Banner
सम्बन्धविच्छेद भएको १० वर्षपछि पूर्वपतिद्वारा घरमा बोलाएर हत्या
- ३४ वर्षीया दीपा बस्याल, उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या
- हत्यामा संलग्न दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइराला पक्राउ
लुम्बिनी — बुटवल उपमहानगरपालिका-११, मिलीजुली पथमा बुधबार बिहानै भएको आमा र २ छोरीको सामूहिक हत्या भयो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ३४ वर्षीया दीपा बस्याल, उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या भएको हो।
उनीहरूलाई आफ्नै घरमा बोलाएर दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइरालाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए। कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दीपा र सुजनबीच ०६९ सालमा विवाह भएको थियो। तर त्यही वर्ष आफ्नै माइला दाजु सुदीप कोइरालाको हत्यामा सुजन जेल परे। त्यसपछि सुजन र दीपाको सम्बन्ध चिसियो।०७२ सालमा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेकी थिइन्।
सम्बन्धविच्छेदपछि दीपाले पूर्वी नवलपरासीको कावासोतीका शंकर ढकालसँग विवाह गरिन्। दुई छोरीहरू ढकालपट्टिका हुन्। ढकाल भने अहिले वैदेशिक रोजगारीका लागि दुबईमा छन्।
पाल्पामा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने दीपा एक आफन्तको विवाहका लागि मंगलबार बुटवल आएकी थिइन्। त्यही बेला पूर्वपति सुजनले उनलाई घर बोलाएका थिए। बुटवल उपमहानगरपालिका-११, मिलीजुली पथमा रहेको कोइरालाको घरमा मंगलबार राति सुजनसँगै दीपा र उनका दुई छोरीहरू बसेका थिए।
प्रहरीका अनुसार बुधवार बिहान ४ बजेतिर सुजनले दीपा र छोरीहरूको धारिलो हतियार चक्कु र हतौडाको प्रयोग गरी हत्या गरेका थिए। कोइरालाले बिहान ६ बजेतिर आफ्नो घरको भान्सा कोठा मर्मतका लागि भन्दै एक जना व्यक्तिलाई काम गर्न घरमा बोलाएका थिए। त्यसपछि त्यहाँ हत्या भएको विषय बाहिर आएको थियो। प्रहरीले सुजनलाई घरैबाट हिरासतमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।
छिमेकीका अनुसार दाजुको हत्यामा जेल परेका कोइराला ८/९ वर्ष जेल बसेपछि संविधान दिवसमा राष्ट्रपतिबाट माफी पाएर बाहिर आएका थिए। त्यसयता उनी कारागारमा निर्मित सामाग्रीहरूको व्यापार गर्दै आएका थिए। प्रहरीले उनको जेल बसाइ र माफीबारे पाल्पा प्रहरीसँग बुझिरहेको जनाएको छ । सुजनको घरभित्र जहाँ कहीं कारागारमा बनेका सामग्री भण्डारण गरिएको छ।
दीपाका आफन्तले भने दीपा बुटवलमा भान्जीको विवाहमा आउने कुरा बताएको भएपनि मंगलबार नै आएकोबारे थाहा नपाएको बताएका छन्। उनी पाल्पाको तानसेनमा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनी बुटवल आइसकेको र यस्तो घटना घटेको भन्नेबारे बुधबार बिहान थाहा पाएर घटनास्थलमा आएको आफन्तको भनाइ छ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login