Connect with us
Advertisement

आज २०८२ साल वैशाख ३० गते मंगलबारको राशिफल

Published

on

आज २०८२ साल वैशाख ३० गते मंगलबार। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ मे १३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।  ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। निर्णय गर्ने क्षमताको विकास हुनेछ। दीर्घकालीन योजनामा समय खर्चिए सफलता प्राप्त हुनेछ। विपक्षी शान्त रहेकाले हरेक काममा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। अध्ययन अध्यापनमा जोस र जागर बढ्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुहोला।

मिथुन : साना कुरामा आक्रेश व्यक्त नगर्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँग समय बिताउनुपर्ने भएकाले धैर्यताको खाँचो देखिन्छ। अध्ययनमा जोस र जागर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : पुराना मानिससँगको भेटले नयाँ योजना बन्नेछ। धार्मिक अभियन्तासँगको सहकार्यले फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा घाटा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : खानपानमा समस्या हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु राम्रो हुनेछ। विपक्षी सक्रिय रहेकाले घेराबन्दीमा पर्ने जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : सहकार्यबाट अगाडि बढ्नुपर्ने दिन छ। परिवारलाई ठुलो विश्वास नगर्नु उचित हुनेछ। हरेक ठाउँमा कर्तव्य मात्र पूरा गर्नुपर्नेछ। राज्यमा सेवाको अवसर मिल्ने भएकाले सदुपयोग गर्नुपर्नेछ।

तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। मन खुशी हुने दिन छ। स्वास्थमा सुधार हुँदै जानेछ। परिवारको मायाले सोचेको काम सफल बन्नेछ।

वृश्चिक : तपाईंको राशिमा उदयमान चन्द्रमा पुगेका छन्। महत्त्वपूर्ण निर्णय लिन हिम्मत गर्नुपर्नेछ। विपक्षी साथीको साथ मिल्दा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्धमा भने खटपटी बढ्नेछ।

धनु : सोचेका काममा अवरोध सिर्जना हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट भने आंशिक फाइदा हुनेछ। राज्यको तर्फबाट प्राप्त हुने सेवाबाट बन्चित बन्नुपर्ने जोखिम छ।

मकर : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम बन्नेछ। राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा आकर्षण बढ्नेछ।

कुम्भ : धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। तर्क धेरै नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले उठाएको सवालको सम्बोधन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानीका दृष्टिले तपाईंको योजना सफल बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुन नसक्दा मन अशान्त बन्नेछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार

Published

on

नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।

सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

Continue Reading

Banner

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने

Published

on

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।

लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।

Continue Reading

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक