Banner
सुन तस्करी : भरिया जेलमा, मालिक सधैँ फरार
काठमाडौँ — तिब्बतको केरुङबाट स्याउको कन्टेनरमा ल्याउँदै गरेको ७ किलो ६ सय ५३ ग्राम सुन आइतबार रसुवा भन्सारहातामा बरामद भयो। तर सुन कसको हो भनेर खुलेको छैन। प्रहरीले कन्टेनर चालक किशोर भुजेललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले बरामद भएको सुनका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। प्रहरीले कन्टेनर चालक भुजेललाई सोधपुछ गरिरहेको छ। तर भुजेलले सुनको मालिक को हो भनेर मुख खोलेका छैनन्।
‘हामीले चालक भुजेललाई पटक-पटक सोधपुछ गरिरहेका छौँ। तर उनले थाहा नभएको बताउँछन्,’ डीएसपी शाहीले भने। नाकाबाट केरुङ जाने अधिकार रसुवावासीलाई मात्र छ। काठमाडौँबाट लगेको खाली कन्टेनरलाई रसुवा स्थायी ठेगाना उल्लेख भएको पास पाएका चालकले मात्र तिब्बती भूभाग केरुङ लैजान पाउँछन्।
सोही व्यवस्था अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका‐५ का २४ वर्षीय किशोरले कन्टेनर केरुङ लगेका थिए। कन्टेनरमा ‘फल्स बटम’ बनाएकाले चालक वा मालिकको सहमतिविना यस्तो संरचना बनाउन सकिँदैन । फल्स बटम बनाउन कन्टेनरको संरचना नै बिगार्नुपर्छ ।
चालकलाई थाहै नभई सुनलाई ‘फल्स बटम’ बनाएर ल्याउने सम्भावना नभएको प्रहरी स्रोतको भनाइ छ । तर चालकले आफूले कन्टेनर हाँकेर ल्याएको तर सुनको विषयमा जानकारी नभएको प्रारम्भिक बयान दिएका छन्।
त्यहीकारण अहिलेसम्मका अधिकांश सुन बरामद प्रकरणमा भरिया पक्राउ पर्छन्। तर मालिक कहिल्यै भेटिँदैनन्। तातोपानी नाकामा पनि विशेषतः भूकम्प अघि धरै पटक सुन बरामद भएको थियो। धरै जसो मालिक पत्ता नलागेरै मुद्दा फैसला हुने गरेको छ।
स्रोतका अनुसार चालक वा भरियालाई मालिकको पहिचान नखुलाउन पहिल्यै ग्यारेन्टी गरिएको हुन्छ। जेल परेमा उसको सबै प्रक्रियामा लाग्ने खर्च र परिवारको रेखदेखसम्मको ग्यारेन्टी गरिने भएको उनीहरूले मालिक बताउन नचाहने प्रहरीको भनाइ छ। त्यसैले सुनको मालिक पत्ता नलाग्ने तर भरियाले जेल बस्नुपर्ने समस्या रहेको छ।
आइतबार पक्राउ परेका भुजेललाई प्रहरीले सोमबार (आज) सुनसहित भन्सारमा बुझाउने तयारी गरेको छ । कन्टेनर चालकले आफू बस्ने सिट नजिकै ‘फल्स बटम’ बनाएर ल्याएको उक्त सुनको ७ वटा बिस्कुट आकारको र केही साना टुक्रा रहेको छ ।
रसुवा प्रहरीले पाएको सुराकीको आधारमा बा ४ ख ६२०१ नम्बरको कन्टेनरलाई मितेरी पुल पार गरे लगत्तै नियन्त्रणमा लिएको थियो । डीएसपी शाही सुनको सुराकी पाएपछि सदरमुकामबाट रसुवा नाका गएका थिए । उनी सुराकीको आधारमा केही दिनदेखि नाकाबाट आउने कन्टेनरको निगरानीमा थिए। नाकामा सशस्त्र र नेपाल प्रहरी तथा भन्सार कर्मचारीले कन्टेनरको जाँच गरेका थिए ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले स्याउ बोकेको उक्त कन्टेनरलाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीले प्रतिवेदनसहित चालकलाई भन्सारलाई बुझाउने छ। एक करोड मूल्य बराबरको सुनको मुद्दा छिनोफानो गर्ने अधिकार भन्सार प्रमुखलाई नै हुने व्यवस्था छ । तर बजार मूल्य अनुसार बरामद भएको सुनको मूल्य एक करोड बढी हुने भएकाले जिल्ला अदालतमा मुद्दा पेश गर्नुपर्नेछ ।
सुन भने अदालतमा दसीको रूपमा देखाएर नेपाल राष्ट्र बैङ्कलाई बुझाउने भन्सार प्रमुख भट्टराईले बताए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login