Banner
बेहोसी अवस्थामै गयो पविताको ज्यान
१६ जेठ, जनकपुरधाम । पित्त थैलीको शल्यक्रियापछि साढे चार महिनादेखि बेहोस २५ वर्षीया पविता यादवको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंको केएमसी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको हो ।
सर्लाहीको हरिपुर्वा नगरपालिका ५ की पविता यादवको गत माघ ३ गते जनकपुरधाम–१४ पिडारीचोकमा दर्ताविना सन्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएको थियो । त्यसयता उनी बेहोस् थिइन् । केही दिन जनकपुरमै उपचार गराएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन भन्दै साढे तीन महिनाअघि काठमाडौं ल्याएर केएमसीमा भर्ना गरिएको थियो ।
उनले आज बिहान पविताका पति अंगेशलाई फोन गरेर अस्पतालमा आउन भनेको पनि बताए ।
कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च व्यहोर्न नसकेपछि पविताका पित अंगेश घर फर्किएका थिए । एक महिनादेखि पविताको कुरुवा समेत अस्पतालमा थिएनन् ।
कुरुवा नभएपछि अस्पतालले पटक पटक फोन गरी अंगेशलाई आउन ताकेता गरेको थियो । तर नगएपछि अस्पतालले गत जेठ १४ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरी पति अंगेशलाई उपस्थित गराइदिन भनेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतको प्रहरी चौकी हरिपुर्वाले सो पत्रबारे जानकारी गराउँदै अस्पताल जान अंगेशलाई भनेको थियो ।
पति अंगेशले शव बुझ्न आउन भनेर प्रहरीले फोन गरेको बताए । ‘आज बिहान प्रहरीले फोन गरेर शव बुझ्न आउन भन्नुभयो,’ अंगेशले अनलाइनखबरसँग भने, ‘मसँग त काठमाडौं जाने गाडी भाडा पनि छैन । अस्पतालको अहिलेसम्मको लाखौं उपचार खर्च कसरी तिर्ने ? शव कसरी ल्याउने ?’
पविताका बुबा ब्रह्मदेव यादवकाअनुसार सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवले मुस्कान अस्पतालमा शल्यक्रिया गराउन बाध्य पारेका थिए । सरकारी जागिरे हेल्थ असिस्टेन्ट कमल राइन अफू सल्लाहकार र श्रीमतीलाई संचालक राखेर सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ खोलेको मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहले पिक्त थैलीको शल्यत्रिया गरेका थिए ।
तीनदिनसम्म होस नआउँदा डा. साहले स्नायुको समस्या भन्दै सिटीस्क्यान गराउन सल्लाह दिएका थिए । सिटी स्क्यान गराएर ल्याउँदा सो सम्बन्धी डाक्टर नरहेकाले अन्य अस्पतालमा लैजान भनेपछि पवितालाई माघ ६ गते जनकपुरको जानकी हेल्थकेयरमा लगेका थिए । त्यहाँबाट माघ २९ गते काठमाडौंको केएमसीमा लगेर भर्ना गरिएको थियो । अंगेशका अनुसार अहिलेसम्म केएमसीमा उपचारमा लागेको खर्च, फार्मेसी, खानेकुरा लगायत सबै खर्च तिर्न बाँकी छ ।
अनलाइनखबरले पविताको अवस्था सार्वजनिक गरेपछि मधेशका मुख्यमन्त्री शतिशकुमार सिंहले अस्पतालमा छड्के अनुगमन गरेका थिए । सो क्रममा अस्पताल दर्ताविना सञ्चालन भएको पाइएको भन्दै माघ २३ गतेदेखि बन्द गराएका थिए । साथै पविताको उपचारमा लागे सम्पूर्ण खर्च तिर्न मुस्कान अस्पताल सञ्चालकलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म एक लाखमात्र तिरेर सञ्चालक सम्पर्कविहीन भएको पविताका पति अंगेश बताउँछन् ।
गत जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पविताका बुबा ब्रह्मदेव यादवले मुस्कान अस्पताल सञ्चालकसहित पाँचजना विरुद्ध जाहेरी दिएका थिए ।
जाहेरीमा अस्पताल र सञ्चालकबाहेक पिक्त थैलीको शल्यत्रिया गरेका चिकित्सक डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनेसथेसिया र पवितालाई शल्यक्रिया गर्न अस्पताल जान सल्लाह दिने सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाइएको छ । तर अहिलेसम्म कुनै कारबाही भएको छैन ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login