Connect with us
Advertisement

मझगाउँ विमानस्थल : सेनाले जग्गा छाडेपछि धावनमार्ग निर्माणको बाटो खुल्यो

Published

on

कञ्चनपुर — मझगाउँ विमानस्थल निर्माणका लागि लामो समयदेखिको जग्गा विवाद सुल्झिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाले मातहतको जमिन विमानस्थलका लागि छाडेपछि विवाद सुल्झिएको हो । सेनाले प्रयोग गरिरहेको निकुञ्जको प्रवेशद्वारसम्मको रत्न वाटिकाको जमिन विमानस्थलका लागि छाडेको हो ।

अहिले विमानस्थल निर्माण कम्पनीले अस्थायी रूपमा घेरबारको काम गरिरहेको छ ।‘अब विमानस्थलको निर्माण कार्य पूर्णरूपमा अगाडि बढ्ने भयो,’ मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, ‘अब बाँकी रहेको क्षेत्रमा पनि सबबेसको काम सुरु गरिनेछ ।’

सेनाले जमिन नछाड्दा हालसम्म धावनमार्गको काम आधामा मात्रै भइरहेको थियो । १५ सय २५ मिटर धावनमार्ग हुनुपर्ने भए पनि निर्माण कम्पनीले १३ सय मिटरमा मात्रै काम गरिरहेको थियो । उक्त क्षेत्रमा धावनमार्ग कालोपत्रको काम भइरहेको छ । हालसम्म एप्रोन र ट्याक्सीवे तथा ५ सय मिटर धावनमार्ग कालोपत्रको काम सकिएको ओझाले बताए । ‘अब बाँकी २ सय २५ मिटर रनवेको काम पनि सुरु हुन्छ,’ आयोजना प्रमुख ओझाले भने, ‘थपिएको समयभित्रै धावनमार्गको काम सकिनेछ ।’

उनका अनुसार जग्गा प्राप्तिमा ढिलाइ भएका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेर १ वर्ष म्याद थप गरिएको थियो । थप गरिएको समय आगामी माघमा सकिनेछ । अहिले सेनाले काम गर्नका लागि छाडेको जमिन सेनाकै नाममा रहेको छ । उक्त जमिन वातावरणीय प्रभाव मूल्यांकन गरेर औपचारिक रूपमा विमानस्थलका नाममा ल्याउने प्रक्रिया पनि सुरु गरिएको ओझाले बताए । ‘धावनमार्ग निर्माण र जमिन प्राप्तिको काम सँगै अगाडि बढ्छ,’ उनले भने, ‘ईआईए सकिएपछि थप काम गरिनेछ ।’ उनका अनुसार मन्त्रिपरिषद्को निर्णयले मात्रै जमिन विमानस्थलका नाममा हुनेछ ।

अहिले धावनमार्ग कालोपत्र भइरहेको १३ सय मिटरदेखि थप ५ सय मिटर लम्बाइको जमिन विमानस्थलका नाममा हुनेछ । उक्त क्षेत्रमा रत्नबाटिका समेत छ । त्यसमा स्थानीयले रुखबिरुवा रोपेका छन् । ती रुखबिरुवा हटाउनका लागि समेत ईआईए आवश्यक हुन्छ । तर धावनमार्ग निर्माणका लागि भने कुनै बिरुवा नभएका कारण तत्काल काम सुरु गर्न सकिन्छ । असारसम्म उक्त क्षेत्रमा माटो भरानको काम सक्ने लक्ष्य राखिएको छ । नागरिक उड्डयन प्राधिकरणको आगामी आर्थिक वर्षको कार्यक्रममा टर्मिनल भवन निर्माण पनि परेको ओझाले बताए । त्यसका लागि डीपीआर निर्माण भइरहेकाले बजेट विनियोजन भएपछि त्यहीअनुसार काम अगाडि बढाइने छ ।

यो विमानस्थल स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानी रहने छ । त्यहीअनुसार पहिलो चरणमा धावनमार्ग निर्माणका लागि ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता गरिएको छ । ०७८ माघमा तीन वर्षभित्र काम सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ठेक्का सम्झौता भएको हो । तर जग्गा प्राप्त नहुँदा एक वर्ष म्याद थप गरिएको छ । थपिएको समयभित्रै काम सम्पन्न हुने आयोजना प्रमुख ओझा बताउँछन् ।

‘टर्मिनल भवन पनि तीनै तहका सरकारको लगानीमा निर्माण हुनेछ, त्यसका लागि आवश्यक बजेट विनियोजन गरिदिन स्थानीय तह र प्रदेश सरकारलाई पत्राचार भइसकेको छ,’ ओझाले भने, ‘त्यहीअनुसार बजेट विनियोजनका लागि प्रतिबद्ध रहेको पत्रसमेत प्राप्त भएको छ ।’ उनले टर्मिनल भवनको ठेक्का बहुवर्षीय हुने भएकाले पहिलो वर्ष सबै बजेट आवश्यक नपर्ने बताए । स्थानीय तह र प्रदेश सरकारले बजेट छुट्याएपछि मात्रै ठेक्का प्रक्रिया अगाडि बढ्ने उनले बताए । बजेट विनियोजन भएन भने तत्काल ठेक्का प्रक्रियामा जान नसकिने उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक