Connect with us
Advertisement

गीतकारहरू समाजका आँखीझ्याल हुन्

Published

on

डा. दामोदर रेग्मी

गीतकारहरू समाजका आँखीझ्याल हुन् । समाजमा भइरहेका विविध घटना, भावना, संघर्ष र परिवर्तनलाई गीतकारहरूले आफ्ना शब्दहरूमा बाँध्छन्। उनीहरूले जनताको हर्ष-विषाद, प्रेम-पीडा, आशा-निराशा जस्ता भावनालाई कलात्मक रूप दिन्छन्। गीतहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्; ती समाजको ऐना, चेतना र प्रेरणाको स्रोत पनि हुन्। समाजमा व्याप्त विसंगति र अन्यायको विरुद्ध आवाज उठाउने, राष्ट्रियता र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने काम पनि गीतकारहरूले गीतमार्फत गर्दै आएका छन्। त्यसैले, गीतकारहरू केवल रचनाकार होइनन्; समाजका संवेदनशील दृष्टा र मार्गदर्शक पनि हुन्। उनीहरूले आफ्नो कलामार्फत समाजलाई हेर्ने, महसुस गर्ने र बदल्ने भूमिका निर्वाह गर्न सक्दछन्।

गीत संगीत मानव जीवनको अमूल्य सम्पत्ति हो। गीतहरूले मानिसका भावना, विचार र अनुभवलाई शब्द र धुनको माध्यमबाट प्रकट गर्छन्। ती गीतहरू सिर्जना गर्ने व्यक्ति अर्थात् गीतकार समाजका संवेदनशील प्रेक्षक, चिन्तक र अभिव्यक्तिकर्ता हुन्। उनीहरूले समाजका हरेक तह र तप्कामा हुने घटनालाई कलात्मक रूपमा प्रस्तुत गर्छन्। प्रेम, विरह, मातृभूमिप्रेम, मानवता, करुणा, सद्भाव जस्ता विषयहरूमा रचित गीतहरूले समाजलाई भावना र संस्कृतिमा बाँधेर राख्ने काम गरेका छन्।

समाजमा हुने विसंगति, भेदभाव र अन्यायलाई उजागर गर्ने माध्यम पनि गीत हो। एकजना संवेदनशील गीतकार आफ्ना शब्दमार्फत समाजमा मौन रहेको आवाजलाई बुलन्द बनाउँछ। गीतकारहरू केवल समस्या देखाउने मात्र होइन, समाधानको बाटो देखाउने पनि हुँदछन्। उनीहरूका शब्दहरूले निराश जनमानसमा आशा जगाउँछ,  उदास मनमा सान्त्वना दिन्छ।

गीतकारहरू समाजका संवेदना र यथार्थलाई शब्द र लयमा प्रस्तुत गर्ने सिर्जनशील अभियन्ता हुन्। उनीहरूको गीत समाजको हरेक तहको अनुभूति बोकेको हुन्छ। यसैले गीतकारलाई समाजको आँखीझ्याल भन्ने गरिन्छ, किनभने उनीहरूले समाजलाई देख्ने, बुझ्ने र देखाउने काम गर्छन्। उनीहरू बिना समाजले आफ्ना भावना अभिव्यक्त गर्न सक्दैन। समाजका आँखीझ्यालका रूपमा गीतकारहरूको योगदान अत्यन्त महत्त्वपूर्ण, अमूल्य र सदैव प्रेरणादायी रहन्छ।

कुनै घटना विशेषले मलाइ पनि गीत लेख्न प्रेरित गर्यो। यसै क्रममा बेलाबखत कोरिएका  केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो । सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिक र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि गीतकारको दायित्व समेत थपिएको छ । गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ ।गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक  आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्।कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ।जानि नजानी आफूलाई यहि परिवेश अनुरुप अनुकुलित गराउदै गैरहेको छु ।

आम मानिसहरु जस्तै सर्जकहरु पनि यही समाजका व्यक्ति हुन्। समाजमा हुने विभिन्न घटनाहरुवाट सर्जकहरु उत्ति नै प्रभावित भैरहेका हुन्छन। उनीहरुको लेखनको मूल श्रोतनै सामजिक परिवेश र सो परिवेश भित्रका  पर्यावरणहरु हुन् ।लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना नयांपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता वा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ ।

यस्ता रचनाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ । सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् । कुनै एक कार्यक्रममा मलाई तपाइ भविष्यमा कुन धार भएको गीत सिर्जना गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो ।यसमा मेरो जवाफ थियो भविष्यको वारेमा त म अहिले भन्न सक्दिन तर अहिले लेखिएका गीतको प्रवृत्ति र ती गीतहरुमा पाएको पृष्ठपोषणको आधारमा सकारात्मकता, आशावादिता, सकारात्मक समाजको निर्माणमा  आशावादिताको सन्देश प्रवाह गर्ने खालका शव्दहरुले मेरो गीतमा स्थान पाउनेछन् ।

मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका अधिकांश गीतहरुलाई यहि धारमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।यस गीति संग्रहमा नविर्सने कथाको मीठो पाना तिमी, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको,  मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ,  विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन,  बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् ।

“अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला” मेरो रेकर्डिंग र म्युजिक भिडियो बनेको दोश्रो गीत हो । मूलत प्रेमभावमा अगाडी बढेको भएपनि यसको शव्द र संगीत ले सकारात्मकता र आशावादिताको सन्देश बोकेको पृष्ठपोषण मलाई प्राप्त भएको छ । धेरै स्थानहरुमा सकारात्मक सोचका प्रशिक्षण हुदा यो गीतले स्थान पाएको देखियो । यसगीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने संगीतकारको भूमिका  डि वि लामाले निर्वाह गरेका थिए । यो गीत आफैमा सकारात्मक भाव बोकेको र चुनौतीलाई स्वीकार्दै कर्मक्षेत्रमा लागिरहनु पर्ने वाक्यहरु गीतमा प्रयोग भएका थिए । यस गीतका थप केही वाक्यांशहरु यस्ता थिए जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् ,चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन ,  घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै ,  केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला , सुखदुख हो जीवन घुमिरहन्छ सधै सधै, अध्यारोमा सूर्य पनि हराउंछ कहि कतै। गीतको सफलता संगै यी हरफहरु धेरै चर्चित बने ।यी हरफहरुमा भिडियो, रिल र टिकटकहरु धेरै बने ।गीतले यस किसिमको सफलता प्राप्त गर्नमा संगीत र गायक गायिकाको स्वरको उच्च स्थान त रहेकै थियो त्यसमा प्रयोग भएका शव्दहरुले पनि राम्रै साथ दिइरहेका थिए ।

मेरो शव्द रहेको मुरलीधरको स्वर र संगीतमा आएको “सिरेटोले छुदै छुन्न”  गीतले विरह धार बोकेको भएपनि “साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिन” भन्ने हरफमा धेरै जनाबाट तारिफ आयो र गीतमा रहेको “सिरेटोले छुदै छुन्न”  आलापले पनि अति प्रशंसा पायो । विरह भावमा रहेको यो गीतको यो हरफले आशावादिताको सन्देश प्रवाह गरिरहेको कारणले यो गीतलाई धेरैले रुचाउनु भयो ।स्टार अफ द मन्थ र अन्य कार्यक्रमहरुमा यो गीतले धेरै पटक बज्ने सौभाग्य समेत पायो ।

यसै गरि मेरो शव्द, डि बी लामाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ” वोलको गीतमा पनि यस्ता केही सुखद अनुभूतिहरु रहन पुगे । सो गीत महिला स्वरको लागि तयार गरिएको थियो तर पुरुष स्वरमा आएको डमी  पनि अतिनै कर्णप्रिय बनेको थियो । समीक्षा अधिकारीको स्वरमा स्वारांकन गरिदा गीत मनमोहक बन्न गयो । गीतले एउटा विरह गाथा बोकेको थियो । तर यसका शव्द र हरफ हरुमा श्रोताबाट राम्रो पृष्ठपोषण प्राप्त हुन पुग्यो ।”मनभरिको वेदना यो कुन चिठीमा लेखुं, पुर्याइदिने हुलाकी म  कतै छन् कि खोजुं”  “जूनको उज्यालो संगै आउछौ जस्तो लाग्छ” लगायतका सकारात्मक सन्देश बोकेका हरफले धेरै प्रशंसा पायो ।

मेरो शव्द, आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” गीतमा पनि सकारात्मक सन्देश बोकेका शव्दहरुको प्रयोगले छुट्टै छाप छोड्न सफल भयो।

मेरो शव्द रहेको, आनि छोइङ्ग डोल्माको स्वर र किर्ति न्यौपानेको संगीतमा रहेको जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढैको छ । आनि छोइङ्गले यस अघि गाएको चर्चित गीत फुलको आंखामा फुलै संसार पनि यहि भावमा रहेको थियो । यसै कारणले पनि जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतमा उहांको स्वर प्रयोग गर्न उपयुक्त ठानिएको थियो ।यस गीतका अन्य वाक्यांशहरुमा कहिले हसायो कहिले रुवायो जीवनका पहलु सवै सिकायो,  बाधा विघ्न आउंछन् धेरै नमानी रत्ति , दुखमा आंशु पुछि सुखमा नमात्ति , व्यथाहरु लुकाइ हांस्न सिकायो ,  भत्केका ती आशालाई जोड्न सिकायो , ओइलाएको मन भित्र नयां जोश पलायो, चुनौतीको सामनामा उर्जा दिलायो,  पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिड्न बाटो देखायो  रहेका छन् ।यी केही गीतहरुमा प्रयोग भएका शव्दहरु र तिनमा आएका प्रतिकृयाहरु र मलाइ अन्तरवार्तामा सोध्दा दिएको उत्तर उस्तै सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्ने गरि गीतका शव्दहरु संयोजन गर्ने कार्यमा सलग्न रहने र सकभर यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ ।

गीतकारहरू समाजका संवेदना र यथार्थलाई शब्द र लयमा प्रस्तुत गर्ने सिर्जनशील अभियन्ता हुन्। उनीहरूको गीत समाजको हरेक तहको अनुभूति बोकेको हुन्छ। यसैले गीतकारलाई समाजको आँखीझ्याल भन्ने गरिन्छ, किनभने उनीहरूले समाजलाई देख्ने, बुझ्ने र देखाउने काम गर्छन्। उनीहरू बिना समाजले आफ्ना भावना अभिव्यक्त गर्न सक्दैन। समाजका आँखीझ्यालका रूपमा गीतकारहरूको योगदान अत्यन्त महत्त्वपूर्ण, अमूल्य र सदैव प्रेरणादायी रहन्छ।

    डा. दामोदर रेग्मी  प्रशासनविद तथा वरिष्ठ गीतकार हुन् 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक