्थापन (डाइभर्सन), हेल्थपोष्ट, सोभेनियर सप (उपहार सामग्री बिक्री कक्ष) निर्माणको काम शुरु नै भएका छैनन् ।
यस्तै फोहोर व्यवस्थापन र नहर व्यवस्थापनको काम मुद्दा परेर रोकिएका छन् ।

योजना प्रमुख ई. भट्टले चार वटा प्रशासनिक भवन डिजाइन परिवर्तन गरेर मात्र बनाउनुपर्ने धारणा राख्छिन् । ‘५० वर्ष पुरानो डिजाइन अहिले उपयुक्त हुँदैन, रि–डिजाइन गरेर बनाउनुपर्छ,’ उनले भनिन् ।

अस्थिर सरकारको प्रभाव

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले एउटा सरकारले स्रोत सुनिश्चित गर्ने तर सरकार फेरबदलसँगै नयाँ सरकारले बजेट कटौती गर्ने परिपाटीले गुरुयोजना पूरा हुन ढिला भएको बताए ।

पछिल्ला वर्षहरुमा संघीय सरकारले बजेट नदिएको भन्दै उनले यही अवस्था रहे ५० वर्षमा पनि गुरुयोजना पूरा नहुने बताए ।

विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ७ अर्ब रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक