Banner
गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो
आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग करिब आधा प्रतिशत विन्दुले घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा गण्डकी प्रदेशमा सञ्चालित उद्योगहरूको क्षमता उपयोग ४१.२६ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा यो घटेर ४०.८५ प्रतिशत रहेको राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ओइन्टमेन्ट औषधि, चाउचाउ, बियर, ड्राई सिरप औषधि, चुरोट, तोरीको तेल र प्रशोधित दूधको उत्पादन गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको देखिएको छ । तर, क्याप्सुल औषधि, इँट्टा, ट्याब्लेट औषधि, चकलेट, सिमेन्ट, लिक्विड औषधि र बिस्कुटलगायतका वस्तुको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको प्रतिवेदनले औंल्याएको छ । २०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१८ प्रतिशत अर्थात् २८ अर्ब ६२ करोड औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १६.५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यस्तो हिस्सा १६.८ प्रतिशत थियो । यस प्रदेशको उद्योग क्षेत्रमा साना र मझौला उद्योगहरूको उल्लेख्य उपस्थिति रहेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा गण्डकी प्रदेशमा दर्ता भएका कुल उद्योगको सङ्ख्या ७३ हजार ७ सय ६६ पुगेको छ भने वाणिज्य फर्मको सङ्ख्या ७४ हजार ३ सय १९ पुगेका छन् ।
यी हुन औद्योगिक क्षेत्रमा देखिएको चुनौती
- चालु आर्थिक अधिकांश उद्योगको उत्पादन क्षमता न्यून (औसत उत्पादन क्षमता उपयोग ४०.८५ प्रतिशत) देखिएकाले त्यस्ता उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक विद्युत्, कच्चा पदार्थको उपलब्धता, स्वदेशी उत्पादनका लागि उचित बजार लगायत अन्य भौतिक पूर्वाधार उपलब्ध गराउनु ।
- उद्योगको लागि आवश्यक सीपमुलक तथा दक्ष जनशक्तिको अभाव तथा पुँजी र अत्यावश्यक कच्चा पदार्थको आपूर्ति सहज गर्नु ।
- पर्यटन व्यवसाय तथा स्थानीयस्तरमा माग भएका खाद्य पदार्थ प्रदेशभित्रै उत्पादन गरेर स्थानीय अर्थतन्त्रलाई बढावा दिनु ।
- औद्योगिक क्षेत्रमा पूर्वाधारको विकास बढाउँदै जानु तथा नयाा प्रविधिको प्रयोग गरी प्रदेशका उद्योगलाई प्रतिस्पर्धी बनाउनु ।
- विभिन्न प्रयोजनका लागि बढ्दो वैदेशिक पलायनले मागमा कमी देखिएको परिप्रेक्ष्यमा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गरी उत्पादन तथा रोजगारीमा वृद्धि गर्नु ।
- बढ्दो उत्पादन लागतले उद्योगको प्रतिस्पर्धात्मक क्षमता ह्रास भई अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु । सञ्चालित उद्योगलाई उत्पादन र उत्पादकत्वका दृष्टिले प्रतिस्पर्धी बनाउनु ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login