Banner
विदेशबाट आउँदा ल्याएको मोबाइल बिक्री गर्न नपाइने, पुरानो सामान उपहार पठाउन रोक
सरकारले झिटिगुन्टासम्बन्धी नियममा केही परिवर्तन गरेको छ।
विशेषगरी विदेशबाट आउँदा ल्याउन पाइने सामानको व्यवसायिक खरिदबिक्रीमा रोक लगाइएको छ भने कतिपय सामान ल्याउन सजिलो बनाउँदै नियमहरू परिमार्जन गरिएको भन्सार कार्यालयले जनाएको छ।
साथै, पहिले अस्पष्ट रहेका केही नियमलाई स्पष्ट र सरलीकृत गरिएको छ।
संशोधित नियमअनुसार श्रम स्वीकृति लिएर विदेश गएर कम्तीमा ६ महिना काम गरेर फर्कने व्यक्तिले एउटा नयाँ मोबाइल फोन ल्याउन पाउने व्यवस्था गरिएको छ। यसअघि एउटा प्रयोग भइसकेको मोबाइल बाहेक थप एउटा ल्याउन पाइने सुविधा थियो। तर यसले नयाँ हो कि पुरानो भन्ने दुविधा हुने, कतिपय अवस्थामा दुरुपयोग र विवादसमेत देखिएकाले अब नयाँ स्पष्ट व्यवस्था अनुसार एकवटा मात्र नयाँ फोन ल्याउन पाइनेछ।
त्यस्तै, विदेशबाट काम गरेर वा यात्रामा आउने व्यक्तिले एक लिटरसम्मको मदिरा भन्सार नतिरी ल्याउन पाउनेछन्।
तर यसरी भन्सार छुट सुविधा दिइएर ल्याइने मोबाइल, रक्सी वा अन्य सामानको व्यवसायिक बिक्रीमा प्रतिबन्ध लगाइएको छ। भन्सारका अनुसार यो सुविधा अन्तर्गत ल्याइएका सामानमा विशेष स्ट्याम्प लगाइनेछ, जसमा ‘यो व्यवसायिक रूपमा खरिद-बिक्री गर्न पाइने छैन’ भनेर लेखिएको हुनेछ। त्यस्ता सामानको दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो। यदि कसैले यस्तो सामान खरिद-बिक्री गरेको पाइएमा, उक्त सामान जफत गर्न सकिने प्रावधान राखिएको छ।
झिटिगुन्टा सम्बन्धी नियम
झिटिगुन्टामा ल्याइएको सामानको मुल्याङ्कनमा पनि परिवर्तन भएको छ।
पहिले मुल्याङ्कन नगरी घोषणा अनुसार नै स्वीकार्ने चलन थियो। अब भने यदि कसैले ५०० डलर पर्ने सामानलाई २०० डलर भनेर घोषणा गर्छ भने, सन्दर्भ मूल्यसूची वा सोही सामान अरू कसैले ल्याएको मूल्यका आधारमा वास्तविक मूल्य (जस्तै ५०० डलर) अनुसार मूल्याङ्कन गरिनेछ।
साथै, यदि फरक मूल्य घोषणा गरियो भने पहिलेजस्तो सजाय नहुने अवस्था हटाइएको छ। अब फरक घोषणा गरेमा जरिवाना लाग्नेछ।
विदेशबाट आफन्तलाई पठाइने सामान तथा उपहारको लागि अधिकतम ५०० डलरसम्मको सीमा निर्धारण गरिएको छ। यदि यो सीमाभन्दा बढी मूल्यको सामान पठाइएमा, बढी मूल्य भएको भागमा जरिवाना लाग्नेछ। उदाहरणका लागि, ८०० डलर बराबरको सामान पठाइएमा, ३०० डलर बराबरको सामानमा जरिवाना लाग्नेछ।
त्यस्तै, लत्ता कपडा, जुत्ता, कष्मेटिक लगायत यस्तै प्रकारका वस्तु एउटै प्रकृतिका अधिकतम पाँचवटा वा पाँच जोर मात्र पठाउन पाइने व्यवस्था गरिएको छ। भन्सारका अधिकारीहरूका अनुसार, केही समयअगाडि उपहार भन्दै २८० जोर स्पोर्टी मोजा पठाइएको थियो, जुन व्यवहारमा व्यवसायिक प्रयोजनका लागि थियो। अब नयाँ नियमले यस्तो प्रवृत्तिमा रोक लाग्ने अपेक्षा गरिएको छ।
उपहारका रूपमा पुराना सामान पठाउन नपाइने
विदेशबाट आफन्तलाई पुरानो सामान उपहार पठाउन नपाइने व्यवस्था गरिएको छ। भन्सारका अनुसार पहिले पुराना सामानको आवरणमा नयाँ सामान घुसाउने र त्यसलाई व्यवसायिक रूपमा प्रयोग गर्ने प्रचलन बढेको थियो। यस्तो दुरुपयोग रोक्न यो व्यवस्था गरिएको हो।
हालको कानुनअनुसार दैवी प्रकोपको अवस्थामा मात्र सरकारले स्वीकृति दिएर पुराना लत्ताकपडा वा अन्य सामान ल्याउन सकिनेछ। भन्सार अधिकारीहरूका अनुसार अब कुनै पनि पुरानो सामानको जाँचपास गरिने छैन।
यदि पुरानो सामान ल्याइएको पाइयो भने त्यो एयरपोर्टमै रोक्न सकिनेछ। त्यस्तो सामानलाई नयाँ भनेर घोषणा गरेमा, त्यसमा नयाँ सामानकै मूल्य कायम गरिनेछ।
विदेशमा बसेर नेपाल फर्कनेहरूका लागि
विदेशबाट स्थायी बस्नका लागि फर्किने नेपालीहरूलाई आफैले प्रयोग गरेका जतिसुकै व्यक्तिगत सामानमा भन्सार नलाग्ने सुविधा दिइएको छ।
यस्ता सामग्रीहरूमा शुल्क लाग्ने छैन, तर यो सुविधा पाउन श्रम स्वीकृतिसहित विदेश गएको र फर्किएको प्रमाण पेस गर्नुपर्नेछ। साथै, उक्त व्यक्ति आफै उपस्थित हुनुपर्नेछ।
यी नियमहरूले झिटिगुन्टा प्रणालीको दुरुपयोग रोक्न, उपहारको नाममा हुने व्यवसायिक कारोबार नियन्त्रण गर्न र कानुनी स्पष्टता दिन मद्दत पुर्याउने दाबी गरिएको छ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login