Banner
गीतकारहरू समाजका आँखीझ्याल हुन्
डा. दामोदर रेग्मी
गीतकारहरू समाजका आँखीझ्याल हुन् । समाजमा भइरहेका विविध घटना, भावना, संघर्ष र परिवर्तनलाई गीतकारहरूले आफ्ना शब्दहरूमा बाँध्छन्। उनीहरूले जनताको हर्ष-विषाद, प्रेम-पीडा, आशा-निराशा जस्ता भावनालाई कलात्मक रूप दिन्छन्। गीतहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्; ती समाजको ऐना, चेतना र प्रेरणाको स्रोत पनि हुन्। समाजमा व्याप्त विसंगति र अन्यायको विरुद्ध आवाज उठाउने, राष्ट्रियता र सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने काम पनि गीतकारहरूले गीतमार्फत गर्दै आएका छन्। त्यसैले, गीतकारहरू केवल रचनाकार होइनन्; समाजका संवेदनशील दृष्टा र मार्गदर्शक पनि हुन्। उनीहरूले आफ्नो कलामार्फत समाजलाई हेर्ने, महसुस गर्ने र बदल्ने भूमिका निर्वाह गर्न सक्दछन्।
गीत संगीत मानव जीवनको अमूल्य सम्पत्ति हो। गीतहरूले मानिसका भावना, विचार र अनुभवलाई शब्द र धुनको माध्यमबाट प्रकट गर्छन्। ती गीतहरू सिर्जना गर्ने व्यक्ति अर्थात् गीतकार समाजका संवेदनशील प्रेक्षक, चिन्तक र अभिव्यक्तिकर्ता हुन्। उनीहरूले समाजका हरेक तह र तप्कामा हुने घटनालाई कलात्मक रूपमा प्रस्तुत गर्छन्। प्रेम, विरह, मातृभूमिप्रेम, मानवता, करुणा, सद्भाव जस्ता विषयहरूमा रचित गीतहरूले समाजलाई भावना र संस्कृतिमा बाँधेर राख्ने काम गरेका छन्।
समाजमा हुने विसंगति, भेदभाव र अन्यायलाई उजागर गर्ने माध्यम पनि गीत हो। एकजना संवेदनशील गीतकार आफ्ना शब्दमार्फत समाजमा मौन रहेको आवाजलाई बुलन्द बनाउँछ। गीतकारहरू केवल समस्या देखाउने मात्र होइन, समाधानको बाटो देखाउने पनि हुँदछन्। उनीहरूका शब्दहरूले निराश जनमानसमा आशा जगाउँछ, उदास मनमा सान्त्वना दिन्छ।
गीतकारहरू समाजका संवेदना र यथार्थलाई शब्द र लयमा प्रस्तुत गर्ने सिर्जनशील अभियन्ता हुन्। उनीहरूको गीत समाजको हरेक तहको अनुभूति बोकेको हुन्छ। यसैले गीतकारलाई समाजको आँखीझ्याल भन्ने गरिन्छ, किनभने उनीहरूले समाजलाई देख्ने, बुझ्ने र देखाउने काम गर्छन्। उनीहरू बिना समाजले आफ्ना भावना अभिव्यक्त गर्न सक्दैन। समाजका आँखीझ्यालका रूपमा गीतकारहरूको योगदान अत्यन्त महत्त्वपूर्ण, अमूल्य र सदैव प्रेरणादायी रहन्छ।
कुनै घटना विशेषले मलाइ पनि गीत लेख्न प्रेरित गर्यो। यसै क्रममा बेलाबखत कोरिएका केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो । सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिक र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि गीतकारको दायित्व समेत थपिएको छ । गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ ।गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्।कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ।जानि नजानी आफूलाई यहि परिवेश अनुरुप अनुकुलित गराउदै गैरहेको छु ।
आम मानिसहरु जस्तै सर्जकहरु पनि यही समाजका व्यक्ति हुन्। समाजमा हुने विभिन्न घटनाहरुवाट सर्जकहरु उत्ति नै प्रभावित भैरहेका हुन्छन। उनीहरुको लेखनको मूल श्रोतनै सामजिक परिवेश र सो परिवेश भित्रका पर्यावरणहरु हुन् ।लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना नयांपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता वा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ ।
यस्ता रचनाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ । सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् । कुनै एक कार्यक्रममा मलाई तपाइ भविष्यमा कुन धार भएको गीत सिर्जना गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको थियो ।यसमा मेरो जवाफ थियो भविष्यको वारेमा त म अहिले भन्न सक्दिन तर अहिले लेखिएका गीतको प्रवृत्ति र ती गीतहरुमा पाएको पृष्ठपोषणको आधारमा सकारात्मकता, आशावादिता, सकारात्मक समाजको निर्माणमा आशावादिताको सन्देश प्रवाह गर्ने खालका शव्दहरुले मेरो गीतमा स्थान पाउनेछन् ।
मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका अधिकांश गीतहरुलाई यहि धारमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।यस गीति संग्रहमा नविर्सने कथाको मीठो पाना तिमी, कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको, मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ, विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन, बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् ।
“अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला” मेरो रेकर्डिंग र म्युजिक भिडियो बनेको दोश्रो गीत हो । मूलत प्रेमभावमा अगाडी बढेको भएपनि यसको शव्द र संगीत ले सकारात्मकता र आशावादिताको सन्देश बोकेको पृष्ठपोषण मलाई प्राप्त भएको छ । धेरै स्थानहरुमा सकारात्मक सोचका प्रशिक्षण हुदा यो गीतले स्थान पाएको देखियो । यसगीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने संगीतकारको भूमिका डि वि लामाले निर्वाह गरेका थिए । यो गीत आफैमा सकारात्मक भाव बोकेको र चुनौतीलाई स्वीकार्दै कर्मक्षेत्रमा लागिरहनु पर्ने वाक्यहरु गीतमा प्रयोग भएका थिए । यस गीतका थप केही वाक्यांशहरु यस्ता थिए जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् ,चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन , घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै , केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला , सुखदुख हो जीवन घुमिरहन्छ सधै सधै, अध्यारोमा सूर्य पनि हराउंछ कहि कतै। गीतको सफलता संगै यी हरफहरु धेरै चर्चित बने ।यी हरफहरुमा भिडियो, रिल र टिकटकहरु धेरै बने ।गीतले यस किसिमको सफलता प्राप्त गर्नमा संगीत र गायक गायिकाको स्वरको उच्च स्थान त रहेकै थियो त्यसमा प्रयोग भएका शव्दहरुले पनि राम्रै साथ दिइरहेका थिए ।
मेरो शव्द रहेको मुरलीधरको स्वर र संगीतमा आएको “सिरेटोले छुदै छुन्न” गीतले विरह धार बोकेको भएपनि “साहस त जुटाउंला खेर जान दिने छैन, तिम्रो जीवनको यात्रा नटुटोस कुनै दिन” भन्ने हरफमा धेरै जनाबाट तारिफ आयो र गीतमा रहेको “सिरेटोले छुदै छुन्न” आलापले पनि अति प्रशंसा पायो । विरह भावमा रहेको यो गीतको यो हरफले आशावादिताको सन्देश प्रवाह गरिरहेको कारणले यो गीतलाई धेरैले रुचाउनु भयो ।स्टार अफ द मन्थ र अन्य कार्यक्रमहरुमा यो गीतले धेरै पटक बज्ने सौभाग्य समेत पायो ।
यसै गरि मेरो शव्द, डि बी लामाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ, चराहरु बास वसिसके तिमी अझै आएनौ” वोलको गीतमा पनि यस्ता केही सुखद अनुभूतिहरु रहन पुगे । सो गीत महिला स्वरको लागि तयार गरिएको थियो तर पुरुष स्वरमा आएको डमी पनि अतिनै कर्णप्रिय बनेको थियो । समीक्षा अधिकारीको स्वरमा स्वारांकन गरिदा गीत मनमोहक बन्न गयो । गीतले एउटा विरह गाथा बोकेको थियो । तर यसका शव्द र हरफ हरुमा श्रोताबाट राम्रो पृष्ठपोषण प्राप्त हुन पुग्यो ।”मनभरिको वेदना यो कुन चिठीमा लेखुं, पुर्याइदिने हुलाकी म कतै छन् कि खोजुं” “जूनको उज्यालो संगै आउछौ जस्तो लाग्छ” लगायतका सकारात्मक सन्देश बोकेका हरफले धेरै प्रशंसा पायो ।
मेरो शव्द, आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको “एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ अबोध निश्चल त्यो नयनमा समाइदेउ, फूलैफूलको बाटिकामा प्रेमवर्षा गराइदेउ” गीतमा पनि सकारात्मक सन्देश बोकेका शव्दहरुको प्रयोगले छुट्टै छाप छोड्न सफल भयो।
मेरो शव्द रहेको, आनि छोइङ्ग डोल्माको स्वर र किर्ति न्यौपानेको संगीतमा रहेको जिन्दगीको पाठशालाले धेरै पढायो शव्दको गीत जीवन को भोगाई र सकारात्मक सोच सँग जोडिएको एउटा सकारात्मकता तर्फ अभिप्रेरित गर्ने भाववाट अघि वढैको छ । आनि छोइङ्गले यस अघि गाएको चर्चित गीत फुलको आंखामा फुलै संसार पनि यहि भावमा रहेको थियो । यसै कारणले पनि जिन्दगीको पाठशालाले धेरै पढायो वोलको गीतमा उहांको स्वर प्रयोग गर्न उपयुक्त ठानिएको थियो ।यस गीतका अन्य वाक्यांशहरुमा कहिले हसायो कहिले रुवायो जीवनका पहलु सवै सिकायो, बाधा विघ्न आउंछन् धेरै नमानी रत्ति , दुखमा आंशु पुछि सुखमा नमात्ति , व्यथाहरु लुकाइ हांस्न सिकायो , भत्केका ती आशालाई जोड्न सिकायो , ओइलाएको मन भित्र नयां जोश पलायो, चुनौतीको सामनामा उर्जा दिलायो, पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिड्न बाटो देखायो रहेका छन् ।यी केही गीतहरुमा प्रयोग भएका शव्दहरु र तिनमा आएका प्रतिकृयाहरु र मलाइ अन्तरवार्तामा सोध्दा दिएको उत्तर उस्तै सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्ने गरि गीतका शव्दहरु संयोजन गर्ने कार्यमा सलग्न रहने र सकभर यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ ।
गीतकारहरू समाजका संवेदना र यथार्थलाई शब्द र लयमा प्रस्तुत गर्ने सिर्जनशील अभियन्ता हुन्। उनीहरूको गीत समाजको हरेक तहको अनुभूति बोकेको हुन्छ। यसैले गीतकारलाई समाजको आँखीझ्याल भन्ने गरिन्छ, किनभने उनीहरूले समाजलाई देख्ने, बुझ्ने र देखाउने काम गर्छन्। उनीहरू बिना समाजले आफ्ना भावना अभिव्यक्त गर्न सक्दैन। समाजका आँखीझ्यालका रूपमा गीतकारहरूको योगदान अत्यन्त महत्त्वपूर्ण, अमूल्य र सदैव प्रेरणादायी रहन्छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा वरिष्ठ गीतकार हुन्
Facebook Comment
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login