Banner
विदेशबाट आउँदा ल्याएको मोबाइल बिक्री गर्न नपाइने, पुरानो सामान उपहार पठाउन रोक
सरकारले झिटिगुन्टासम्बन्धी नियममा केही परिवर्तन गरेको छ।
विशेषगरी विदेशबाट आउँदा ल्याउन पाइने सामानको व्यवसायिक खरिदबिक्रीमा रोक लगाइएको छ भने कतिपय सामान ल्याउन सजिलो बनाउँदै नियमहरू परिमार्जन गरिएको भन्सार कार्यालयले जनाएको छ।
साथै, पहिले अस्पष्ट रहेका केही नियमलाई स्पष्ट र सरलीकृत गरिएको छ।
संशोधित नियमअनुसार श्रम स्वीकृति लिएर विदेश गएर कम्तीमा ६ महिना काम गरेर फर्कने व्यक्तिले एउटा नयाँ मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरिएको छ। यसअघि एउटा प्रयोग भइसकेको मोबाइल बाहेक थप एउटा ल्याउन पाइने सुविधा थियो। तर यसले नयाँ हो कि पुरानो भन्ने दुविधा हुने, कतिपय अवस्थामा दुरुपयोग र विवादसमेत देखिएकाले अब नयाँ स्पष्ट व्यवस्था अनुसार एकवटा मात्र नयाँ फोन ल्याउन पाइनेछ।
त्यस्तै, विदेशबाट काम गरेर वा यात्रामा आउने व्यक्तिले एक लिटरसम्मको मदिरा भन्सार नतिरी ल्याउन पाउनेछन्।
तर यसरी भन्सार छुट सुविधा दिइएर ल्याइने मोबाइल, रक्सी वा अन्य सामानको व्यवसायिक बिक्रीमा प्रतिबन्ध लगाइएको छ। भन्सारका अनुसार यो सुविधा अन्तर्गत ल्याइएका सामानमा विशेष स्ट्याम्प लगाइनेछ, जसमा ‘यो व्यवसायिक रूपमा खरिद-बिक्री गर्न पाइने छैन’ भनेर लेखिएको हुनेछ। त्यस्ता सामानको दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो। यदि कसैले यस्तो सामान खरिद-बिक्री गरेको पाइएमा, उक्त सामान जफत गर्न सकिने प्रावधान राखिएको छ।
झिटिगुन्टा सम्बन्धी नियम
झिटिगुन्टामा ल्याइएको सामानको मुल्याङ्कनमा पनि परिवर्तन भएको छ।
पहिले मुल्याङ्कन नगरी घोषणा अनुसार नै स्वीकार्ने चलन थियो। अब भने यदि कसैले ५०० डलर पर्ने सामानलाई २०० डलर भनेर घोषणा गर्छ भने, सन्दर्भ मूल्यसूची वा सोही सामान अरू कसैले ल्याएको मूल्यका आधारमा वास्तविक मूल्य (जस्तै ५०० डलर) अनुसार मूल्याङ्कन गरिनेछ।
साथै, यदि फरक मूल्य घोषणा गरियो भने पहिलेजस्तो सजाय नहुने अवस्था हटाइएको छ। अब फरक घोषणा गरेमा जरिवाना लाग्नेछ।
विदेशबाट आफन्तलाई पठाइने सामान तथा उपहारको लागि अधिकतम ५०० डलरसम्मको सीमा निर्धारण गरिएको छ। यदि यो सीमाभन्दा बढी मूल्यको सामान पठाइएमा, बढी मूल्य भएको भागमा जरिवाना लाग्नेछ। उदाहरणका लागि, ८०० डलर बराबरको सामान पठाइएमा, ३०० डलर बराबरको सामानमा जरिवाना लाग्नेछ।
त्यस्तै, लत्ता कपडा, जुत्ता, कष्मेटिक लगायत यस्तै प्रकारका वस्तु एउटै प्रकृतिका अधिकतम पाँचवटा वा पाँच जोर मात्र पठाउन पाइने व्यवस्था गरिएको छ। भन्सारका अधिकारीहरूका अनुसार, केही समयअगाडि उपहार भन्दै २८० जोर स्पोर्टी मोजा पठाइएको थियो, जुन व्यवहारमा व्यवसायिक प्रयोजनका लागि थियो। अब नयाँ नियमले यस्तो प्रवृत्तिमा रोक लाग्ने अपेक्षा गरिएको छ।
उपहारका रूपमा पुराना सामान पठाउन नपाइने
विदेशबाट आफन्तलाई पुरानो सामान उपहार पठाउन नपाइने व्यवस्था गरिएको छ। भन्सारका अनुसार पहिले पुराना सामानको आवरणमा नयाँ सामान घुसाउने र त्यसलाई व्यवसायिक रूपमा प्रयोग गर्ने प्रचलन बढेको थियो। यस्तो दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो।
हालको कानुनअनुसार दैवी प्रकोपको अवस्थामा मात्र सरकारले स्वीकृति दिएर पुराना लत्ताकपडा वा अन्य सामान ल्याउन सकिनेछ। भन्सार अधिकारीहरूका अनुसार अब कुनै पनि पुरानो सामानको जाँचपास गरिने छैन।
यदि पुरानो सामान ल्याइएको पाइयो भने त्यो एयरपोर्टमै रोक्न सकिनेछ। त्यस्तो सामानलाई नयाँ भनेर घोषणा गरेमा, त्यसमा नयाँ सामानकै मूल्य कायम गरिनेछ।
विदेशमा बसेर नेपाल फर्कनेहरूका लागि
विदेशबाट स्थायी बस्नका लागि फर्किने नेपालीहरूलाई आफैले प्रयोग गरेका जतिसुकै व्यक्तिगत सामानमा भन्सार नलाग्ने सुविधा दिइएको छ।
यस्ता सामग्रीहरूमा शुल्क लाग्ने छैन, तर यो सुविधा पाउन श्रम स्वीकृतिसहित विदेश गएको र फर्किएको प्रमाण पेस गर्नुपर्नेछ। साथै, उक्त व्यक्ति आफै उपस्थित हुनुपर्नेछ।
यी नियमहरूले झिटिगुन्टा प्रणालीको दुरुपयोग रोक्न, उपहारको नाममा हुने व्यवसायिक कारोबार नियन्त्रण गर्न र कानुनी स्पष्टता दिन मद्दत पुर्याउने दाबी गरिएको छ।
Facebook Comment
Banner
मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।
वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।
हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।
साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।
‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।
टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।
महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।
प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login