Banner
सिंहदरबारमै निर्माणाधीन संसद् भवनको म्याद पाँचौं पटक थपिँदै
काठमाडौँ — राष्ट्रपतिदेखि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानमन्त्रीलगायत निकायले बेलाबेला निर्माणाधीन संसद् भवनको निरीक्षण र अनुगमन गरिरहेकै हुन्छन् । तालुक मन्त्री पनि बेलाबखत अनुगमनमा पुगिरहेकै भेटिन्छन् । विभिन्न संसदीय समितिले समेत यसको अनुगमन र निरीक्षण गरी निर्देशन दिइरहेकै हुन्छन् ।
तर न आयोजनाको काम सकिएको छ, न निर्माणमा सोचेअनुरूप प्रगति छ । पाँच तला अग्ला भवन ठडिइसके पनि थप प्रगति छैन ।
सिंहदरबारमा निर्माणाधीन संसद् भवनको अवस्था हो । राज्यको प्रमुख प्रशासनिक केन्द्रमै निर्माण प्रक्रियामा यस्तो ढिलासुस्ती छ भने अन्यत्र के होला !
तोकिएको समयमा निर्माण पूरा नभएपछि पाँचौं पटक म्याद थप्ने तयारी गरिएको छ । चौथो पटक २०८१ चैत १८ सम्म म्याद थपिएको थियो तर काम सकिएन ।
भवन विभागअन्तर्गत विशेष भवन निर्माण आयोजनाले आयोजनाको ठेक्का लगाएको हो । सिंहदरबार परिसरमा १ सय ७२ रोपनी क्षेत्रफलमा संसद् भवन निर्माण भइरहेको छ ।
दोस्रो पटक २०८० वैशाख १ बाट २०८० असोज १९ सम्म समय दिइयो तर काममा प्रगति भएन । तेस्रो पटक २०८० असोज २० देखि सोही वर्षको चैत १९ सम्म म्याद थप गरिए पनि काम सुस्त नै रह्यो । यस अवधिमा काम नसकिएपछि चौथो २०८१ चैत १८ सम्मका लागि म्याद थपिए पनि काम नसकिँदा फेरि म्याद थप्न लागिएको हो ।
अब थपिने म्यादमा निर्माण व्यवसायीले काम सकिने सुनिश्चितता गर्नुपर्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) का सभापति ठाकुरप्रसाद गैरेको भनाइ छ । ‘समितिबाट निर्माणाधीन संसद् भवनको स्थलगत अनुगमन गरेर सहरी विकासमन्त्री, सचिव र आयोजना प्रमुखलाई बोलाएर बैठक गर्यौं,’ उनले भने, ‘अब पाँचौं पटक म्याद थप्दा काम सम्पन्न हुन्छ भन्ने आधार केके हुन् ? काम गर्ने कार्यतालिकासहितको प्रस्ताव ल्याउनुपर्छ, निर्माण व्यवसायीबाट दुई सिफ्टमा काम हुने सुनिश्चितता गरिनुपर्नेलगायत सम्पूर्ण जानकारी समितिलाई गराउन भनेका छौं ।’
म्याद थपेपछि प्रत्येक १५ दिनमा कामको प्रकृतिअनुसार समितिलाई रिपोर्ट पठाउन मन्त्रालयलाई भनिएको गैरेले बताए । ‘हिउँदे अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने सुनिश्चितता गर्नुपर्छ,’ उनले भने, ‘म्याद थप्दा पनि आयोजना सम्पन्न भएन भने त्यसको जवाफदेही को हुने हो ?’ यस विषयमा स्पष्ट पार्न मन्त्रालयलाई भनिएको उनको भनाइ छ ।
‘सिंहदरबारमा बनिरहेको संसद् भवन नबनेर पाँचौं पटक म्याद थप्ने विषयमा लाज पनि लजाउने बेला भयो,’ गैरेले भने, ‘यस्तो कुराको अन्त्य हुनुपर्छ, सिंहदरबारमै त यस्तो हुन्छ भने बाहिर विकास निर्माणका काम कसरी पूरा भइरहेका होलान् ?’
संसद् भवनको सुरु ठेक्का रकम ५ अर्ब ६८ करोड ३९ लाख थियो, अहिले संशोधन गरेर ६ अर्ब ३० करोड रुपैयाँ पुर्याइएको छ ।
सको ठेक्का तुन्दी–सेक जेभीले लिएको हो । सुरुका दिन सरकारले समयमै साइट उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भए पनि अब धेरै काम नभएको तुन्दी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुमन सुवेदीले बताए । अब एक वर्ष समय पाए काम सक्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा, कमन लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवनलगायत संरचना भने बनिसकेका छन् ।
यता २ अर्ब ३४ करोड ५४ लाख रुपैयाँमा केसी–श्यामसुन्दर–बानियाँ जेभीले इन्टेरियरको छुट्टै ठेक्का लिए पनि काम सकिएको छैन । यसको काम २०८१ असारभित्र सक्ने गरी २०८० असार १७ मा ठेक्का सम्झौता भएको हो । यसको म्याद २०८१ चैत १६ मा सकिइसकेको छ । अहिलेसम्म प्रगति २५ प्रतिशत मात्र छ । यो भवन निर्माणबाहेक इन्टेरियरको ठेक्का छुट्टै भएको विशेष भवन निर्माण आयोजनाले जनायो । यसको पनि अहिले म्यादको प्रक्रियामा रहेको भवन विभागको भनाइ छ ।
अहिले संसद्को आफ्नै छुट्टै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन भाडामा लिएर प्रतिनिधिसभा र राष्ट्रिय सभा चलाइएको छ । सरकारले दुवै सदन चलाउन भाडामा लिएको भवनका लागि मात्र वार्षिक १५ करोड रुपैयाँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई तिरिरहेको छ । अहिले दुवै ठेक्काको म्याद थप भइनसकेको सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए । ‘काम सकिने सुनिश्चितता नभई म्याद थपको निर्णय हुँदैन,’ उनले भने ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login