Connect with us
Advertisement

फर्जी सेयर कारोबार गरेर कसरी जनता फसाउँछन् दीपेन्द्र अग्रवाल ?

Published

on

५ जेठ, काठमाडौं । २५ पुस २०८१ मा सेयर कारोबारी दीपेन्द्र अग्रवालले कर्पोरेट डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता सेयर ज्योति अग्रवाललाई बिक्री गरे । त्यसपछि ज्योति अग्रवालको टीएमएस पनि दीपेन्द्रले नै चलाइ १६ वैशाख २०८२ मा बैंकको २० हजार कित्ता सेयर स्मार्ट डोर्स लिमिटेडलाई बिक्री गरे । स्मार्ट डोर्स लिमिटेडमा दीपेन्द्र सञ्चालक हुन् । उक्त कम्पनीमा उनो ०.०४ प्रतिशत सेयर छ । साथै, उनका पिता जयप्रकाशको २२.१३ प्रतिशत सेयर छ ।

त्यसैगरी दीपेन्द्रले गोर्खाज फाइनान्सको सेयर ज्योति अग्रवालको नामबाट किनेका छन् । यो अवधिमा सेयर मूल्य बढाउन उनले आफ्नो नामको सेयर पनि ज्योतिलाई खरिद गराएका छन् । आफ्ना बुबाबाट रामसिंह साउदका नाममा खरिद गरेका छन् । सोही अवधिमा उनले आफ्ना पिताबाट नेपाल बैंकको सेयर खरिद गरेका छन् । उनले यसरी सेयरको मूल्यमा चलखेल गर्न  १५ जनाको नामबाट आफैँ खरिद–बिक्री गर्ने गरेको धितोपत्र बोर्डकै अध्ययनले पुष्टि गरेको छ ।

दीपेन्द्रले सेयरमात्र होइन, ती सबैको खाताबाट सेयर किनबेचको पैसा पनि ट्रान्स्फर गरेर आफ्नोमा ल्याउने तथा ती खातामा पठाउने गर्छन् । उनले आफ्ना बुबाको खाताबाट सविता अग्रवालको खातामा पठाउने र सविताको खाताबाट आफ्नोमा पठाउने गरेको देखिन्छ । त्यसपछि ज्योतिको नाममा किनिएको सेयर भुक्तानीका लागि पनि पिता अग्रवालको खाताको रकम प्रयोग गरेका छन् ।

दीपेन्द्रले खरिद गरेको सेयर आफूलाई पायक पर्ने गरी क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मार्फत निक्षेप खातामा पठाउन लगाउने । उनले आधिकांश सेयर जुन कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सँग लिंक भएको हो, त्यसमा नभई अन्य ब्रोकर कम्पनीमा रहेको निक्षेप खातामा पठाइ कारोबार गर्छन् ।

सेयर कारोबारी अग्रवालले सेयर वास्तविक स्वामित्व परिवर्तन गरी कसरी कारोबार गर्थे भन्ने कुरा माथिका उदाहरणबाट पनि स्पष्ट हुन्छ । उनले सेयरको मूल्य बढाउन र धेरै सेयर खरिद गरेर राख्नका लागि १५ व्यक्तिको नामबाट कारोबार गर्छन् ।

सेयर मूल्य बढाउन पर्दा तिनै खाताबीच कारोबार गराउँछन् । साथै, उनले अहिलेको नेप्सेको कारोबार प्रणालीको कमजोरीको पनि फाइदा लिएका छन् । एक व्यक्तिले धेरैमा २ वटा सम्म निक्षेप खाता खोल्न सक्छ । सोही आधारमा २ वटासम्म टीएमएस लिन सक्छ । त्यसलाई अग्रवालले एक धितोपत्र ब्रोकरबाट किन्ने र सेयर भने अर्कोमा राख्न लगाउने गरी लगानीकर्तालाई झुक्याउन प्रयोग गरेको देखिन्छ ।

यो पनि पढ्नुहोस

दिपेन्द्र अग्रवालको कारोबार : आफूले बेचेको सेयर आफैं किन्‍ने, महँगोमा जनता फसाउने

दीपेन्द्रले बजारमा अस्वाभाविक गतिविधि गर्ने र ब्रोकरलाई पनि झुक्याउन खोजेपछि विगतमा पनि तीन ब्रोकर कम्पनीसँग सम्बन्ध बिगारेको एक धितोपत्र ब्रोकरले बताए ।

‘दीपेन्द्र आफूले लिनुपर्ने पैसा लिने तर ब्रोकरलाई तिर्नुपर्ने पैसा नतिरेपछि ती ब्रोकरसँग सम्बन्ध बिग्रेको साथीहरूको गुनासो थियो,’ ती ब्रोकरले भने, ‘फर्जी खाताबाट कारोबार मात्र नभई अग्रवालले नेप्सेको कारोबार प्राणलीको कमजोरी प्रयोग गर्दै ब्रोकरलाई पनि फसाउन खोजेको देखिन्छ ।’

धितोपत्र ब्रोकरका अनुसार दीपेन्द्रजस्ता कारोबारीका कारण धेरै लगानीकर्ताले सेयरबजारमा पैसा गुमाउने गरेका छन् । दीपेन्द्रले समाजिक सञ्जाल मार्फत हल्ला गर्ने अनि बजार खुलेपछि आफूले बेच्ने गर्दा धेरै लगानीकर्ताले गुमाएका ब्रोकरहरूको भनाइ छ ।

‘फर्जी खाताबाट कारोबार मात्र नभई अग्रवालले नेप्सेको कारोबार प्राणलीको कमजोरी प्रयोग गर्दै ब्रोकरलाई पनि फसाउन खोजेको देखिन्छ ।’

उनले सेयर खरिद गरेर एकीकृत गरिसकेपछि हल्ला फैलाउने र मूल्य बढाएर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने गर्दै आएका छन् ।

दीपेन्द्रले सानो पूँजी भएका कम्पनीको सेयर कर्नरिङ गर्ने, म्याचिङ गर्ने र लगानीकर्तालाई बिक्री गरेर आफूले कमाउने धन्दा गरेको भएर नै धितोपत्र बोर्ड र प्रहरीले अनुसन्धान गरेको तर्क ब्रोकरहरूको छ । धितोपत्र ऐनअनुसार यस किसिमको कारोबार दण्डनीय अपराध हो ।

उदाहरणका लगानी केही कम्पनीको ५२ साताको उच्च र न्यून मूल्य हेर्दा पनि दीपेन्द्रले लगानीकर्तालाई फसाएको स्पष्ट हुन्छ । उनले ५२ साता अवधिमा नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य २ हजार ६ सय १४ रुपैयाँसम्म पुर्‍याएका छन ।

यो पनि पढ्नुहोस

लगानीकर्ता फसाउन अग्रवालले क्लब हाउस र फेसबुक दुरुपयोग गरेको प्रहरीद्वारा पुष्टि

त्यसैगरी समस्यामा रहेको कर्णाली डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य ३ सय २० बाट ८ सय ७० सम्म पुर्‍याएका थिए । अहिले नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ६ सय ८ छ । त्यसैगरी कर्णाली डेभलमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि सेयर कारोबार बन्द छ ।

दीपेन्द्र अग्रवालले जनता फसाउन प्रयोग गरेका केही कम्पनी र तिनको ५२ साताको उच्च, न्यून र हालको सेयर मूल्य :
कम्पनी न्यून मूल्य (रुपैयाँ) उच्च मूल्य (रुपैयाँ) सोमबारको मूल्य 
नेपाल फाइनान्स ४८७ २६१४ ६०८
सिन्धु विकास बैंक ३६८ १४८२ ७९६
पोखरा फाइनान्स ३३९ ७९४ ४११
जानकी फाइनान्स ४०० १०८३ ४७३
जोशी हाइड्रोपावर २६५ ५२१ ३८१
कर्पोरेट डेभलपमेन्ट बैंक ४६२ २८४२ २,१०९
कर्णाली डेभलपमेन्ट बैंक ३२० ८७० ८१०
सप्तकोशी डेभलपमेन्ट बैंक ३१५ १६२२ ७८७
कालिका पावर कम्पनी ६५२ ३९९ ५२८
आईसीएफसी फाइनान्स ५०४ ९१० ६०७
ग्रीन डेभलपमेन्ट बैंक ४१७ २००१ १,०५५

दीपेन्द्रले दैनिक कारोबार गरिसकेपछि आफ्नो र आफ्ना अन्य फर्जी व्यक्तिको कारोबार नेटिङ गराउने गरेको बोर्डको अध्ययनमा पनि देखिइसकेको छ । उनले धितोपत्र बजारका सक्ने जति सबै गैरकानुनी काम गर्ने तयारीसाथ आएको देखिने बताउँदै एक ब्रोकरले भने, ‘अग्रवालले पारिवारिक हिसाबमा आफू फसेको खण्डमा अन्य सदस्यको सम्पत्ति जोगिने गरी यस्तो खालका कारोबार गर्दै आएका छन् ।’

दीपेन्दका गतिविधिले पूर्णतयारी साथ लगानीकर्ता ठग्न बजार कारोबार गरेको अनुमान धेरै ब्रोकरको छ । कतिपय ब्रोकरले त उनको गतिविधि बुझेपछि कारोबार नै गर्न इन्कार गर्दै आएका छन् ।

हालको कारोबार प्रणालीमा एउटै व्यक्तिले एकै पटक सेयर खरिद र बिक्री गर्न नसक्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) का एक अधिकारीले बताए ।

‘फर्जी खाताहरूबाट एकअर्कोमा खरिद–बिक्री गर्न मिल्ने भएकाले दीपेन्द्रले म्याचिङ गरेर सेयर मूल्यको उतारचढावमा प्रयोग गरेको देखिन्छ,’ ती अधिकारीले भने ।

केही समयअघि दीपेन्द्रले अन्य ३ धितोपत्र दलाल कम्पनीबाट पनि फर्जी कारोबार गरेका कारण विवाद भएपछि कारोबार गर्न छाडेको कुरा नेप्सेका अधिकारीले पनि दोहोर्‍याए ।

‘फर्जी खाताहरूबाट एकअर्कोमा खरिद–बिक्री गर्न मिल्ने भएकाले दीपेन्द्रले म्याचिङ गरेर सेयर मूल्यको उतारचढावमा प्रयोग गरेको देखिन्छ,’ उनको भनाइ छ ।

फर्जी कारोबार गरेर ब्रोकर तथा लागानीकर्ता फसाउने कारोबारीलाई ब्रोकर कम्पनीले पनि स्पेस दिन नहुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए ।

त्यसका लागि नेप्से तथा धितोपत्र बोर्डले प्रभावकारी सुपरीवेक्षण गरेर बजार विरोधी गतिविधि नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक