Connect with us
Advertisement

पूर्वाधार केन्द्रीत खेलकुद बजेट : ‘भलिबल र फुटबलका लागि पनि विशेष व्यवस्था छ

Published

on

१६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दा क्रिकेट खेलको पूर्वाधारमा धेरै बजेट विनियोजन भयो । तर राष्ट्रिय खेल भलिबल र चर्चित खेल फुटबलको लागि भने बजेटमा खासै नाम आएन ।

क्रिकेटमा टीयू मैदानसहित अन्य चार मैदानका लागि तोकिएरै बजेट घोषणा हुँदा बजेट भाषणमा भलिबल र फुटबलको नाम उच्चारण समेत भएन । तर युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेल भलिबल र फुटबलसहित अन्य खेल पूर्वाधारका लागि पनि बजेट छुट्याइएको बताए ।

उनले बजेट भाषणमा क्रिकेटका लागि मात्र रकम तोकिएर आएपनि भलिबल लगायत खेलका लागि पनि विशेष व्यवस्था गरिएको बताए । ‘भलिबल र फुटबलको लागि पनि बजेटमा विशेष व्यवस्था छ । क्रिकेटको ठूला रंगशालाहरु मर्मतदेखि स्तरोन्नती भएकोले रकम तोकिएर आयो । तर फुटबल र भलिबलको पूर्वाधारको लागि जग्गा प्राप्ती प्रक्रियामा छ । त्यसैले बजेटमा उल्लेख नभएको हुन सक्छ,’ मन्त्री चौधरीले अनलाइनखबरसँग भने, ‘तर ती खेलका लागि पनि विशेष व्यवस्था छ । बजेटको डिटेल आएपछि थाहा हुन्छ ।’

उनले फुटबल र भलिबल दुवैका लागि उपत्यका भित्र नै जग्गा हेरिरहेको बताए । ‘यी दुई खेलमा जग्गा उपलब्ध नभएर हाइलाइट नभाको हो । फुटबल र भलिबलका लागि जग्गा उपलब्ध भएपछि हाइलाइट हुन्छ’ उनले भने ।

भलिबल नेपालको राष्ट्रिय खेल हुँदा पनि बजेट भाषणमा कुनै स्थान पनि नपाउँदा यस खेलमा चासो राख्नेहरु चिन्तित थिए । यस्तै फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो र अखिल नेपाल फुटबल संघ (एन्फा) को आफ्नै वार्षिक बजेट सवा अर्ब भन्दा माथि हुने गरेको छ ।

बजेटमा फुटबल बारे कुनै कुरा उल्लेख नहुँदा फुटबलकर्मीहरुलाई समेत चिन्ता बढाएको थियो । खेलकुद बजेटमा के के विषय समावेश भएको छ भन्ने पूर्व विवरण सार्वजनिक हुनै बाँकी छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्रिकेट बाहेकको खेलमा पनि बजेट विनियोजन भएकोले ढुक्क हुन आग्रह गरे । ‘राष्ट्रिय खेल भलिबलको लागि यस पटक विशेष छ । फुटबलको लागि पनि लिगहरुका लागि बजेट छुट्याएर पठाएको छु। ’

मन्त्री चौधरीले फुटबलको नयाँ अन्तर्राष्ट्रिय स्टेडियम निर्माणका लागि प्रस्ताव गरिएको बताए । ‘भक्तपुरमा फुटबलको नयाँ रंगशाला बनाउने प्रस्थाव भएको छ । डिपिआर लगायत प्रक्रिया अघि अघि बढिराछ ।’ मन्त्री चौधरीले भने ।

यस्तै राष्ट्रिय खेल भलिबलको लागि पनि पूर्वाधारदेखि अन्य विषयमा बजेट छुट्याएको बताए । ‘भलिबलका लागि पनि ३-४ करोड प्रस्ताव गरेर पठाएको छु । ५ देखि १० हजार दर्शक क्षमता भएको कभर्डहल बनाउने योजना छ । जग्गा खोजिरहेको छ ।’

यस्तो छ खेलकुद बजेटको ब्रेकडाउन

आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ७ करोड ७४ बजेट विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षको भन्दा यो २ अर्ब ५८ करोडले बढी हो ।

यो युवा र खेलकुद दुवैको लागि छुट्याइएको बजेट हो । जसबाट खेलकुदमा ८५ प्रतिशत र युवामा १५ बजेट बजेट खर्च हुनेछ । त्यसमा पनि संघ (केन्द्र), प्रदेश र स्थानिय तह गरी तीन तहमा बजेट विनियोजन हुनेछ ।

संघमा ५ अर्ब ७१ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने प्रदेशमा ९ करोड र स्थानिय तहलाई २७ करोड बजेट विनियोजन गरिएको छ ।

संघमा पनि चालु खर्चका लागि २ अर्ब ११ करोड १० लाख बजेट छुट्याइएको छ । यस्तै पुँजिगततर्फ ३ अर्ब ६० करोड ६४ लाख बजेट विनियोजन भएको छ ।

युवा र खेलकुदमा यस वर्ष ०.३१ प्रतिशत बजेट छुट्याएको छ । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

अब चालु र पुँजिगत बजेट कसरी खर्च हुन्छ त? चालु अन्तर्गत कर्मचारीको तलब देखि प्रतियोगिताको खर्च, खेल संघ र क्लबहरुलाई दिने बजेट पर्छ ।

यस्तै पुँजीगत खर्चमा पूर्वाधार निर्माण देखि पूर्वाधार मर्मत सम्भार, डिपिआर बनाउने लगायतको खर्च समावेश हुन्छ । यसरी हेर्दा यसपछि पूर्वाधारका लागि धेरै बजेट छुट्याइएको छ ।

क्रिकेटको पूर्वाधारमा केन्द्रित

यस पटक धेरै बजेट पूर्वाधारमा विनियोजन हुँदा त्यसमा पनि क्रिकेट खेल धेरै लाभान्वित भएको छ । टीयू मैदान स्तरोन्तीका लागि ४० करोड र मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ ।

पाँच क्रिकेट मैदान/रंगशालका लागि मात्रै ८२ करोड क्रिकेटमै विनियोजन भएको छ । अन्य साना पूर्वाधारहरु समेत जोड्दा क्रिकेटकै लागि करिब एक अर्ब भन्दा बढी बजेट विनियोजन भएको देखिन्छ । बजेट भाषणमा उल्लेख नभएपनि पोखरामा रहेको क्रिकेट मैदान र पुटबल रंगशालाको लागि पनि बजेट छुट्याइएको खेलकुद मन्त्री चौधरीले बताएका छन् ।

यसबाहेक बजेट भाषणमा उल्लेख भएको झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने बुँदाको बजेट पनि पूर्वाधारमै पर्नेछ ।

 

भलिबल र फुटबलका लागि पनि पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको युवा तथा खेलकुद मन्त्रीले बताएपनि कति छुट्याइएको छ भन्ने आउन बाँकी छ । क्रिकेटको तुलनामा अन्य खेलका लागि कम बजेट रहेको स्वभाविक रुपमा बुझ्न सकिन्छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेल भलिबलको लागि पनि राम्रो बजेट प्रस्ताव गरिएको बताएपनि कति छुट्याइएको भन्ने बजेट भाषणमा उलल्ख छैन । तर उनले भलिबलका लागि पनि उत्साहित पार्ने खालको बजेट रहेको बताए । ‘राष्ट्रिय खेललाई यस पटक विशेष व्यवस्था छ ।’ मन्त्री चौधरीले भने ।

बजेट भाषणमा क्रिकेटको पूर्वाधार मात्र उल्लेख गर्दा भलिबल र फुटबल मात्र होइन एथ्लेटिक्स देखि जुडो सम्मका खेलले पुर्वाधारको विषयमा चासो व्यक्त गरेका छन् ।

अहिले मार्स आर्टमा कराते र तेक्वान्दोको आफ्नो छुट्टै हलमा प्रतियोगिता र प्रशिक्षण गर्न सक्ने अवस्था छ । तर राष्ट्रिय खेल भलिबल देखि अन्य धेरै खेलको प्रशिक्षण र प्रतियोगिता आयोजनाका लागि आफ्नो छुट्टै हलको व्यवस्थापन छैन ।

त्यसैले अन्य धेरै खेलसँग सम्बधितहरुले भने बजेटमा आफ्नो खेलबारे उल्लेख गुनासो राखेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक