Banner
आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल
आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ शुक्ल पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२५ जुन ८ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ । अनावश्यक यात्रामा खर्च हुनेछ । परिवारसँग सल्लाह गरेर मात्र अगाडि बढ्नुहोला । राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने छ ।
वृष : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुने छ । अरुका कुरा सुन्ने भन्दा पनि विवेक प्रयोग गर्नुपर्ने समय छ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । व्यापारमा फाइदा हुने योग छ ।
मिथुन : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँग संगत गर्नु उचित हुनेछ । धार्मिक क्षेत्रमा मन नजाने देखिन्छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।
कर्कट : राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारबाट भने फााइदा हुने योग छ ।
सिंह : दिन सामान्य छ । सहकार्य गरेर व्यापारमा अगाडि बढ्नुपर्ने दिन छ । प्रेममा खटपटी हुने भएकाले परिवारमा कर्तव्य मात्र पूरा गर्दा राम्रो हुने छ । शिक्षामा प्रगति हुने योग छ ।
कन्या : धनलक्ष्मी योग परेको छ । आम्दानी बढ्ने छ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेको फल प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
तुला : बोलीमा सरस्वतीको बास छ । तपाईंको बोली आज परोपकारमा खर्च गर्नु उचित हुनेछ । परिवारबाट भन्दा साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।
वृश्चिक : दिन सामान्य राम्रो छ । परिवारको साथ मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्ने छन् ।
धनु : दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । नतिजाको पर्खाइमा परीक्षा राम्रो भएको खबर सुन्न पाइने छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : दिन राम्रो छ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्ने छ । धन र बलको घमण्डले इज्जतमा प्रश्न उठ्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ ।
कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सञ्चित धन खर्च भए पनि धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या हुने खतरा छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मीन : दिन सामान्य छ । सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । गुरुबाट असहयोग हुने भएकाले सचेत बन्नुपर्ने छ । प्रविधिको क्षेत्रमा लगानी गरेको भए फाइदा हुने छ ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login