Connect with us
Advertisement

एमाले अखिलको अधिवेशन: निर्वाचन समितिले कागजात झिकाएर गर्दैछ उम्मेदवारको उमेर परीक्षण

Published

on

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को महाधिवेशन जारी छ। जारी महाधिवेशनमा विद्यार्थीहरू प्यानल नै खडा गरेर चुनावी मैदानमा छन्।  निर्वाचन तालिका अनुसार आज बिहानदेखि मतदान सुरु हुनुपर्ने हो। तर, अखिलमा माउ पार्टी एमालेले ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेसँगै निर्वाचन समितिले भने उम्मेदवारको उमेर परीक्षणको काम अघि बढाएको छ।

प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले अहिले उम्मेदवारी दिएका विद्यार्थीहरूको उमेर जाँचको काम भइरहेको छ। ‘पार्टीले अखिलमा ३२ वर्षे उमेर हद तोकिदिएको छ र लागू भइसकेको छ,’ उनले नेपालखबरसँग भने, ‘निर्वाचन समितिले पनि विद्यार्थीको उमेर परीक्षण नगरी निर्वाचनका अन्य कारबाही अघि बढाउन मिलेन। त्यसैले अहिले हामीले उमेर खुल्ने सरकारी कागजात झिकाएर परीक्षण गर्दैछौँ, रुजु गर्दैछौँ।’

पार्टीको मूल नेतृत्वले सहमतिका लागि अध्यक्ष मण्डलमार्फत नाम सार्वजनिक गरे पनि विद्यार्थीहरूले नटेरेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो।

अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। अध्यक्ष मण्डलले कडरियाको नेतृत्वमा पौडेलको नाम उपाध्यक्षमा प्रस्ताव गरेको थियो। तर, पौडेल पक्षले नाराबाजीसहित चुनाव मागेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो। त्यस्तै उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँले उम्मेदवारी दिएका छन्।

पार्टी नेतृत्वले उपाध्यक्षमा श्रेष्ठ र सिवाकोटीको नाम अघि सारेको थियो भने महासचिवमा दीपक धामीलाई। अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका धामीलाई पार्टी नेतृत्वले महासचिवमा नै प्रस्ताव गरेको थियो। महासचिवमा आरके रोमस, र सुनिल कँडेलले पनि उम्मेदवारी दिएका छन्।

उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओलीलगायतले उम्मेदवारी दिएका छन्।

उम्मेदवारको उमेर जाँचपछि आजै मतदान प्रक्रिया अघि बढ्ने निरौलाको भनाइ छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक