Connect with us
Advertisement

गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो

Published

on

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग करिब आधा प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा सञ्चालित उद्योगहरूको क्षमता उपयोग ४१.२६ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा यो घटेर ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ओइन्टमेन्ट औषधि, चाउचाउ, बियर, ड्राई सिरप औषधि, चुरोट, तोरीको तेल र प्रशोधित दूधको उत्पादन गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको देखिएको छ । तर, क्याप्सुल औषधि, इँट्टा, ट्याब्लेट औषधि, चकलेट, सिमेन्ट, लिक्विड औषधि र बिस्कुटलगायतका वस्तुको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको प्रतिवेदनले औंल्याएको छ । २०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१८ प्रतिशत अर्थात् २८ अर्ब ६२ करोड औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १६.५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यस्तो हिस्सा १६.८ प्रतिशत थियो । यस प्रदेशको उद्योग क्षेत्रमा साना र मझौला उद्योगहरूको उल्लेख्य उपस्थिति रहेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा गण्डकी प्रदेशमा दर्ता भएका कुल उद्योगको सङ्ख्या ७३ हजार ७ सय ६६ पुगेको छ भने वाणिज्य फर्मको सङ्ख्या ७४ हजार ३ सय १९ पुगेका छन् ।

यी हुन औद्योगिक क्षेत्रमा देखिएको चुनौती

  • चालु आर्थिक अधिकांश उद्योगको उत्पादन क्षमता न्यून (औसत उत्पादन क्षमता उपयोग ४०.८५ प्रतिशत) देखिएकाले त्यस्ता उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक विद्युत्, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनका लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु ।
  • उद्योगको लागि आवश्यक सीपमुलक तथा दक्ष जनशक्तिको अभाव तथा पुँजी र अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज गर्नु ।
  • पर्यटन व्यवसाय तथा स्थानीयस्तरमा माग भएका खाद्य पदार्थ प्रदेशभित्रै उत्पादन गरेर स्थानीय अर्थतन्त्रलाई बढावा दिनु ।
  • औद्योगिक क्षेत्रमा पूर्वाधारको विकास बढाउँदै जानु तथा नयाा प्रविधिको प्रयोग गरी प्रदेशका उद्योगलाई प्रतिस्पर्धी बनाउनु ।
  • विभिन्न प्रयोजनका लागि बढ्दो वैदेशिक पलायनले मागमा कमी देखिएको परिप्रेक्ष्यमा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरी उत्पादन तथा रोजगारीमा वृद्धि गर्नु ।
  • बढ्दो उत्पादन लागतले उद्योगको प्रतिस्पर्धात्मक क्षमता ह्रास भई अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु । सञ्चालित उद्योगलाई उत्पादन र उत्पादकत्वका दृष्टिले प्रतिस्पर्धी बनाउनु ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading

Banner

मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,

Published

on

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।

उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।

छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।

वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।

हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।

साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।

‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।

टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह

उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।

महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।

Continue Reading

Banner

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

Published

on

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक