Connect with us
Advertisement

केपी ओलीलाई विद्या भण्डारीको जवाफ- म हिजो एमालेमै थिएँ, कार्यकर्ता भेट्न कसैको अनुमति लिनु पर्दैन

Published

on

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी केही दिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा बसेर काठमाडौं फर्किएकी छन् ।

झापा, सुनसरी र मोरङका एमाले कार्यकर्ताहरूसँग भेटघाट सकेर उनी मंगलबार काठमाडौं फर्किएकी हुन् ।

चीनको १० दिने भ्रमण सकेर फर्किएपछि सिधै कोशी प्रदेशमा पुगेकी भण्डारीको सक्रियतालाई लिएर आइतबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष प्रकट गरेका थिए । उनले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति अनेरास्ववियुको महाधिवेशनलाई सम्बोधनका क्रममा असहमति जनाएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त रहेका बेला यति प्रधानमन्त्रीसमेत रहेका उनी कीर्तपुरमा झोंक्किएका थिए । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी भण्डारीले राजनीतिमा गर्न खोजेको पुनरागमन प्रयासलाई गुट निर्माण प्रयासको संज्ञा दिएका थिए ।

‘तल तल ग्रुप बनेको सुनिरहेको छु । यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे !’, उनले भण्डारीले राजनीतिमा फर्किन गरेको प्रयासलाई लिएर भनेका थिए, ‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन ।’ ओलीले आफ्नो सक्रियताबारे रोषपूर्ण टिप्पणी गरेको दुई दिनपछि झापाबाट काठमाडौं फर्किने क्रममा मोरङ विमानस्थलमा एमालेकै पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले नेता-कार्यकर्तासँग भेटघाट र छलफल गर्न पार्टीको अनुमति नचाहिने बताएकी छन् ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा भण्डारीले आफूले एमालेमा संगठित सदस्य नलिएदेखि काम गरेको बताइन् ।

‘एमाले मैले संगठित सदस्यता नलिँदैदेखि काम गरेको पार्टी हो’, उनले भनिन्, ‘यसका कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता छैन ।’

उनले आफू राष्ट्रपति बन्नअघि पनि एमालेमै काम गरेको स्मरण गराएकी छन् । ‘म राष्ट्रपति हुनुपहिले, संगठित सदस्यता लिनुपहिले नै पार्टीमा काम गरेर आएकी हुँ। मेरो चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हो’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्छ, भेटघाट गर्दै गर्नुपर्छ, जनताको विचार बुझ्नुपर्छ । नयाँ पुस्ताका आकांक्षा जान्नुपर्छ । नयाँ पुस्ताको आकांक्षा पूरा गर्न, राष्ट्रिय आकांक्षा साकार बनाउन लाग्नु हाम्रो कर्तव्य हो।’

उनले त्यसका लागि आफूहरूले बाँचुन्जेल संघर्ष गर्नुपर्ने बताइन् । ‘हामीले देशका लागि, नयाँ पुस्ताका लागि देशका लागि काम गर्नुपर्छ । त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्छ भन्ने लाग्दैन’, उनले ओलीलाई जवाफ दिँदै प्रष्ट शब्दमा भनिन् । उनले एमालेको अध्यक्ष बन्न आफूले गुटगत गतिविधि गरेको भनेर लागेको आरोपको पनि खण्डन गरिन् । ‘अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै तोकेर भन्नुभयो होला भन्ने लाग्दैन । म कहिले गुट नबनाएको मान्छे, त्यसो भन्न मिल्दैन’, उनले थपिन्, ‘उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ? अरू आकांक्षीको मनमा प्रश्न उठेको होला ।’

उनले आफू एमालेमा फर्किएर काम गर्न इच्छुक रहेको पनि संकेत गरिन् । ‘जहाँ जसरी हुन्छ काम गर्ने हो । ओलीजीले महाधिवेशन आएपछि नेतृत्व निर्माण हुन्छ, मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओलीले आइतबार भण्डारीलाई लक्षित गरि कडा अभिव्यक्ति दिएका थिए। भण्डारीले गुटबन्दी गर्न थालेको आरोप लगाउँदै उनले त्यसको पछि नलाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए ।

भण्डारी कोशीमा रहँदा मोरङ र सुनसरीमा चार दिन बसिन् । उता झापामा एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनिन् । दुई कार्यकाल राष्ट्रपति भएपछि उनी राजनीतिमा फर्किन खोज्दैछिन् । त्यहीकारण उनी झापा पुगेर एमालेको कार्यक्रममा पहिलो पटक प्रमुख अतिथि भइन् । त्यससँगै भण्डारीले कोशीका कार्यकर्तासँग बाक्लो भेटघाट र संवाद गरेकी छन् ।

नेकपा (एमाले)को नवौँ महाधिवेशनमा ओलीकै प्यानलबाट उनी उपाध्यक्ष भएकी थिइन् । त्यसपछि उनी २०७२ साल कात्तिकमा देशको दोस्रो राष्ट्रपति बनिन् । एमालेले २०७४ फागुनमा पनि उनैलाई राष्ट्रपतिमा दोहोर्‍याो । दुई कार्यकाल देशको सर्वोच्च पदमा पुगेर उनी २०७९ फागुनमा शीतल निवासबाट बाहिरिएकी हुन् ।

त्यसयता उनी निरन्तर राजनीतिमा फर्किने कोशिशमा छिन् । उनले मोरङ, सुनसरी र झापा पुगेर त्यही सन्देश दिइन् । एमालेकै कार्यक्रममा प्रमुख अतिथि बनेपछि उनले सक्रिय राजनीतिको ढोका खोलेकोमा अब शंका रहेन। अर्कातिर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको उपाध्यक्ष भइसकेकाले भण्डारीलाई पनि राजनीतिमा फर्किएर एमालेको बागडो समाउने ढोका खुलिसकेको छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक