Connect with us
Advertisement

बेहोसी अवस्थामै गयो पविताको ज्यान

Published

on

१६ जेठ, जनकपुरधाम । पित्त थैलीको शल्यक्रियापछि साढे चार महिनादेखि बेहोस २५ वर्षीया पविता यादवको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंको केएमसी अस्पतालमा आज बिहान ७ बजे मृत्यु भएको हो ।

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ की पविता यादवको गत माघ ३ गते जनकपुरधाम–१४ पिडारीचोकमा दर्ताविना सन्चालित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएको थियो । त्यसयता उनी बेहोस् थिइन् । केही दिन जनकपुरमै उपचार गराएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन भन्दै साढे तीन महिनाअघि काठमाडौं ल्याएर केएमसीमा भर्ना गरिएको थियो ।

अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी हबलदार बेदनाथ पौडेलले बताए । उनले भने, ‘पविताको आज बिहान ७ बजे मृत्यु भएको जानकारी अस्पतालले हामीलाई गराएको छ । शवलाई फ्रिजमा राखिएको छ र परिवारका सदस्यलाई बोलाएर शव व्यवस्थापनमा समन्वय गर्न भनिएको छ ।’

उनले आज बिहान पविताका पति अंगेशलाई फोन गरेर अस्पतालमा आउन भनेको पनि बताए ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च व्यहोर्न नसकेपछि पविताका पित अंगेश घर फर्किएका थिए । एक महिनादेखि पविताको कुरुवा समेत अस्पतालमा थिएनन् ।

कुरुवा नभएपछि अस्पतालले पटक पटक फोन गरी अंगेशलाई आउन ताकेता गरेको थियो । तर नगएपछि अस्पतालले गत जेठ १४ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई पत्राचार गरी पति अंगेशलाई उपस्थित गराइदिन भनेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहतको प्रहरी चौकी हरिपुर्वाले सो पत्रबारे जानकारी गराउँदै अस्पताल जान अंगेशलाई भनेको थियो ।

पति अंगेशले शव बुझ्न आउन भनेर प्रहरीले फोन गरेको बताए । ‘आज बिहान प्रहरीले फोन गरेर शव बुझ्न आउन भन्नुभयो,’ अंगेशले अनलाइनखबरसँग भने, ‘मसँग त काठमाडौं जाने गाडी भाडा पनि छैन । अस्पतालको अहिलेसम्मको लाखौं उपचार खर्च कसरी तिर्ने ? शव कसरी ल्याउने ?’

यो पनि पढ्नुहोस

उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

पविताका बुबा ब्रह्मदेव यादवकाअनुसार सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवले मुस्कान अस्पतालमा शल्यक्रिया गराउन बाध्य पारेका थिए । सरकारी जागिरे हेल्थ असिस्टेन्ट कमल राइन अफू सल्लाहकार र श्रीमतीलाई संचालक राखेर सम्बन्धित निकायबाट स्वीकृति नै नलिइ खोलेको मुस्कान अस्पतालमा सर्जन डा. ज्ञानकुमार साहले पिक्त थैलीको शल्यत्रिया गरेका थिए ।

तीनदिनसम्म होस नआउँदा डा. साहले स्नायुको समस्या भन्दै सिटीस्क्यान गराउन सल्लाह दिएका थिए । सिटी स्क्यान गराएर ल्याउँदा सो सम्बन्धी डाक्टर नरहेकाले अन्य अस्पतालमा लैजान भनेपछि पवितालाई माघ ६ गते जनकपुरको जानकी हेल्थकेयरमा लगेका थिए । त्यहाँबाट माघ २९ गते काठमाडौंको केएमसीमा लगेर भर्ना गरिएको थियो । अंगेशका अनुसार अहिलेसम्म केएमसीमा उपचारमा लागेको खर्च, फार्मेसी, खानेकुरा लगायत सबै खर्च तिर्न बाँकी छ ।

अनलाइनखबरले पविताको अवस्था सार्वजनिक गरेपछि मधेशका मुख्यमन्त्री शतिशकुमार सिंहले अस्पतालमा छड्के अनुगमन गरेका थिए । सो क्रममा अस्पताल दर्ताविना सञ्चालन भएको पाइएको भन्दै माघ २३ गतेदेखि बन्द गराएका थिए । साथै पविताको उपचारमा लागे सम्पूर्ण खर्च तिर्न मुस्कान अस्पताल सञ्चालकलाई निर्देशन दिएका थिए । तर अहिलेसम्म एक लाखमात्र तिरेर सञ्चालक सम्पर्कविहीन भएको पविताका पति अंगेश बताउँछन् ।

गत जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पविताका बुबा ब्रह्मदेव यादवले मुस्कान अस्पताल सञ्चालकसहित पाँचजना विरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीमा अस्पताल र सञ्चालकबाहेक पिक्त थैलीको शल्यत्रिया गरेका चिकित्सक डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनेसथेसिया र पवितालाई शल्यक्रिया गर्न अस्पताल जान सल्लाह दिने सूर्या अल्ट्रा साउण्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाइएको छ । तर अहिलेसम्म कुनै कारबाही भएको छैन ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक