Banner
आरिफको तारिफयोग्य ब्याटिङ, नेपालको गर्विलो जित
आइसीसी विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै हिजो नेदरल्यान्ड्समाथि ५ विकेटको जित दर्ता गरेको छ । कागजीरुपमा आफूभन्दा बलियो टिमविरुद्ध नेपाल बलिङ र ब्याटिङ दुवैमा हाबी भयो ।
दुई खेलमा नेपालका दुई ब्याटरले म्याचविनिङ प्रदर्शन गरेका छन् । स्कटल्यान्डविरुद्ध करण केसीले नवौँ नम्बरमा आएर नेपाललाई कठिन स्थितिबाट उकास्दै अविस्मरणीय जित दिलाएका थिए । नेदरल्यान्ड्सविरुद्ध नेपालले नयाँ ‘हिरो’ भेट्यो आरिफ शेखका रूपमा । उनले संवेदनशील अवस्थाबाट नेपाललाई सम्हाल्दै जितको नजिक पुर्याएका थिए ।
आरिफले आफ्नो ब्याटिङमा फरकपनको आभास लिग २ को अघिल्लो श्रृंखलामा स्कटल्यान्डविरुद्धको खेलमा गराएका हुन् । उक्त लो स्कोरिङ म्याचमा उनले आक्रामक अन्दाजमा ब्याटिङ गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए । १५५ रनको मामूली लक्ष्य पछ्याएको नेपालले ६४ रनमा चार विकेट गुमाएको थियो । तर, आरिफले काउन्टर अट्याक गर्दै सहजरुपमा लक्ष्यभेदन गरिदिए । उक्त म्याचमा उनले ४२ बलमा अर्धसतक बनाएका आरिफ म्यान अफ दि म्याचसमेत बनेका थिए ।
हिजाेकाे म्याचमा अर्का अनुभवी ब्याटर दीपेन्द्र सिंह ऐरीसँग आरिफको पार्टनरसिपले नेपाललाई जित दिलाएको हो । नेपालले १५.४ ओभरमा ६८ रन बनाउँदा तेस्रो विकेटका रूपमा भीम सार्कीलाई गुमाएपछि क्रिजमा आएका थिए आरिफ । स्लो पीच र हावा लागिरहेको अवस्थामा अग्रपंतिका ब्याटरहरुले खुलेर खेल्न सकेका थिएनन् । नेपाललाई विकेट जोगाउनुपर्ने र रनरेट पनि मेन्टेन गर्नुपर्ने दोहोरो प्रेसर थियो । आरिफले परिस्थितिको डिमान्ड अनुसार प्रदर्शन गरे ।
कप्तान रोहितकुमार पौडेल र आरिफबीच ५५ रनको महत्त्वपूर्ण साझेदारी भयो । लक्ष्य धेरै ठूलो नभएकाले उनीहरूले चौका–छक्काभन्दा पनि स्ट्राइक रोटेटमा जोड दिए । तर, ३०.३ ओभरमा रोहित दुर्भाग्यपूर्ण रूपमा रनआउट भएपछि नेपाललाई झट्का लाग्यो । रोहित यस्तो परिस्थिति टिमलाई सम्हाल्न सक्ने ब्याटर थिए । कप्तान आउट भएपछि क्रिजमा आए खराब फर्मबाट गुज्रिरहेका उपकप्तान दीपेन्द्र ।
पछिल्लो समय एकदिवसीय अन्तर्राष्ट्रियमा गतिलो प्रदर्शन गर्न नसक्दा दीपेन्द्र क्रिकेट समर्थकहरूको निशानमा परिरहेका छन् । स्कटल्यान्डविरुद्धको म्याचमा उनले निकै बिर्सनलायक ब्याटिङ गरेका थिए, जसले गर्दा हिजो उनलाई प्रदर्शन गरेर देखाउनै पर्ने चुनौती थियो । र, दीपेन्द्रले आलोचकहरूलाई ब्याटबाट जवाफ दिए । उनले बनाएको अविजित ३८ रन आकारमा ठूलो होइन, तर नेपाललाई खेल जिताउन निकै महत्त्वपूर्ण थियो । यदि उनले चाँडै विकेट गुमाएको भए खेल पल्टिन पनि सक्थ्यो ।
आरिफ र दीपेन्द्रबीच निकै उत्कृष्ट साझेदारी भयो । सामान्य स्थितिमा भए उनीहरूको पार्टनरसीपमा दीपेन्द्र हाबी हुन्थे, र आरिफले सहयोगी भूमिका निभाउँथे । तर, हिजो चाहिँ आरिफले बढी स्कोरिङ गरे भने दीपेन्द्र सहयोगी बने । दीपेन्द्रले सुरुमा थुप्रै डट बलहरू खेलेका थिए, र त्यसको क्षतिपूर्ति गर्दै आरिफले बाउन्ड्री निकाले । उनीहरूले ९२ बलमा ८९ रनको साझेदारी गरेपछि नेदरल्यान्ड्सको हातबाट खेल फुत्कियो ।
आरिफ अन्तिमसम्म टिक्न भने सकेनन् । टिकेको भए उनको इनिङ अझै अविस्मरणीय बन्ने थियो । उनी ४५.५ ओभरमा नेपालले २१२ रन जोड्दा आउट भए । उनी पेभिलियन फर्किँदा जितको औपचारिकता मात्रै बाँकी थियो । नेपालले २५ बलमा १४ रन मात्रै जोड्नुपर्ने स्थितिमा गुल्शन झा क्रिजमा आएर काम तमाम गरे । ४८ औँ ओभरको पहिलो बलमा छक्का हान्दै जित निश्चित गरे ।
हिजोको खेलमा नेपालका बलरहरूको प्रदर्शन पनि तारिफयोग्य रह्यो । फास्ट बलर र स्पिनर दुवैले उत्कृष्ट बलिङ गरे, जसले गर्दा नेदरल्यान्ड्सले नेपालमाथि हाबी भएर खेल्न सकेन । फास्ट बलर रिजन ढकालको स्थानमा स्पिनर ललित राजवंशीलाई ल्याउने निर्णय सही साबित भयो । उनले उत्कृष्ट बलिङ गर्दै दुई महत्त्वपूर्ण विकेट लिए । यद्यपि, ललितलाई ढिला बलिङमा उतार्नु कप्तानको त्रुटि थियो । उनले आफ्नो १० ओभरको कोटा पूरा गर्न पाएनन् । पार्ट टाइम बलर आरिफलाई सात ओभर बलिङ गराउनुको साटो ललितलाई पूरा ओभर बल दिनुपर्थ्यो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रह्यो ।
नेपालले नेदरल्यान्ड्सलाई २०० रनभित्रै अलआउट गर्ने अवसर थियो । ३८.३ ओभरमा १६६ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो नेदरल्यान्ड्सले । तर आठौँ नम्बरमा आएको किल क्लेनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याए । उनले ५५ बलमा सर्वाधिक ४८ रन हाने । यस्तै कप्तान स्कट एड्वर्ड्सल ४६ रनको योगदान दिएका थिए ।
रोचक चाहिँ के भने आक्रामक ब्याटिङका लागि चिनिने नेदरल्यान्ड्सका ब्याटरहरुले खेलभरि एउटा पनि छक्का हान्न सकेनन् । नेपालले आफ्नो इनिङमा ३ छक्का प्रहार गरेको थियो, जसमा दुईवटा आरिफले र एउटा (अन्तिम बलमा) गुल्शनले हानेका हुन् ।
नेदरल्यान्ड्विरुद्धको यो जितले विश्वकप लिग २ शृङ्खलामा नेपालको आत्मविश्वास ह्वात्तै बढाएको छ । हुन त नेपाल अझै पनि अंकतालिकामा पछाडिबाट दोस्रो नै छ, तर नेपालले अरुको तुलनामा कम म्याच खेलेको हुँदा कमब्याकका लागि अवसर प्रशस्त बाँकी छ । यो शृङ्खलामा प्रत्येक टिमले ३६ वटा म्याच खेल्न पाउँछन् । नेपालले अहिलेसम्म १४ वटा म्याच मात्रै खेलेको छ, जसमा हिजोको नतिजासहित ४ जित हासिल भयो । नेदरल्यान्ड्स र स्कटल्यान्डलाई हराएको नेपाललाई कुनै पनि टिमले कम आँक्न सक्ने अवस्था छैन । अब नेपालको लक्ष्य भनेको टप ४ मा पर्नु हो ।
Facebook Comment
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login