Banner
सुन तस्करी : भरिया जेलमा, मालिक सधैँ फरार
काठमाडौँ — तिब्बतको केरुङबाट स्याउको कन्टेनरमा ल्याउँदै गरेको ७ किलो ६ सय ५३ ग्राम सुन आइतबार रसुवा भन्सारहातामा बरामद भयो। तर सुन कसको हो भनेर खुलेको छैन। प्रहरीले कन्टेनर चालक किशोर भुजेललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले बरामद भएको सुनका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। प्रहरीले कन्टेनर चालक भुजेललाई सोधपुछ गरिरहेको छ। तर भुजेलले सुनको मालिक को हो भनेर मुख खोलेका छैनन्।
‘हामीले चालक भुजेललाई पटक-पटक सोधपुछ गरिरहेका छौँ। तर उनले थाहा नभएको बताउँछन्,’ डीएसपी शाहीले भने। नाकाबाट केरुङ जाने अधिकार रसुवावासीलाई मात्र छ। काठमाडौँबाट लगेको खाली कन्टेनरलाई रसुवा स्थायी ठेगाना उल्लेख भएको पास पाएका चालकले मात्र तिब्बती भूभाग केरुङ लैजान पाउँछन्।
सोही व्यवस्था अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका‐५ का २४ वर्षीय किशोरले कन्टेनर केरुङ लगेका थिए। कन्टेनरमा ‘फल्स बटम’ बनाएकाले चालक वा मालिकको सहमतिविना यस्तो संरचना बनाउन सकिँदैन । फल्स बटम बनाउन कन्टेनरको संरचना नै बिगार्नुपर्छ ।
चालकलाई थाहै नभई सुनलाई ‘फल्स बटम’ बनाएर ल्याउने सम्भावना नभएको प्रहरी स्रोतको भनाइ छ । तर चालकले आफूले कन्टेनर हाँकेर ल्याएको तर सुनको विषयमा जानकारी नभएको प्रारम्भिक बयान दिएका छन्।
त्यहीकारण अहिलेसम्मका अधिकांश सुन बरामद प्रकरणमा भरिया पक्राउ पर्छन्। तर मालिक कहिल्यै भेटिँदैनन्। तातोपानी नाकामा पनि विशेषतः भूकम्प अघि धरै पटक सुन बरामद भएको थियो। धरै जसो मालिक पत्ता नलागेरै मुद्दा फैसला हुने गरेको छ।
स्रोतका अनुसार चालक वा भरियालाई मालिकको पहिचान नखुलाउन पहिल्यै ग्यारेन्टी गरिएको हुन्छ। जेल परेमा उसको सबै प्रक्रियामा लाग्ने खर्च र परिवारको रेखदेखसम्मको ग्यारेन्टी गरिने भएको उनीहरूले मालिक बताउन नचाहने प्रहरीको भनाइ छ। त्यसैले सुनको मालिक पत्ता नलाग्ने तर भरियाले जेल बस्नुपर्ने समस्या रहेको छ।
आइतबार पक्राउ परेका भुजेललाई प्रहरीले सोमबार (आज) सुनसहित भन्सारमा बुझाउने तयारी गरेको छ । कन्टेनर चालकले आफू बस्ने सिट नजिकै ‘फल्स बटम’ बनाएर ल्याएको उक्त सुनको ७ वटा बिस्कुट आकारको र केही साना टुक्रा रहेको छ ।
रसुवा प्रहरीले पाएको सुराकीको आधारमा बा ४ ख ६२०१ नम्बरको कन्टेनरलाई मितेरी पुल पार गरे लगत्तै नियन्त्रणमा लिएको थियो । डीएसपी शाही सुनको सुराकी पाएपछि सदरमुकामबाट रसुवा नाका गएका थिए । उनी सुराकीको आधारमा केही दिनदेखि नाकाबाट आउने कन्टेनरको निगरानीमा थिए। नाकामा सशस्त्र र नेपाल प्रहरी तथा भन्सार कर्मचारीले कन्टेनरको जाँच गरेका थिए ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले स्याउ बोकेको उक्त कन्टेनरलाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीले प्रतिवेदनसहित चालकलाई भन्सारलाई बुझाउने छ। एक करोड मूल्य बराबरको सुनको मुद्दा छिनोफानो गर्ने अधिकार भन्सार प्रमुखलाई नै हुने व्यवस्था छ । तर बजार मूल्य अनुसार बरामद भएको सुनको मूल्य एक करोड बढी हुने भएकाले जिल्ला अदालतमा मुद्दा पेश गर्नुपर्नेछ ।
सुन भने अदालतमा दसीको रूपमा देखाएर नेपाल राष्ट्र बैङ्कलाई बुझाउने भन्सार प्रमुख भट्टराईले बताए ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login