Connect with us
Advertisement

फर्जी सेयर कारोबार गरेर कसरी जनता फसाउँछन् दीपेन्द्र अग्रवाल ?

Published

on

५ जेठ, काठमाडौं । २५ पुस २०८१ मा सेयर कारोबारी दीपेन्द्र अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता सेयर ज्योति अग्रवाललाई बिक्री गरे । त्यसपछि ज्योति अग्रवालको टीएमएस पनि दीपेन्द्रले नै चलाइ १६ वैशाख २०८२ मा बैंकको २० हजार कित्ता सेयर स्मार्ट डोर्स लिमिटेडलाई बिक्री गरे । स्मार्ट डोर्स लिमिटेडमा दीपेन्द्र सञ्चालक हुन् । उक्त कम्पनीमा उनो ०.०४ प्रतिशत सेयर छ । साथै, उनका पिता जयप्रकाशको २२.१३ प्रतिशत सेयर छ ।

त्यसैगरी दीपेन्द्रले गोर्खाज फाइनान्सको सेयर ज्योति अग्रवालको नामबाट किनेका छन् । यो अवधिमा सेयर मूल्य बढाउन उनले आफ्नो नामको सेयर पनि ज्योतिलाई खरिद गराएका छन् । आफ्ना बुबाबाट रामसिंह साउदका नाममा खरिद गरेका छन् । सोही अवधिमा उनले आफ्ना पिताबाट नेपाल बैंकको सेयर खरिद गरेका छन् । उनले यसरी सेयरको मूल्यमा चलखेल गर्न  १५ जनाको नामबाट आफैँ खरिद–बिक्री गर्ने गरेको धितोपत्र बोर्डकै अध्ययनले पुष्टि गरेको छ ।

दीपेन्द्रले सेयरमात्र होइन, ती सबैको खाताबाट सेयर किनबेचको पैसा पनि ट्रान्स्फर गरेर आफ्नोमा ल्याउने तथा ती खातामा पठाउने गर्छन् । उनले आफ्ना बुबाको खाताबाट सविता अग्रवालको खातामा पठाउने र सविताको खाताबाट आफ्नोमा पठाउने गरेको देखिन्छ । त्यसपछि ज्योतिको नाममा किनिएको सेयर भुक्तानीका लागि पनि पिता अग्रवालको खाताको रकम प्रयोग गरेका छन् ।

दीपेन्द्रले खरिद गरेको सेयर आफूलाई पायक पर्ने गरी क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मार्फत निक्षेप खातामा पठाउन लगाउने । उनले आधिकांश सेयर जुन कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सँग लिंक भएको हो, त्यसमा नभई अन्य ब्रोकर कम्पनीमा रहेको निक्षेप खातामा पठाइ कारोबार गर्छन् ।

सेयर कारोबारी अग्रवालले सेयर वास्तविक स्वामित्व परिवर्तन गरी कसरी कारोबार गर्थे भन्ने कुरा माथिका उदाहरणबाट पनि स्पष्ट हुन्छ । उनले सेयरको मूल्य बढाउन र धेरै सेयर खरिद गरेर राख्नका लागि १५ व्यक्तिको नामबाट कारोबार गर्छन् ।

सेयर मूल्य बढाउन पर्दा तिनै खाताबीच कारोबार गराउँछन् । साथै, उनले अहिलेको नेप्सेको कारोबार प्रणालीको कमजोरीको पनि फाइदा लिएका छन् । एक व्यक्तिले धेरैमा २ वटा सम्म निक्षेप खाता खोल्न सक्छ । सोही आधारमा २ वटासम्म टीएमएस लिन सक्छ । त्यसलाई अग्रवालले एक धितोपत्र ब्रोकरबाट किन्ने र सेयर भने अर्कोमा राख्न लगाउने गरी लगानीकर्तालाई झुक्याउन प्रयोग गरेको देखिन्छ ।

यो पनि पढ्नुहोस

दिपेन्द्र अग्रवालको कारोबार : आफूले बेचेको सेयर आफैं किन्‍ने, महँगोमा जनता फसाउने

दीपेन्द्रले बजारमा अस्वाभाविक गतिविधि गर्ने र ब्रोकरलाई पनि झुक्याउन खोजेपछि विगतमा पनि तीन ब्रोकर कम्पनीसँग सम्बन्ध बिगारेको एक धितोपत्र ब्रोकरले बताए ।

‘दीपेन्द्र आफूले लिनुपर्ने पैसा लिने तर ब्रोकरलाई तिर्नुपर्ने पैसा नतिरेपछि ती ब्रोकरसँग सम्बन्ध बिग्रेको साथीहरूको गुनासो थियो,’ ती ब्रोकरले भने, ‘फर्जी खाताबाट कारोबार मात्र नभई अग्रवालले नेप्सेको कारोबार प्राणलीको कमजोरी प्रयोग गर्दै ब्रोकरलाई पनि फसाउन खोजेको देखिन्छ ।’

धितोपत्र ब्रोकरका अनुसार दीपेन्द्रजस्ता कारोबारीका कारण धेरै लगानीकर्ताले सेयरबजारमा पैसा गुमाउने गरेका छन् । दीपेन्द्रले समाजिक सञ्जाल मार्फत हल्ला गर्ने अनि बजार खुलेपछि आफूले बेच्ने गर्दा धेरै लगानीकर्ताले गुमाएका ब्रोकरहरूको भनाइ छ ।

‘फर्जी खाताबाट कारोबार मात्र नभई अग्रवालले नेप्सेको कारोबार प्राणलीको कमजोरी प्रयोग गर्दै ब्रोकरलाई पनि फसाउन खोजेको देखिन्छ ।’

उनले सेयर खरिद गरेर एकीकृत गरिसकेपछि हल्ला फैलाउने र मूल्य बढाएर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने गर्दै आएका छन् ।

दीपेन्द्रले सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको भएर नै धितोपत्र बोर्ड र प्रहरीले अनुसन्धान गरेको तर्क ब्रोकरहरूको छ । धितोपत्र ऐनअनुसार यस किसिमको कारोबार दण्डनीय अपराध हो ।

उदाहरणका लगानी केही कम्पनीको ५२ साताको उच्च र न्यून मूल्य हेर्दा पनि दीपेन्द्रले लगानीकर्तालाई फसाएको स्पष्ट हुन्छ । उनले ५२ साता अवधिमा नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ हजार ६ सय १४ रुपैयाँसम्म पुर्‍याएका छन ।

यो पनि पढ्नुहोस

लगानीकर्ता फसाउन अग्रवालले क्लब हाउस र फेसबुक दुरुपयोग गरेको प्रहरीद्वारा पुष्टि

त्यसैगरी समस्यामा रहेको कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ३ सय २० बाट ८ सय ७० सम्म पुर्‍याएका थिए । अहिले नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ६ सय ८ छ । त्यसैगरी कर्णाली डेभलमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि सेयर कारोबार बन्द छ ।

दीपेन्द्र अग्रवालले जनता फसाउन प्रयोग गरेका केही कम्पनी र तिनको ५२ साताको उच्च, न्यून र हालको सेयर मूल्य :
कम्पनी न्यून मूल्य (रुपैयाँ) उच्च मूल्य (रुपैयाँ) सोमबारको मूल्य 
नेपाल फाइनान्स ४८७ २६१४ ६०८
सिन्धु विकास बैंक ३६८ १४८२ ७९६
पोखरा फाइनान्स ३३९ ७९४ ४११
जानकी फाइनान्स ४०० १०८३ ४७३
जोशी हाइड्रोपावर २६५ ५२१ ३८१
कर्पोरेट डेभलपमेन्ट बैंक ४६२ २८४२ २,१०९
कर्णाली डेभलपमेन्ट बैंक ३२० ८७० ८१०
सप्तकोशी डेभलपमेन्ट बैंक ३१५ १६२२ ७८७
कालिका पावर कम्पनी ६५२ ३९९ ५२८
आईसीएफसी फाइनान्स ५०४ ९१० ६०७
ग्रीन डेभलपमेन्ट बैंक ४१७ २००१ १,०५५

दीपेन्द्रले दैनिक कारोबार गरिसकेपछि आफ्नो र आफ्ना अन्य फर्जी व्यक्तिको कारोबार नेटिङ गराउने गरेको बोर्डको अध्ययनमा पनि देखिइसकेको छ । उनले धितोपत्र बजारका सक्ने जति सबै गैरकानुनी काम गर्ने तयारीसाथ आएको देखिने बताउँदै एक ब्रोकरले भने, ‘अग्रवालले पारिवारिक हिसाबमा आफू फसेको खण्डमा अन्य सदस्यको सम्पत्ति जोगिने गरी यस्तो खालका कारोबार गर्दै आएका छन् ।’

दीपेन्दका गतिविधिले पूर्णतयारी साथ लगानीकर्ता ठग्न बजार कारोबार गरेको अनुमान धेरै ब्रोकरको छ । कतिपय ब्रोकरले त उनको गतिविधि बुझेपछि कारोबार नै गर्न इन्कार गर्दै आएका छन् ।

हालको कारोबार प्रणालीमा एउटै व्यक्तिले एकै पटक सेयर खरिद र बिक्री गर्न नसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का एक अधिकारीले बताए ।

‘फर्जी खाताहरूबाट एकअर्कोमा खरिद–बिक्री गर्न मिल्ने भएकाले दीपेन्द्रले म्याचिङ गरेर सेयर मूल्यको उतारचढावमा प्रयोग गरेको देखिन्छ,’ ती अधिकारीले भने ।

केही समयअघि दीपेन्द्रले अन्य ३ धितोपत्र दलाल कम्पनीबाट पनि फर्जी कारोबार गरेका कारण विवाद भएपछि कारोबार गर्न छाडेको कुरा नेप्सेका अधिकारीले पनि दोहोर्‍याए ।

‘फर्जी खाताहरूबाट एकअर्कोमा खरिद–बिक्री गर्न मिल्ने भएकाले दीपेन्द्रले म्याचिङ गरेर सेयर मूल्यको उतारचढावमा प्रयोग गरेको देखिन्छ,’ उनको भनाइ छ ।

फर्जी कारोबार गरेर ब्रोकर तथा लागानीकर्ता फसाउने कारोबारीलाई ब्रोकर कम्पनीले पनि स्पेस दिन नहुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।

त्यसका लागि नेप्से तथा धितोपत्र बोर्डले प्रभावकारी सुपरीवेक्षण गरेर बजार विरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक