Connect with us
Advertisement

यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका १० कम्पनी

Published

on

२ जेठ, काठमाडौं । यो साता सेयर बजार १.८७ प्रतिशत अर्थात् ५० अंक घटेको छ । गत साता २६६१ अंकमा बन्द भएको बजार यो साता २६११ मा झरेको छ ।

यो साता कारोबार भएका चारै दिन बजार घट्यो । सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । पहिलो दिन आइतबार १२.५३ अंक घटेको बजार मंगलबार १४.८७, बुधबार १३.९६ र बिहीबार ८.४१ अंक घट्यो ।

बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको छ । आइतबार १० अर्ब २० करोडको कारोबार भएकोमा मंगलबार ९ अर्ब ६३ करोड, बुधबार ८ अर्ब ७३ करोड तथा बिहीबार ७ अर्ब ८ करोडमा खुम्चियो ।

यो साता होटल तथा पर्यटन सेक्टरले राम्रो प्रदर्शन गरेको छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ७.३० प्रतिशत बढ्यो । साथै विकास बैंक समूह १ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर यो साता घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ६ प्रतिशत घट्यो ।

किन घटिरहेको छ बजार ?

पछिल्लो समय बजार घटिरहनुको प्रमुख कारण गभर्नर नियुक्ति प्रक्रिया बल्झिनु हो । सत्ता साझेदार दलबीच गभर्नर नियुक्तिका विषयमा देखिएको किचलो त्यसपछि अदालतमा परेका मुद्दा मामिलाका कारण लगानीकर्ता सशंकित देखिएका हुन् ।

राष्ट्र बैंकजस्तो महत्त्वपूर्ण, संवेदनशील निकायलाई राजनीतिक भागबण्डामा मुछिँदै लगेपछि लगानीकर्तामा निराशा थपिएको छ । अझ सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा पर्न थालेपछि गभर्नर नियुक्ति प्रक्रिया थप लम्बिन सक्ने डर बढेको छ ।

राजनीतिक दाउपेचबाटै वित्तीय क्षेत्रलाई नबुझेको व्यक्ति गभर्नर नियुक्ति हुन सक्ने र यसबाट वित्तीय क्षेत्रलाई दीर्घकालीन रुपमा नकारात्क असर पार्न सक्ने चिन्ता पनि लगानीकर्तामा छ ।

अर्कोतर्फ कम्पनीहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि उत्साहजनक नदेखिनुले बजारलाई प्रभाव पारेको छ ।

धेरै कारोबार भएका कम्पनी

यो साता धेरै कारोबार हुनेमा हाइड्रोपावर कम्पनीहरुको वर्चस्व रह्यो । राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र नेपाल माइक्रो इन्स्योरेन्स क्रमशः यो साता रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनी हुन् ।

कारोबार संख्याका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, युनिभर्सल पावर, ङादी ग्रुप, राधि विद्युत् क्रमशः अगाडि रहे ।

विश्वका ठूला बजार उकालो लागे

व्यापार युद्ध मत्थर हुने संकेतसँगै ठूला बजार पनि सुधारोन्मुख देखिएका छन् । अमेरिकाले चीनसहितका मुलुकसँग करका विषयमा सम्वाद गरेसँगै दुवै मुलुकका स्टक मार्केटले वृद्धिको लय समातेका छन् ।

यो साता अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डस्ट्रियल इन्डेक्स २.२२ प्रतिशत बढेको छ । एक महिनामा यो सूचक ६.६९ प्रतिशत बढेको छ ।

त्यस्तै ठूला कम्पनीको सूचक एस एण्ड पी ५०० पनि ४.१८ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक १२.१५ प्रतिशत बढिसकेको छ ।

चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.३१ प्रतिशत बढेको छ । विगत एक महिनामा सो इन्डेक्स २.६७ प्रतिशत बढेको छ । हङकङको ह्याङसेन्ग इन्डेक्स यो साता ०.४१ प्रतिशत बढेको छ । एक महिनामा यो सूचक १०.५४ प्रतिशत बढेको छ ।

जापानको निक्की २२५ इन्डेक्स विगत एक सातामा ०.१५ प्रतिशत बढेको छ । यो इन्डेक्स विगत एक महिनामा भने ११.३० प्रतिशत बढिसकेको छ ।  भारतको बीएसई सेन्सेक्स यो साता ०.५९ प्रतिशत बढेको छ । एक महिनामा सो सूचक ६.८१ प्रतिशत बढेको छ ।

कता जाला आगामी साताको बजार ?

बजारमा सूचीकृत सबैजसो कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार बैंकहरूको कर्जा रिकभरीमा केही समस्या देखिएको छ । निष्क्रिय कर्जा बढ्नु र प्रोभिजन रकम बढ्नुले त्यसलाई पुष्टि गर्छ ।

जसले गर्दा केही बैंक यो वर्ष पनि लाभांश दिन नसक्ने स्थितिमा छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुको नाफा ठूलै दरले घटेको छ । यी दुई बाहेक अन्य सेक्टरका कम्पनीको वित्तीय विवरण बिग्रिएको छैन ।

अर्कोतर्फ बैंकहरुले जेठका लागि सार्वजनिक गरेको ब्याजदर औसतमा सामान्य घटेको छ । यसको अर्थ तत्काल ब्याज बढ्ने अवस्था छैन । जेठ र असार महिना पर्याप्त पूँजीगत खर्च हुने महिना हो । तसर्थ यसले बैंकमा थप निक्षेप बढ्न गई ब्याजदर थप घटाउन दवाव पुग्ने अनुमान गरिएको छ । घटेको ब्याजदर पनि बजारलाई सकारात्मक सपोर्ट गर्दछ ।

बजार बढ्ने आधार बलिया रहे पनि छोटो अवधिमा लगानीकर्ताले राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई बढी चासोका साथ हेरेका छन् । यतिबेला बजार बलियो सपोर्टनजिकको विन्दुमा झरेको छ ।

दैनिक क्यान्डिलस्टिक चार्टअनुसार २६०८ मा सपोर्ट देखिन्छ भने २५८० मा अर्को बलियो सपोर्ट छ । यतिबेला रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ मा छ । यसले घटाइको शक्ति कमजोर बनेको संकेत दिन्छ । तसर्थ बजार आगामी साता बढ्ने संभावना बलियो बनेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक