Banner
अनेरास्ववियुको महाधिवेशन: यी हुन् अध्यक्षका आकांक्षी
मातृ पार्टी नेकपा (एमाले) ले ३२ वर्षे उमेरहद लगाउन परिपत्र गरेसँगै अनेरास्ववियुमा आकांक्षीको लर्को लागेको छ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंको कीर्तिपुरमा जेठ २५ गतेबाट सुरू हुँदैछ।
एमालेको ‘नर्सरी’ मानिएको अनेरास्ववियुको महाधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। जेठ २८ गतेसम्म अधिवेशन चल्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि पाँच जना आकांक्षी देखिएका छन्। त्यसो त ३२ वर्षमुनिका र नियमित विद्यार्थीमात्रै अखिलको कमिटीमा बस्न पाउने प्रावधान लागू हुने भएपछि केन्द्रीय सदस्यहरूले समेत अध्यक्षको आकांक्षा देखाउन थालेका छन्। त्यसो हुँदा प्रतिस्पर्धीको संख्या अझ बढ्न सक्ने आकलन गरिएको छ।
१७ सदस्यीय पदाधिकारीमा उमेरहद लागू हुँदा १२ जना बाहिरिनेछन्। पाँच जना सचिव मात्रै ३२ वर्ष मुनिका छन्।
अहिले तिनैमध्येबाट अध्यक्ष बनाउने चर्चा चलिरहेको छ। यद्यपि सचिवभन्दा मुनिकाले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्। सोहीअनुसार विधानको मस्यौदा तयार पारेर लाने तयारी भइरहेको छ।
अनेरास्ववियुको अध्यक्ष समिक बडालले पार्टीले निर्देशन दिइसकेको अवस्थामा ३२ वर्षे उमेरहद लागू हुने बताए। त्यहीअनुसार विधानको मस्यौदा बनाएर अधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने उनले जानकारी दिए।
‘पार्टीबाट निर्देशन र परिपत्रसमेत आइसकेकाले सोहीअनुसार विधान मस्यौदा तयार पारेर अधिवेशनमा लैजान्छौं,’ उनले भने।
उनकाअनुसार अधिवेशनमा आयोजकसमेत गरेर करिब १५ सय प्रतिनिधि हुनेछन्। प्रतिनिधि व्यवस्था उपसमितिको बैठक मंगलबार बस्दैछ। यसले प्रतिनिधिको संख्या यकिन गर्नेछ।
अनेरास्ववियुको आगामी अध्यक्षका लागि म्याग्दीका प्रकाश पौडेल, डोटीका दीपक धामी, रामेछापका डा. सुजन कडरिया, सुनसरीकी आरती भट्टराई र सर्लाहीकी अञ्जना शिवाकोटीको नाम चर्चामा छ।
नेतृत्वले मुख नखोलिसकेकाले कसकसका बीचमा प्रतिस्पर्धा हुन्छ भनेर अहिले नै निर्क्यौल गर्न गाह्रो भएको एक प्रतिनिधिले जानकारी दिए।
अहिलेसम्मको परिस्थिति हेर्दा प्रवक्तासमेत रहेका सचिव प्रकाश पौडेल र धामीबीच प्रतिस्पर्धाको बलियो सम्भावना छ।
३२ वर्षे उमेरहद नलाग्दा महासचिव नरेश रोकाया अध्यक्षका बलिया आकांक्षी थिए। महाधिवेशनको हलले फैसला गर्नुअघि नै पार्टीले उमेरहदको प्रबन्ध राख्न निर्देशन दिइसकेकाले उनी बाहिरिने निश्चितै छ।
त्यस्तै चार उपाध्यक्ष नारायण घर्ती, गोविन्द गिरी, धर्म गिरी, मर्यादा विष्ट पनि उमेर हदका कारण बाहिरिँदैछन्।
मौजुदा कमिटीका अध्यक्ष, उपाध्यक्षहरूले ककसलाई समर्थन गर्छन् भनेर नखुलिसकेकाले प्रतिस्पर्धीको आकलन गर्न गाह्रो भएको एक पदाधिकारीले बताए।
सचिव प्रकाश पौडेलले आफूले तहगत कमिटी पार गर्दै आएको अध्यक्षको स्वाभाविक दाबेदार रहेको बताए।
‘संगठनले दिएको सबै जिम्मेवारी पूरा गरेको छु। स्कुल कमिटीदेखि जिल्ला कमिटी सदस्य, अध्यक्ष हुँदै गण्डकी प्रदेश अध्यक्ष बनेको थिएँ। त्यस्तै संगठनको केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै सचिव बनेको छु। यहाँसम्मको कामको मूल्यांकन गरेर प्रतिनिधिहरूले अध्यक्षको जिम्मेवारी दिनुहुनेछ भन्ने ठानेको छु,’ उनले भने।
उनले केही दिनमा संगठनको २४ महिने कार्यकालको योजनासहित आफ्ना कार्यक्रमहरू सार्वजनिक गर्ने र त्यसलाई प्रतिनिधिहरूको बीचबाट अनुमोदन गराउने तयारी रहेको उनले बताए।
सचिव अञ्जना शिवाकोटीले पनि अनेरास्ववियुको चौथो महिला अध्यक्ष बनेर इतिहास रच्ने अभियानमा आफू रहेको बताइन्।अनेरास्ववियुमा यसअघि रामकुमारी झाँक्री, नविना लामा र सुनीता बराल अध्यक्ष भइसकेका छन्।
मधेस प्रदेश इन्चार्जसमेत रहेकी उनी तेक्वान्डोको अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। अनेरास्ववियुलाई सबै तह र तप्का विद्यार्थीहरूको अगुवा संगठन बनाउनुपर्ने उनको बुझाइ छ।
‘तहगत कमिटी पार गर्दै खारिएर आएको छु। प्रतिनिधिहरूले अध्यक्षकै रूपमा हेर्न चाहेको बताइरहनुभएको छ, त्यसैले उत्साहित पनि छु,’ उनले भनिन्।
अर्का सचिव डा. सुजन कडरियाले विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटो दिन नै आफूले उम्मेदवारी दिन लागेको बताए।
निजी र सार्वजनिक क्षेत्रले दुईथरी जनशक्ति उत्पादन गरिरहेको, वर्तमान शिक्षा प्रणालीमा निजी र सार्वजनिक क्षेत्रले पठाउने पाठ्यक्रममै भिन्नता रहेकाले यसैलाई एजेन्डा बनाएर मैदानमा प्रस्तुत हुने उनले बताए। उनी काठमाडौं विश्वविद्यालयबाट अनेरास्ववियुमा जोडिएका हुन्।
‘मैले शैक्षिक मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्नेछु। नियमित विद्यार्थीले नै अनेरास्ववियुको नेतृत्व गर्ने निर्णय हुँदा मेरो दाबी बलियो र स्वभाविक पनि रहन्छ,’ उनले भने।
एमालेको परिवर्तित नीतिअनुसार जनसंगठनको केन्द्रीय कमिटीमा दुई तहको मात्रै संरचना रहनेछन्। पदाधिकारीको संख्या ९ मात्रै रहनेछ। सचिवालय र केन्द्रीय कमिटी मात्रै हुनेछ भने केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय हुनेछ।
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login