Connect with us
Advertisement

‘युवासंघमा सर्वसम्मति भएन भने निर्वाचनमा जान्छौं’

Published

on

तीन दिनका लागि भनेर शुक्रबार पोखरामा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन निर्धारित समयमा नसकिने लगभग पक्का भएको छ । महाधिवेशन लम्बिनुमा सर्वसम्मतिबाट नेतृत्व छान्ने नेकपा एमालेका नेताहरुको चाहना मुख्य कारण हो ।

विशेषतः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोजेकै व्यक्तिलाई अध्यक्ष बनाउन खोज्दा महाधिवेशन लम्बिदै गएको देखिन्छ । तर, ओलीले भनेकै व्यक्तिको नाममा सर्वसम्मति जुटाउन महाधिवेशनमा खटिएका नेताहरुले सकिरहेका छैनन् ।

यसै सन्दर्भमा युवा संघका इन्चार्ज एवं एमाले नेता राजीव पहारीसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानी :

महाधिवेशन सुरु भएको शुक्रबारदेखिबन्दसत्र  निर्वाचन प्रक्रिया सुरु भएको पनि त्यही दिनदेखि, तर अहिलेसम्म किन टुंगिएन ?

शुक्रबार हामीले उद्‍घाटन सत्र सम्पन्न गरेर बन्द सत्र सञ्चालन गर्‍यौं । त्यही रातिदेखि ११ बजेभित्र हामीले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र अडिट रिपोर्ट पेस गरियो र ती सबै पारित भए । हिजो (शुक्रबार) मतदाता नामावली निकाल्ने काम भयो । र, मतदाता नामावलीका केही त्रुटि देखियो । र, अब केही समयमै अन्तिम नामावली प्रकाशन गरिनेछ ।

तपाईंहरुको निर्वाचन कार्यसूची अनुसार शुक्रबार नै मनोनयन सकिनुपर्ने थियो । तर, तपाईंहरुको विवाद यसरी अगाडि आयो कि अहिलेसम्म प्रतिनिधि टुंगो लगाउन सक्नु भएको छैन नि ?

विवाद भएको छैन । एकाध जिल्लाको हकमा नाममा भेरिफिकेसन गर्नु पर्ने भएको हो । सँगसँगै यता हामीले प्रक्रिया पनि अगाडि बढाइरहेका छौं । कार्यतालिका अनुसार नै बढाइराखेका छौं  । अर्कोतिर सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्नको निम्ति प्रयत्न भएको छ ।

अहिलेचाहिँ प्रतिनिधहरु सभागृहको भित्र-बाहिर गरिराछन् । होटेल-होटेलमा छन् । यो टुंगो कहिले लाग्छ ?

बस्ने होटेलमै हो, घरमै हो । कि होटेलमा हुनुपर्‍यो कि सडकमा हुनु पर्‍यो कि सभागृहमै हो । अब हलभित्र बन्दसत्र गरेकोले भित्रबाहिर गर्ने कुरालाई पनि स्वभाविकै रुपमा लिनु पर्‍यो । त्यसलाई अन्यथा मान्नु हुँदैन । अब हामीले आज बेलुका, ढिलोमा भोलिभित्र महाधिवेशन सम्पन्न गरिसक्छौं ।

कसरी सम्पन्न गर्नुहुन्छ ? नेता-नेताहरुले आफ्ना मान्छेलाई नेतृत्वमा ल्याउनका लागि काखी च्याप्दाखेरी प्रतिनिधिहरुमा तीव्र असन्तुष्टि सुनिन्छ । तर, तपाईंहरुले सर्वसम्मतको नाममा चाहिँ प्रतिस्पर्धालाई छेक्ने काम गरिराख्नुभएको छ भन्ने आरोप छ नि ?

बजार हल्लाको पछाडि लाग्नुको कुनै अर्थ र तुक छैन । निर्वाचनको प्रक्रिया सुरु भइरहेको छ । उम्मेदवारको नोमिनेसनसम्म पुगेकै छैन । को-को उम्मेदवार हुने हो भन्ने कुरै भएको छैन । सामाजिक संजाल, पत्रपत्रिकामा लेखेको भरमा बोलेको भरमा फलानो अध्यक्ष फलानो उपाध्यक्षको उम्मेदवार भन्ने कुराको कुनै अर्थ हुन्छ र ?

तर देखिन्छ त्यही । तपाईंहरूले अहिलेसम्म निर्वाचन प्रक्रिया नै अगाडि बढाउनु भएन । प्रतिनिधि नै टुंग्याउनु भएको छैन ।  तपाईंहरुले नै तोकेको सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अवरुद्ध छ ।

पार्टीका तर्फबाट हेर्ने नै मैले हो । अनि पार्टीको अमुक नेताको नाम लिएर यस्तो छ, उस्तो छ भन्ने कुराको कुनै अर्थ नै छैन

अलिकति संशोधन भएकोमात्रै हो । बन्दसत्र सकियो । प्रतिनिवेदन त सबै पारित भइसक्यो । हिजो नै धेरै काम सम्पन्न भइसक्यो । आज पनि हामीले करिबकरिब सकेसम्म निर्वाचनमै पुग्छौं । नभए पनि नोमिनेसन प्रक्रिया हामीले टुंग्याउँछौं । नोमिनेसन भइसकेपछि कुन पदमा को आकांक्षी रैछ भन्ने आधारमा बल्ल छलफल चल्ने हो ।

अहिलेसम्म प्रतिनिधिकै टुंगो देखिदैन ?

प्रतिनिधिको अन्तिम नामावली टाँस्न बाँकी छ ।

चुनावी प्रतिस्पर्धालाई रोक्ने काम चाहिँ किन गर्दै हुनुनुहन्छ ?

प्रक्रियामा जाँदैछ त । केहीबेरमा नोमिनेसनमा जान्छ । त्यहाँ कसले कुन पदमा उम्मेदवारी हाल्नु हुन्छ भन्ने थाहा हुन्छ । उम्मेदवारी हालेपछि केही समय उनीहरुसँग छलफल गरिन्छ । छलफल गर्दा पनि सहमति भएन भने निर्वाचनमा जान्छ ।

तर मतदानमा जानै नदिन सक्रिय हुनुभएको छ भन्ने छ ?

निर्वाचनको सर्वोत्तम विधि भनेको सर्वसम्मति नै होला नि । सर्वसम्मति ढंगले गर्नु भनेको जति प्रतिनिधि छन्, उनीहरु सबैको मन जित्ने कुरा हो । तर सर्वसम्मति भएन भने निर्वाचन प्रक्रियामा जान्छौं । निर्वाचन प्रक्रियामा जाने भनेरै मेसिन (मत मेटिका) लिएर आइसकेका छौं नि ।

सर्वसम्मतको चाहिँ माथिबाट भनेको मान्छेलाई ?

छैन, छैन । हाम्रो कोही पनि पात्र छैन ।

उसो भए निर्वाचनमा जान तयार हुनु हुन्छ, होइन ?

मेसिन ल्याइसकियो । देखाउनका लागि ल्याएको त होइन नि । सर्वसम्मतको प्रयत्न पनि गर्छौ, भइहाल्यो भने कुरा सिद्धियो । तर प्रक्रिया भइसक्यो ।

आजसम्म भनेर प्रतिनिधिलाई राख्ने व्यवस्था गर्नुभएको थियो, अहिलेसम्म प्रक्रिया सुरु नै भएको छैन । प्रतिनिधि त बिलखबन्दमा पर्ने भएन नि ?

राति १२ बजेसम्म हो । समय अझै छ नि ।

सर्वसम्मति भनेको प्रतिनिधि र उम्मेदवारबीच सहमति हुने हो कि माथिबाट सुनाएको नाममा ताली बजाउने हो ?

प्रतिनिधि परिपक्क हुनु हुन्छ, जिम्मेवार हुनुहुन्छ । प्रतिनिधिहरुलाई सबै कुरा थाहा छ । पहिलोपटक प्रतिनिधि आउनु भएकाहरु पनि धेरै महाधिवेशनमा आउनु भएकै छ ।

उहाँहरुले नयाँ नेतृत्व लिएर मात्र जानु हुन्छ ।

सर्वसम्मतको प्रयास गरियो भन्नुभएको थियो, के–के गर्नुभयो ?

साविकका पदाधिकारीहरुसँग इन्चार्जको हिसाबले मैले एक पक्षीय बहुपक्षीय सबैसँग कुराकानी गरेँ । पार्टीका तर्फबाट हेर्ने नै मैले हो । अनि पार्टीको अमुक नेताको नाम लिएर यस्तो छ, उस्तो छ भन्ने कुराको कुनै अर्थ नै छैन । पार्टीको कुरा भए पनि म मार्फत आउने होला नि । यहाँ कसैको इन्टेरेस्ट नै छैन ।

तर केपी ओलीले सार्वजनिक मञ्चबाटै सर्वसम्मति भन्नुभयो, तपाईले पनि सर्वसम्मत गरेर आउछु भन्नुभयो ?

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको कुरा के छ भने सर्वसम्मत गर्नु, कथं सर्वसम्मत भएन भने स्वस्थ्य, मर्यादित ढंगबाट प्रक्रियामा जानु । त्यसो भएर आफूलाई चाहिने जति मात्र कुरा सुन्नु भएन नि ।

तपाईं आफैं इन्चार्ज र पूर्व अध्यक्ष हुनुहुन्छ । तर समयमा महाधिवेशन टुंग्याउन सक्षम देखिनु भएन भन्ने आरोप छ नि ?

यति धेरै व्यवस्थित र मर्यादित ढंगबाट अधिवेशन भएको छ, त्यो कुरा प्रतिनिधिसँग बुझ्दा थाहा हुन्छ । प्रतिनिधिकै कुरा हो, यो प्रतिनिधिको कुरा भनेर तपाईंले आफ्नो कुरा भन्नुभयो ।

प्रतिनिधिको कुरालाई ध्यान दिएर समयमै प्रक्रिया बढाउने भन्दा पनि होटल होटलमा कसैलाई सर्वसम्मत बनाउन लागिरहनु भएको छ भन्ने छ ?

तीन दिनको अधिवेशन भनिएको छ । तीन दिन भनेपछि सामान्यतः चार/पाँच दिन त लागिहाल्छ नि ! नेपालगञ्जको महाधिवेशन सात आठ दिन लागेको होइन । अहिले त तीन दिनभित्र धेरै काम सम्पन्न गरिसकेका छौं ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading

Banner

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,

Published

on

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।

उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।

छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।

वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।

हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।

साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।

‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।

टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक