Connect with us
Advertisement

मेयर हमालको अस्वस्थताले धनगढीमा घट्यो चहलपहल

Published

on

धनगढी — काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले। कांग्रेसको गढ मानिने धनगढीमा ठुला पार्टीसमेतको मोर्चाबन्दीलाई पराजित गर्दै जित हात पार्नु चानचुने कुरा थिएन।

पदमा पुगेको छोटो अवधिमै धनगढीमा सुधारका कामहरूको थालनी गर्दै चर्चाको उकालो चढ्न थालेका मेयर हमालले भन्ने गरेको ‘धनगढीको विकास आफ्नो एक मात्र ध्येय’ र उनले सुरु गरेका र कतिपयमा प्राप्त नतिजाहरूले अधिकांश धनगढीवासीलाई विश्वास गर्न करै लाग्ने अवस्था सिर्जना गराएका थिए। धनगढीमा विकासमा अनेक नवीन कामहरूको थालनी गरेर आशा जगाउँदै थिए उनी ।

तर ०८१ मंसिर २१ गते अकस्मात् गम्भीर बिरामी परे । टाउको दुखेर धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएका उनलाई चिकित्सकहरूले ‘दिमागको पक्षघात’ भएको जानकारी गराउँदै सुविधा सम्पन्न अस्पतालमा रेफर गरेका थिए । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार गरिएको थियो । दिल्लीमा १६ दिनको सघन उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए ।

आफ्नो अधिकांश समय नगरकै विकास गतिविधिमा खर्चिँदै आएका नगरप्रमुख हमाल गम्भीर बिरामी परेपछि भने उनको विगतको गतिमा ब्रेक लाग्यो । उनी दैनिक कार्यालयमा उपस्थित हुन सक्ने पनि अवस्थामा पनि छैनन्।

‘डाक्टरहरूले आराम गर्न भनेका छन् । त्यसैले उहाँले खटनपटन हुन खोज्दा स्वास्थ्यमा असर देखिने गर्छ,’ समन्वयकर्ता भट्टले भने, ‘अहिले उहाँले नगरी नहुने र अत्यावश्यक कामहरू घरबाटै गर्ने गर्नु भएको छ ।’ नगरका क्रियाकलापहरू, सूचना, जानकारी, अपिल, गुनासा लगायतका कार्यहरू उनले सामाजिक सञ्जालबाटै प्रवाह गर्ने गरेका छन् ।

नगर प्रमुख हमालले नगरभित्र थिति बसाल्दै थिए । हर काममा आफ्नै प्रत्यक्ष निगरानीमा दैनिक कामकाज गराउँदा प्राप्त हुने कामको नतिजा र अहिले धेरै फरक परेको छ । ‘कर्मचारी प्रशासनदेखि उपमहानगरसँग सम्बन्धित सरोकारवालाहरूमा जुन सतर्कता पहिला हुन्थ्यो त्यो अहिले घट्दै गएको देखिन्छ,’ नगर प्रमुखको सचिवालयका एक जना सहयोगी भन्छन्, ‘कार्यालयमा सबैका लागि विगतमा कायम रहेको कडा अनुशासन पनि नगरप्रमुखको अनुपस्थितिले बिस्तारै खुकुलो हुँदै गए जस्तो देखिन्छ ।’

उनी स्वस्थ भएका बेला दैनिक कार्यालयमा खटिन्थे । दैनिक र साप्ताहिक रूपमा हरेक शाखाहरूका कामकाजको समीक्षा हुने गरेको थियो । अहिले त्यो क्रम क्रमशः घट्दै गएको स्वयम् कर्मचारीहरू सुनाउँछन् । धनगढी उपमहानगर अन्तर्गत २९ वटा शाखा र करिब पाँच सय जना कर्मचारी छन् ।

हमालको अस्वस्थताले सबै भन्दा ठुलो धक्का त नगरका नयाँ योजना निर्माण र कार्यान्वयनमा परेको छ । हमाल अक्सर धनगढीको विकासका लागि नयाँ योजनाको सिर्जना र दाता निकायसमक्ष आर्थिक स्रोत जुटाउन दौडधुप गरिरहन्थे ।

‘अहिले त्यो ठप्प छ । आफ्नै आन्तरिक स्रोतले नधान्ने भएकाले विभिन्न कार्यक्रमका लागि विभिन्न निकायबाट आर्थिक स्रोतका लागि लबिङ गर्दै विकासका नवीन कार्यक्रमहरू सञ्चालन हुन्थे । अहिले त्यो अवस्था रोकिएको छ,’ सचिवालयका समन्वयकर्ता भट्टले भने । उपमहानगरका सूचना अधिकारी सुरेन्द्र कार्कीले भने यी सन्दर्भहरूमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।

आगामी आर्थिक वर्षको योजना निर्माण तथा बजेट बनाउने बेला भइसकेको छ । तर अहिलेसम्म उक्त प्रक्रियाले गति लिन सकेको छैन । ‘मेयर स्वस्थ भएको भए आगामी वर्षका लागि पनि नवीनतम् कार्यक्रमहरूको योजना बन्न सक्थ्यो होला,’ नगरपालिकाका एक कर्मचारीले भने ।

धनगढीमा नगरप्रमुख हमालले आफ्नो प्रत्यक्ष निगरानीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका थिए । ०७९ साउन महिनादेखि महिनाको एक दिन हरेक वडामा निःशुल्क सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिक विपन्न परिवारका स्थानीय बासिन्दाहरूका लागि वरदान भएको छ ।

उपमहानगरले गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई धनगढीसम्म धाउनुपर्ने र ऋणकर्ज गरेर महँगो उपचार सेवा लिन बाध्य हुनुपर्ने बाध्यतामा सहजता गराएको छ ।

उपमहानगरका स्वास्थ्य शाखाका अनुसार १९ वटै वडामा महिनाको एक दिन वडा क्लिनिक सञ्चालन गर्ने गरिएको छ । जहाँ फिजिसियन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञले सेवा दिने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।

नगरप्रमुख हमालले विपन्न परिवारका लागि दाहसंस्कार खर्चबापत पाँच हजार नगर उपलब्ध गराउने परम्परा बसाए । मृतकको घर परिवारबाट खबर प्राप्त हुनासाथ दुई जना नगर प्रहरी मृतक परिवारको घरमै पुगेर रकम हस्तान्तरण गर्ने कार्यले उपमहानगरप्रति विपन्न समुदायका परिवारहरूको आस्था बढ्यो । साथै नगर क्षेत्रभित्रका हरेक मृतकका परिवारलाई समवेदना प्रकट गर्न नगरप्रमुख हमाल घरघर पुग्थे अहिले उनको अस्वस्थताका कारण त्यो अवस्था छैन । नगर सचिवालयका अनुसार अहिले त उनी धनगढी हुँदा घरमा पनि भेटघाटको घुइँचो लाग्ने भएकाले धनगढी बाहिर गएर आराम गर्ने गरेका छन् । साथै फोन पनि अधिकांश समय अफ गरेर बस्ने गरेका छन् ।

धनगढीले गरेको अर्को अभ्यास सर्पदंश रोकथामको प्रयास पनि नमुना हो । गर्मीयाममा यहाँका बस्तीहरूमा सर्पदंशबाट ज्यान गुमाइरहेका हुन्छन् । उपमहानगरले नगर प्रहरीलाई तालिम दिएर सर्प समातेर उद्धार गर्ने अभियान चलाइरहेको छ । बिहीबारसम्म एक हजार ७५५ वटा सर्पको उद्धार गरिएको उपमहानगरले जनाएको छ ।

नगर प्रमुख हमालले प्राथमिकताका साथ सञ्चालन गरेको अर्को अभियान हो ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ । जुन अभियानमा धनगढीवासीले उनलाई खुलेर सहयोग गरे । पछिल्लो समय धनगढीमा आगन्तुकहरूको आकर्षणमा परेको विकास भनेको यहाँको ६ लेन सडकको श्रृगारपटार पनि हो, हरित धनगढी हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र पर्ने गेटादेखि त्रिनगर भन्सारसम्मको क्षेत्रमा फुलका बिरुवा हुर्काएर हरियाली एवं रंगीचंगी बनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक