Banner
एक किलोमिटर यात्रामै अन्त्य भयो ३ युवाको जीवनयात्रा
११ जेठ, दमौली । रात छिपिँदै जाँदा दमौली बजारको कोलाहल शान्त बन्दै थियो । होटेल, रेष्टुरेन्ट बन्द हुँदै थिए ।
व्यास नगरपालिका-५ पाटनका कुशल, प्रवीन र कुमार मगरले काम गर्ने रेष्टुरेन्ट पनि बन्द भयो । शनिबार काम छिट्टै सकिएकाले उनीहरू घुम्न बजार निस्किए ।
रातिमा चिनजान भएका व्यक्तिहरू भेटिएपछि उनले ‘चापाघाटसम्म पुर्याइदिन्छु’ भने । उनीहरु तीन जना गाडीमा चढे । उनीहरूसँगै बोलेरोमा थिए- रोहितका साथी धिरज रौनियार ।
यात्रा धेरै लामो थिएन । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ताका राजु अधिकारीका अनुसार दमौली बजारबाट मादी नदीको पुल पार गर्नासाथै चापाघाट सुरु हुन्छ । दमौली बजारको केन्द्र भागबाट मादी पुलबीचको दूरी जम्मा एक किलोमिटर मात्रै छ ।
उनीहरू चढेको ग२च ५७६० नम्बरको बोलेरो गाडी केही मिनेटमै मादी पुलमा पुग्यो र रेलिङमा ठोक्किँदै तल बगरमा खस्यो । गाडी पुलको रेलिङमा सुरुमा ठोक्किएर ५० मिटर परसम्म पुगेर नदीमा खसेको प्रहरीको भनाइ छ ।
चिनेका साथीको गाडी चढेर घर हिँडेका कुशल, प्रवीन र कुमार त्यहीँ नदीमै अस्ताए । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गाडीसँगै नदीमा खसेका चालक रोहित र साथी धिरज रौनियार घाइते छन् । उनीहरुलाई तत्कालै उद्धार गरेर प्रहरीले अस्पताल पुर्याएको थियो ।
अस्पताल स्रोतका अनुसार धिरजको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि पोखरा रिफर गरिएको छ । चालक रोहितको भने दमौलीमै उपचार भइरहेको छ । उनी कुराकानी गर्न सक्छन् ।
चालक रोहितका अनुसार बसले ओभरटेक गर्दै आइरहेकाले दुर्घटना भएको हो । ‘हामी यताबाट जाँदै थियौं, त्यो बेलामा विपरीत दिशाबाट बस ओभरटेक गर्दै आइरहेको थियो’, उनले भने, ‘डर लागेर मैले बायाँ मोड्न खोजें तर गाडी पुलबाट खस्यो ।’
१२ वर्ष अघिको त्यो दुर्घटना
यही पुलबाट १२ वर्षअघि पनि रेलिङ भत्काउँदै एउटा बस मादी नदीमा खसेको थियो । त्यसबेला ११ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।
यो पुल वि.सं.२०२८ सालमा बनेको हो । रेलिङ पुरानै भएकाले कमजोर र सजिलै भाँचिने खालका छन् ।
पुलको किनारमा रहेको बीम (पर्खाल) पनि एक बित्ता मात्रै अग्लो छ । यो उचाइ गाडी रोक्न पर्याप्त नभएकाले पुलमा दुर्घटना हुने गरेको दमौली नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको अनुमान छ ।
तर, मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड)का सूचना अधिकारी विष्णु पाण्डे धेरैजसो सवारी दुर्घटना चालकको असावधानी र तीव्र गतिका कारण हुने गरेको बताउँछन् । गएरातिको दुर्घटना पनि सोही कारण भएको हुनसक्ने उनको अनुमान छ ।
तीव्र गतिका गाडी पनि रोक्ने गरी पुलको रेलिङ नबनाइने बताउँदै उनी भन्छन्, ‘दुर्घटना रोक्ने भनेको ट्राफिक नियमको पालना र चालकको सावधानी नै हो ।’
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login